विद्यालयमा नै प्याडको व्यवस्था हुन थालेपछि छात्रा निर्धक्क
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १६:१४:१४
१ फागुन दमौली । महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले दश विद्यालयमा प्याड उपलब्ध गराएको हो ।
गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार १७० थान प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । छात्रालाई महिनावारीको समयमा कक्षा नियमितता बनाउने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइएको उनले बताए ।
मिन माध्यमिक विद्यालयमा एक हजार ५००, राधा माध्यमिक विद्यालय एक हजार १७०, महेन्द्र माध्यमिक विद्यालयमा ७००, जनगणपति माध्यमिक विद्यालयमा ७००, विजय आधारभूत विद्यालयमा १००, गणेश माध्यमिक विद्यालयमा ३००, रत्न माध्यमिक विद्यालयमा ३००, प्रभा आधारभूत विद्यालयमा २००, अकला आधारभूत विद्यालयमा १००, पसले आधारभूत विद्यालयमा १०० सेनेटरी प्याड वितरण गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
गाउँपालिकाले गत वर्ष पनि नौ विद्यालयमा प्याड उपलब्ध गराएको थियो । प्याडले महिनावारी भएको समयमा छात्राहलाई विद्यालयमा नियमित गराउन सहयोग पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए ।
“विद्यालयमा सेनेटेरी प्याड नपाउँदा महिनावारी भएको समयमा छात्रा विद्यालय नआउने, आए पनि बीचमै पढाइ छाडेर घर जाने गरेका थिए”, उनले भने, “गत वर्षदेखि विद्यालयमा नै प्याडको व्यवस्था हुन थालेपछि छात्रा निर्धक्क भएर विद्यालय आउन थालेका छन् ।”
सम्बन्धित विद्यालयका शिक्षिकालाई नै प्याड व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका अमृता वाग्लेले जानकारी दिए ।
उनका अनुसार विद्यालयमै प्याड पाउने भएपछि महिनावारीकोे समयमा विद्यालय नआउने छात्राको दरमा कमी आएको छ । “रजश्वलाको समयमा छात्रा विद्यालय नआउने दर बढ्दै गइरहेको थियो, विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्रा नियमित आउने गरेका छन्”, उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार