क्यान्सर बिरुद्धको अभियानमा सेन्ट जेभियर्स कलेजको सातौं साइकल र्याली
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार २०:१२:४५
२२ माघ, काठमाडौं । निजी कलेजहरु मध्य उत्कृष्ठ मानिने सेन्ट जेभियर्स कलेज माइतीघरले सोसियल सर्भिस, इन्भाईरोमेन्ट एन्ड टेक्नोनोलोजी (सेट) काउन्सिलको आयोजनामा सातौँ साइकल र्याली सम्पन्न गरेको छ ।
यही माघ १८ गते सम्पन्न भएको कार्यक्रममा रिचा बजिमय मेमोरियल फाउन्डेशनले सहकार्य गरेको थियो । यो फाउन्डेशन सेन्ट जेभियर्स कलेज पढ्ने पूर्व विद्यार्थी रिचा बजिमयको क्यान्सरका कारण मृत्यु भएपछि उनैको सम्झनामा सन् २००७ मा स्थापना गरिएको संस्था हो ।
“क्यान्सर बिरुद्धको यात्रा” नारालाई जोड दिएको यस र्यालीमा ५ सय भन्दा बढी व्यक्तिहरुले सहभागिता जनाएका थिए । र्यालीमा सहभागीहरुले क्यान्सर मुक्त समाजको लागि एकताबद्ध हुने प्रतिबद्धतासहित उत्साहजनक सहभागिता रहेको थियो ।
र्यालीको उद्घाटन विश्वकै चर्चित साइकल यात्री पुष्कर शाहले गरेका थिए। बिहान ८ बजे सेन्ट जेभियर्सको प्राङ्गणमा भेला भई कार्यक्रम सुरु भएको थियो । थोपा थोपा पानीले समुद्र बन्छ भनेझैँ सबैको स-सानो सहयोगले ठुलो सहयोग हुन्छ भन्दै करिब २५ किलोमिटरको यात्रा सबैले उमङ्गका साथ पार गरेका थिए ।
र्यालीको समापनपछि सबै सहभागीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने कलेजले आयोजना गरेको जलपान समारोहमा सहभागीहरुको यात्रा अनुभवको बयानले वातावरणलाई रमाइलो र रोमाञ्चक तुल्याएको थियो ।
रिचा बजिमय मेमोरियल फाउण्डेशनलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले सेट काउन्सिलले साइकल र्यालीको आयोजना गरेको थियो । र्याली सम्पन्न गर्नका लागि कलेजका विद्यार्थी,स्वयंसेवक, कलेज प्रशासन, शिक्षक, स्थानियबासिन्दा तथा अन्य सहयोगीहरुले आआफ्नो क्षेत्रबाट सहयोग र साथ दिएका थिए ।
अगामी बर्षहरुमा पनि यही नारा र प्रसङ्गलाई जोड दिदैँ र्याली आयोजना गर्ने सेट काउन्सिलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
मर्स्याङ्दी जलविद्युत उत्पादनमा वृद्धि
जेठ ३, २०८१ बिहिबार
बेसारको सम्बन्ध कुन ग्रहसँग सम्बन्धित छ, यसले के फल दिन्छ ?
जेठ ३, २०८१ बिहिबार
लोपोन्मुख कालो सुँगुर संरक्षणमा
जेठ ३, २०८१ बिहिबार
घरघरमा खानेपानीको धारा पुर्याउन सोलार लिफ्टिङ
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सेती नदीको किनारमा बनाइएको सडक
जेठ ३, २०८१ बिहिबार