मेयर र उपमेयर कप भलिवल प्रतियोगिता शुरु
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १६:५९:३
१८ फाल्गुण, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दोस्रो मेयर कप वडास्तरीय भलिवल प्रतियोगिता र प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता शुरु भएको छ । नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगिता २० गतेसम्म संचालन हुनेछ ।
हरेक वडा—वडामा आयोजना हुनेगरी आयोजना गरिएको मेयर—उपमेयर कप खेलकुद यो पटक भने समितिले १ नम्वर वडामा शुरु गरेको हो । खेलबाट नगरपालिकालाई चिनाउने उदेश्यले समितिले हरेक वडा—वडामा पुगेर यो प्रतियोगिता संचालन गर्ने आयोजकले जनाएको छ । विगतका बर्षहरुमा आयोजना हुने प्रतियोगिता वालिङ खेलमैदानमा हुने गरेपनि यो पटकबाट भने हरेक वडामा आयोजना हुने गरी प्रतियोगिता संचालन गर्न लागेको वालिङ नगर खेलकुद विकास समितिका संयोजक एलपी ज्वारचनले जानकारी दिए ।
दोस्रो मेयर कप र प्रथम उपमेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन वालिङ नगरप्रमुख दीलिपप्रताप खाँणले गरे । स्वास्थ्यका लागि खेलकुद, विकासका लागि खेलकुद र राष्ट्र चिनाउनका लागि खेलकुद भन्ने नारासहित शुरु भएको यो प्रतियोगिताले वालिङलाई चिनाउन महत्वपूर्ण भुमिका हुने खाँणले बताए ।
हरेक वडामा खेलमैदान बनाएर खेल क्षेत्रको संरक्षणमा नगरपालिका लागेको छ खाँणले भने,“खेलकुद राष्ट्रको गहना हो यसलाई स्थानीय तहबाटै जोगाई राख्नु आवश्यक छ ।” खेलकुदको माध्यमबाट युवायुवतीहरुलाई स्वास्थ्य र अनुशासन बनाउन नगरपालिका चाहन्छ खाँणले भने । खेल क्षेत्रलाई संरक्षण गर्न वालिङका युवाहरुले देखाएको भुमिका महत्वपूर्ण रहेको खाँणको भनाई थियो ।
४ दिनसम्म चल्ने प्रतियोगितामा वालिङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्ले, १४ का अध्यक्ष झम्मरबहादुर श्रेष्ठ, खेलकुद नगर विकास समितिका सदस्य पदमराज गुरुङ, संयोजक एलपी ज्वारचन र सदस्य शमशेर गुरुङ लगायतका बक्ताहरुले यो प्रतियोगिताले वालिङ नगरपालिकाको खेलाडी चुन्दै राष्ट्रिय प्रतियोगितामा सहभागी बनाउने उदेश्य रहेको बताएका थिए । शुभारम्भमा वडा नम्वर ६, १० र ५ ले विजयी हासिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार