राजमार्गका होटल खानाका लागि अयोग्य, सुधार नभए कारवाही हुने
नेपालबहस संवाददाता
फागुन ५, २०७६ मंगलबार १:२८:४५
५ फाल्गुण, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सञ्चालित अधिकांश होटलमा भान्साको सरसफाइ कमजोर पाइएको छ । व्यास नगरपालिकाको नेतृत्वमा आज गरिएको अनुगमनमा अधिकांश होटलको भान्सामा सरसफाइको अवस्था कमजोर पाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको सहकार्यमा गरिएको होटल अनुगमनका क्रममा भान्साको सरसफाइ अवस्था राम्रो नरहेको नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिइन्। घाँसीकुवा रेष्टुरेन्टमा गरिएको अनुगमनमा भान्सामा खानेकुरा छोपेर नराखेको, भान्सामै भाँडा माझ्ने गरेको पाइएकाले त्यस्तो नगर्न सञ्चालकलाई सुझाव दिइएको जोशीले बताइन्।
उक्त होटल सञ्चालकलाई एक हप्ताभित्र सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिइएको र अर्कोपटक अनुगमनमा आउँदा पनि पुनः सोही अवस्था रहेको पाइए कानूनबमोजिम कारवाही गरिने जोशीले बताइन् । अनुगमन टोलीले सर्भिस एण्ड प्लेजर रेष्टुरेन्ट, बबिना होटल, कोहिनुर होटल, आले खाजा घरलगायत अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा भान्सामा कुकले टाउकोमा टोपी नलगाएको, डस्टबिन छोपेर नराखेको, भाडा माझ्ने गरेको पाइएकोले त्यसलाई सुधार गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले जानकारी दिए। अनुगमनको क्रममा होटलहरुमा मूल्यसूची उपभोक्ताले प्रष्ट देखिने ठाउँमा राख्न सुझाव दिइएको छ ।
मूल्यसूची नराखेको खण्डमा रु २० हजारसम्म जरिवाना गर्न सकिने नियम रहेको बरालले व्यवसायीलाई जानकारी गराएका थिए। “पहिला पनि केही होटलहरुमा अनुगमन गरेका थियौँ तर भान्साको सरसफाइको अवस्था सुधार भएको देखिएन,” भने, “अन्तिम पटकका लागि सुधार गर्न सुझाव दिएका छौँ, सुधार नभए व्यवसायीले कानून बमोजिम कारवाही भोग्नुपर्छ ।”
घाँसीकुवा रेष्टुरेन्टका सञ्चालक प्रल्हाद लोहनीले होटलको सरसफाइको अवस्था सुधार गर्ने प्रतिबद्धता जनाए । अनुगमनमा व्यास नगरपालिकाका पर्यटन शाखा प्रमुख राजेन्द्र कार्की, उपभोक्ता मञ्चका अध्यक्ष खेमराज अधिकारी, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ उपसभापति सुकनारायण मल्ललगायत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार