उन्मादी ओली र निरिह कांग्रेस
इन्द्र रिजाल
फागुन १३, २०७६ मंगलबार १९:१३:५३
♠ इन्द्र रिजाल
खड्गप्रसाद ओली देशको शक्तिशाली प्रधानमन्त्री भएपछि जनजीविकाका सवाल कमजोर भएपनि शासकीय पद्धति भने फेरिने अभ्यास तीव्र भएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रिया थालेपछि पार्टीभित्र एकलौटी शासन गर्न हौसिएका ओलीको पछिल्लो अवस्था थोरै खस्किएको छ । तर विस्तारै मुलुकलाई साम्यवादी शैलीमा ढाल्ने प्रयत्न भने भईरहेको छ ।
ओली र उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीले थालेका पछिल्ला तीन वटा घटनालाई जोडेर हेर्दा नेकपा र ओलीको असली नियत प्रष्ट हुन्छ । पहिलो घटना फागुन ८ गते राति केही अनलाइन न्युजपोर्टल र भोलिपल्ट सामाजिक सञ्जालले भाइरल बनाएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन डिल प्रकरण हेरौं । विषय गम्भिर र ज्यादै संवेदनशील थियो ।एकाबिहानै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो प्रकरणमा कुरा गर्न बालुवाटार पुगे ।
छलफल हुँदा प्रचण्ड तत्काल बाँस्कोटालाई राजीनामा गराई छानविन प्रक्रिया थाल्न हतारिए । तर प्रधानमन्त्री ओली भने यसमा कसैले फसाउने प्रयत्नसमेत गरेको हुनसक्ने भन्दै गोकुलसँग भेटेर मात्र थप प्रक्रिया अगाडि बढाउने बताए । साँझ गोकुलले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिए । प्रधानमन्त्रीले उनलाई तत्कालै पदमुक्त गरे तर बास बस्न भने आफ्नै निजी निवास पठाए ।
दुई दुई वटा हेलिकोप्टरमा नन्दीभृंगीलाई साथ लिएर उनी जन्मघर पुगे र नेपालको नक्शा अंकित १५ किलोको विशिष्ठ केक काटेर मनाए । बडो ताज्जुबको कुरा चाहिं के छ भने – आफैंले मितेरी साइनो नभएको उद्घोष गरेको यति समूहले तयार गरेको केक उनले गर्वका साथ काटे ।
भोलिपल्ट यो प्रकरणले ठूलै रुप लिने छाँट देखिएपछि नेकपाका दुवै अध्यक्षबीच भेटघाट भयो । साँझ सचिवालय बैठक डाँकेर गोकुल प्रकरणबारे थप छलफल गर्ने समझदारी बन्यो । नभन्दै साँझ सचिवालय बैठक बस्यो र गोकुलमाथि गम्भिर आरोप लागेकाले पार्टी संयन्त्रले नै यथार्थ छानविन गर्नुपर्ने कुरा उठ्यो । तर प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव अस्वीकृत गरिदिए । उनको तर्क थियो– यसबारे सरकारी संयन्त्रले नै छानविन गरिरहेकाले पार्टीबाट गर्नु आवश्यक छैन, च्याप्टर क्लोज ।
त्यसको भोलिपल्ट प्रधानमन्त्री ओली आफ्नो ६९ औं जन्मोत्सव मनाउन जसरी प्रस्तुत भए त्यसले उनको सोच र धारणा सार्वजनिक भयो । सरकारी खर्चमा उनले आफ्नो जन्मघर तेह्रथुमको आठराईमा राजशी ढाँटमा जन्मदिन मनाए । दुई दुई वटा हेलिकोप्टरमा नन्दीभृंगीलाई साथ लिएर उनी जन्मघर पुगे र नेपालको नक्शा अंकित १५ किलोको विशिष्ठ केक काटेर मनाए । बडो ताज्जुबको कुरा चाहिं के छ भने – आफैंले मितेरी साइनो नभएको उद्घोष गरेको यति समूहले तयार गरेको केक उनले गर्वका साथ काटे । काठमाडौंमा तयार उक्त केक आठराई पु¥याउन मात्रै साढे दुई लाख रुपैयाँ भन्दा बढी खर्च गरिएको थियो ।
दुनियाँले यति समूहसँगको हिमचिमबारे औंला उठाईरहेका बेला ओलीले उसैको नजराना सहर्ष स्वीकार्नु भनेको जनमतलाई हेप्नु नै हो । पार्टी पंक्तिमा समेत उनको राजशी जन्मदिनको व्यापक आलोचना भएको छ । तर ओलीलाई त्यसको कुनै परवाह छैन । उनी मस्त छन् आफ्नो अभिष्ट पूरा गर्न । देश र जनता भनेको उनको पेवा नै हो भन्ने हेपाहा प्रवृत्ति ओलीले प्रदर्शन गरेका छन् ।
बामदेवलाई राष्ट्रियसभामा मनोनित गरेर सधैंका लागि दोस्रो तहमा सीमित गरिदिने उनको मनसाय प्रष्टै छ । राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्ने व्यवस्था गर्न संविधान संशोधन गर्ने तयारी भन्ने नाममा बामदेवलाई लोभ्याएर विवादित बनाइदिन अनि खुईल्याउने ओलीको चाहना पूरा हुने छाँट देखिएको छ ।
जति नै विवाद र प्रश्न उठे पनि ओली आफ्नो लक्ष्यबाट दायाँबायाँ नगर्न दृढ देखिएका छन् । अब दोस्रोपटक मृगौला प्रत्यारोपण गर्ने उनको तयारी छ । त्यसैले उनी लामो समय बेडरेस्टमा बस्ने अवस्थामा रहनेछन् । आफ्ना राजनीतिक उत्तराधिकारी तयार गर्न अझै समय लाग्ने उनको ठम्याई छ । त्यसैले हाललाई उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बलियो बनाएर शासन र सत्तामा रजाई गर्ने दाउमा छन् ।
लामो समयको तयारीपछि उनले बामदेव गौतमको नाममा संविधान संशोधनको कार्ड फालेका छन् । बाहिर देखाउन चाहिं बामदेवको महत्वकांक्षा, तर भित्र भने राष्ट्रपतीय शासन पद्धतिको स्थापना उनको चाहना हो । बामदेवलाई राष्ट्रियसभामा मनोनित गरेर सधैंका लागि दोस्रो तहमा सीमित गरिदिने उनको मनसाय प्रष्टै छ । राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्ने व्यवस्था गर्न संविधान संशोधन गर्ने तयारी भन्ने नाममा बामदेवलाई लोभ्याएर विवादित बनाइदिन अनि खुईल्याउने ओलीको चाहना पूरा हुने छाँट देखिएको छ । संविधान संशोधन गर्न सचिवालय बैठकले प्रस्ताव गरेका भनिएको कार्यदलका एकजना सदस्य सुभाषचन्द्र नेम्बाङले कार्यदलमा बस्न ठाडै अस्वीकार गरेको घटनाले धेरै कुरा खोलिदिएको छ ।
आफूलाई लोकतान्त्रिक शासन प्रणालीको ठेकेदार ठान्ने नेपाली कांग्रेसले यस्तो संवेदनशील विषयलाई समयमै बुभ्न सकेन ।प्रतिपक्षीय भूमिकामा सशक्त प्रभाव दिन सकेको भए ओलीको दम्भ र हुँकार यो हदसम्म पुग्ने थिएन ।
बामदेवलाई विवादित बनाएर जनमानसमा बद्नाम गरेपछि उनी राष्ट्रपतीय शासनपद्धतिकै पक्षपोषणमा देखिएका छन् । हिजोसम्म प्रजातान्त्रिक शक्ति नै हावी भएको अवस्थामा लोकतान्त्रिक प्रणाली स्वीकार्न बाध्य थिए उनी । तर गत चुनावमा प्राप्त मतले उनी हौसिएका मात्र होइन, अब मुलुकमा साम्यवादी शासनप्रणाली नै स्थापना गर्न सकिन्छ भन्ने विश्वास ओलीमा पलाएको देखिन्छ । नत्र अहिलेको अवस्थामा समेत उनको हेपाहा प्रवृत्ति यो रुपमा प्रकट हुने थिएन ।
आफूलाई लोकतान्त्रिक शासन प्रणालीको ठेकेदार ठान्ने नेपाली कांग्रेसले यस्तो संवेदनशील विषयलाई समयमै बुभ्न सकेन ।प्रतिपक्षीय भूमिकामा सशक्त प्रभाव दिन सकेको भए ओलीको दम्भ र हुँकार यो हदसम्म पुग्ने थिएन । चौतर्फी घेराबन्दीमा परेका बेला समेत ओलीले संविधान संशोधनको विषयलाई महत्वका साथ छलफल गराउन सक्नु भनेको उनी भित्रको निरंकुश सोच र प्रवृत्तिको पराकाष्ठा नै हो । यो प्रवृत्तिलाई चिर्न नेपाली कांग्रेस अग्रसर भएन भने इतिहासप्रति ठूलो बेइमानी हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार