पाँच करोड लगानीमा ‘रेष्टुराँ’, १० देखि ३०० जना अट्ने सभाहल
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार १४:४०:५२
१७ फागुन काठमाडौं । काठमाडौं महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ ।
दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई स्वस्थकर खाना प्रदान गर्नका लागि रेष्टुराँभित्रै ती मासुजन्य पशुपंक्षी पालेको हो । आगामी दिनमा कालिज, अष्ट्रिज र खरायो पाल्ने योजना बनाएको रेष्टुराँका सञ्चालक विष्णु भण्डारीले जानकारी दिए । एक वर्ष लगाएर रु पाँच करोड लगानीमा निर्माण गरिएको उक्त रेष्टुराँमा १० देखि ३०० जना अट्ने गरी सभाहल निर्माण गरिएको छ ।
बैठक गर्न मिल्ने साना गोप्य कोठादेखि विभिन्न सभा समारोहमा पार्टी गर्न मिल्ने गरी ठूला हल रहेका छन् । ३० वर्षभन्दा बढी होटल तथा रेष्टुराँ क्षेत्रमा काम गरेका अनुभवी भण्डारीले पानीपोखरीस्थित दोचा मार्गमा पाँच रोपनी जग्गा भाडामा लिएर उक्त रेष्टुराँ स्थापना गरे । उहाँसँग सोल्टी होटल, अमेरिका, साइप्रस, बरमुडालगायत आधा दर्जन मुलुकमा काम गरेको अनुभव छ ।
रेष्टुराँभित्र ‘अकोरियम वार’ निर्माण गरिएको छ । रेष्टुराँभित्र हाल ३० कर्मचारी कार्यरत छन् । रेष्टुराँ परिसरभित्र ओखरको ठूलो रुख रहेको कारण ओखरको अङ्ग्रेजी शब्द ‘वालनट’बाट उक्त रेष्टुराँको नामकरण गरिएको हो ।
पछिल्लो समय मुलुकका विभिन्न होटल तथा रेष्टुराँमा उत्पादित खानामा गुणस्तर खस्कँदै गएकाले गुणस्तरीय र स्वस्थ्य खाना खुवाउनका लागि उक्त रेष्टुराँ स्थापना गरेको सञ्चालक भण्डारी बताउछन् । “रेष्टुराँभित्र आवश्यक पर्ने मसलासमेत हामी आफैँ उत्पादन गर्छौं”, उनी भन्छन । आगामी दिनमा ग्राहकको इच्छा र चाहनालाई मध्यनजर गर्दै सेवा विस्तार गर्दै लैजाने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार