भूकम्पले क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने, विद्यार्थी छाप्रोमा पढ्न बाध्य
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार १७:३७:६
११ फागुन काठमाडौं । भूकम्पले क्षति पु¥याएका जिल्लाका २८ सामुदायिक विद्यालयका भवन एशियाली विकास बैंक (एडिबी) को करिब रु एक अर्ब २९ करोड ऋण सहयोगमा निर्माण सम्पन्न भएका छन् ।
सरकारको आपतकालीन परियोजनाअन्तर्गत चार वर्षमा ती सङ्ख्यामा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले जनाएको छ । पुनःनिर्माण सम्पन्न भएका ती विद्यालय हस्तान्तरण भइसकेको एकाइ प्रमुख द्वारिका पोखरेलले जानकारी दिए । उनका अनुसार दाताको ऋण सहयोगमा विद्यालयका भवन तथा शौचालय निर्माण भएका हुन् । धुलिखेलस्थित सञ्जीवनी नमूना मावि र चौरीदेउरालीस्थित प्रभा नमूना माविमा आवासीय भवन तथा केही विद्यालयमा दुई भवनसमेत निर्माण भएका छन् ।
यस्तै, सरकारको विपद् व्यवस्थापन परियोजनाअन्तर्गत एडिबीकै ऋण सहयोगमा जिल्लामा १९ सामुदायिक विद्यालय भवन पुनःनिर्माण हुने भएका छन् । १० विद्यालयको निर्माण ७० प्रतिशत सकिएको एकाइका इञ्जिनीयर सोभित श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी नौ विद्यालय पुनःनिर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । १९ विद्यालय पुनःनिमार्णका लागि रु ५१ करोड २४ लाख ३५ हजार ऋण सहयोग भएको उनले बताए ।
भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पनि पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमिन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनःनिर्माणको काम शुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ ।
“भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ”, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख पोखरेलले भने । जिल्ला शिक्षा विकास तथा समन्वयबीच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो–चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलले बताए । उनका अनुसार पुनःनिर्माण थालिएको चार वर्षमा जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनःनिर्माणको काम सकिएको छ । उन भने, “निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ ।”
क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ । जिल्लाको सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन् । मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिमाणको काम आउँदो २०७७ भित्र सक्ने योजना छ । एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनःनिर्माण भएको छ ।
यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम सकिएको हो । जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार