मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो : प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
फागुन ११, २०७६ सोमबार ०:२९:४३
११ फागुन, काठमाडाैं । पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकस्थित यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग भए । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले स्मरण गरे ।
“पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी ठाउँहरुमा कसरी खानेपानी पु¥याउने होला भन्ने त्यो चिन्ता थियो”, यी स्थानमा बिजुली, बाटो र खानेपानी पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले भने, “यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।” उनले यो अवस्था आफ्ना लागि औधी खुशीको क्षण रहेको बताए ।
यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक रु एक करोड २० लाख शुल्क उठ्ने र उक्त शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । उक्त मागमा सकारात्मक प्रधानमन्त्रीले भने, “देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु ।”
खानेपानीको समस्या हल भएकाेमा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिए । “खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु, जसले टाढाबाट दुःखका साथ पानी बोकेर ल्याउनुपथ्र्यो । आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिने गरी पानी बोक्दाको दुःख सम्झनुपथ्र्यो । त्यो अब हटेको छ ।”
प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गरे । राँके–रवि–भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक-दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्रीले पर्यटकलाई न्यानो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गरे । “अब म सुझाव भन्न चाहन्छु, यो ठाउँ मान्छेले आराम, रमाइलो गर्ने, स्वच्छ वातावरणमा आउने, जैविक उत्पादन खान आउने, न्यानो आतिथ्यबाट लोभिएर आउने दिन बन्दैछ ।
त्यसैले राम्रा रेष्टुराँ, राम्रा लज खोल्नुस्”, ओलीले भने, “अब तीन वर्षभित्र तराईका मान्छे यहाँ आइपुग्छन् । गर्मीको बेला यहाँको लजमा बास बस्नु, त्योभन्दा आनन्द के होला र उता हपहप गर्मी भएको हुन्छ, यहाँ आएपछि शीतल हावा, कञ्चनजङ्घा, कुम्भकर्णबाट बगेर आएको, फिल्टर गरिएको स्वच्छ पानी त्यो खान पाइने ठाउँ बन्छ यो ।” कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उनको ६९औँ जन्मदिनका अवसरमा सामूहिक शुभकामनासमेत व्यक्त गरिएको थियो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफ्नो एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुलाई नागरिकमाझ परिचय गराएका छन् । आफूसँग आएका साथीहरुमध्ये केहीलाई चिनाउनु उपयुक्त हुन्छ भन्दै प्रधानमन्त्री ओलीले एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरु बारे करिब पाँच मिनेट परिचयात्मक मन्तव्य व्यक्त गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
यी मन्त्रले अफिसको तनावपूर्ण अवस्थाबाट तत्काल राहत दिन्छ
बैशाख २५, २०८१ मंगलबार
अभिभावकत्वका लागि यी ७ कुरा महत्वपूर्ण
बैशाख २४, २०८१ सोमबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
डा. चिरञ्जीवी नेपालले राष्ट्रपतिको आर्थिक सल्लाहकारबाट दिए राजीनामा
बैशाख ३०, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहरमा तस्बिर खिच्नेको भीड
बैशाख ३०, २०८१ आइतबार
संसद अवरोधबारे छलफल गर्न सभामुखले बोलाए मन्त्रीसहित दलका नेताको बैठक
बैशाख ३०, २०८१ आइतबार
जलवायु परिवर्तन र मानवीय गतिविधिले माछाका प्रजाति लोप हुँदै
बैशाख ३०, २०८१ आइतबार
सुनको मूल्य पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ३०, २०८१ आइतबार