लघुवित्तका ऋणी कृषकले पाएनन् ब्याज, अनुदान र बीमा सहुलियत
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार २१:३१:३९
८ फागुन चितवन । देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा २८ लाख पाँच हजार ऋणीमार्फत ऋण प्रवाह गरेको जानकारी दिइयो ।
सो अवसरमा सङ्घका अध्यक्ष वसन्तराज लम्सालले लघुवित्तले आधाभन्दा बढी रकम कृषि क्षेत्रमा लगानी गरेको भन्दै त्यसमा कृषकले अनुदान पाउन नसकेको बताए । ठूला किसानले करोडौँ ऋण रकमको ब्याजमा पाँच प्रतिशत अनुदान पाउने गरेको भएपनि लघुवित्तबाट ऋण लिएर कृषि कर्म गर्नेले अनुदान पाउन नसकेको उनको भनाइ थियो ।
त्यसैगरी कृषि बीमाको सरकारले दिने ७५ प्रतिशत अनुदान रकमबाट पनि साना किसान बञ्चित भएको उनले बताए । लम्सालले भने, “लघुवित्तबाट ऋण लिएका कृषकले ब्याजमा सहुलियत र बीमाको भुक्तानीमा पाउनुपर्ने अनुदान पाएका छैनन् ।” नेपालका लघुवित्तहरुले रु ९८ अर्ब ७५ करोड बचत सङ्कलन गरेका छन् । शेयर रकम रु २५ अर्ब हाराहारी रहेको भन्दै लम्सालले बाँकी सबै रकम बैंकहरुबाट महङ्गो ब्याजमा लिएर लगानी गरेको जानकारी दिए ।
लघुवित्तको ब्याजदर बढी हुनु स्वभाविक भएको भन्दै उनले अहिले बैंकबाट १३ प्रतिशतसम्ममा रकम लिएर १८ प्रतिशतमा लगानी गर्नुपर्दा ब्याजदर बढी भएको उनको भनाइ छ । यद्यपि विश्वका अन्य देशको तुलनामा यहाँका लघुवित्तको ब्याजदर कम भएको लम्सालले दाबी गरे ।
सङ्घका महासचिव रामबहादुर यादवले राष्ट्र बैंकबाट सहुलियतमा लघुवित्त बैंकले रकम पाउन नसकेको भन्दै दुई प्रतिशतमा सरकारी पैसा ल्याएर महङ्गोमा ब्याज लगाउने गरेको हल्ला निराधार भएको बताए । सो अवसरमा कर्जाको दोहोरोपना, कर्जाको गुणस्तरमा ह्रास, कर्जाको स्रोतको अपर्याप्तता, कर्जा कोषको ब्याजदर महङ्गो र अस्थिरजस्ता समस्या लघुवित्तले भोग्नुपरेको महासचिव यादवको भनाइ थियो ।
लघुवित्त संस्थामा कार्यरत एकदुई कर्मचारी र संस्थाका कारण सबै लघुवित्तलाई मुछेर बदनाम गर्ने काम भइरहेको भन्दै सङ्घले गम्भीर ध्यानाकर्षणसमेत सो अवसरमा गरेको थियो । लघुवित्तमा ४५ लाख ४६ हजार सेवाग्राही छन् । देशका ७७ जिल्लामा लघुवित्तको पहुँच रहेको सङ्घका उपाध्यक्ष भेषराज पन्थीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
अल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३०, २०८१ आइतबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार