अजोड इन्स्योरेन्सको शेयरमा दुईवटा क्यापिटल बसे अण्डरराइटर
नेपालबहस संवाददाता
माघ १२, २०७६ सोमबार १:२:२८
१२ माघ, काठमाडौं । निर्जीवन बीमा कम्पनी मध्ये कान्छो अजोड इन्सुरेन्स लिमिटेडले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटललाई प्रत्याभूतिकर्ता (अण्डरराइटर) नियुक्त गरेको छ ।
संचालनमा आएको छोटो समयमा नै कम्पनीको आइपीओ जारी प्रक्रिया थप अघि बढेको छ । अब कुनै कारणवश अजोडको आइपीओ बिक्री नभएमा ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटलले सकार्ने भएकाछन् । अजोडले आइपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।
प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलबीच हस्ताक्षर भएको इन्स्योरेन्सले जनाएको छ । कार्यक्रममा अजोड इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल
अजोड इन्स्योरेन्सले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। ३० लाख कित्ता सेयर प्रति सेयर रु.१०० अंकित दरले साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि अजोडले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
सो सेयर निष्काशन सम्बन्धी सम्झौता – पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका थिए । अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी रु.१ अर्व, जारी पूँजी रु.१ अर्व र चुक्ता पूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्व हुनेछ।
अजोड इन्स्योरेन्स कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४ चैत २० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । २०७४ माघ २४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न विमकको प्रमाणपत्र प्राप्त गरेको र यस कम्पनीले २०७४ असार २१ गतेदेखि बीमा सम्बन्धी कारोवारको शुुभारम्भ गरेको थियाे । यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.११ स्थित सी.टी.सी. महलकाे सातौं तल्ला सुन्धारा, काठमाडौंमा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कार्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार