स्याङ्जाका लुईटेल मोटरसाईकलबाट विश्व यात्रामा निस्के
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १७:३६:३३
१८ फाल्गुण, स्याङ्जा । नेपालबाट साइकल यात्रा गरी विश्व भ्रमण गरिएको सुनिएपनि मोटरसाईकलबाट विश्व भ्रमण गर्ने खबर भने थाहा पाइएको वा सुनिएको छैन । मोटरसाईकलबाट विश्व भ्रमण गर्ने साहस स्याङ्जाका एक युवकले देखाएका छन् ।
विश्वका सबै देशमा पुगेर १० बर्षमा ८ लाख किलोमिटर मोटरसाईकलमार्फत हिड्ने लक्ष्यका साथ स्याङ्जाबाट एक युवा विदाई भएका छन् । वालिङ नगरपालिका १४ तमादीका ३० वर्षीय यामप्रसाद लुईटेल विश्व मोटरसाईकल यात्रामा शनिवारबाट निस्किएका हुन् । जिल्लाका ११ स्थानीय तहसँगै जिल्ला समन्वय समितिबाट समेत विदाई भएका लुईटेल शनिवारबाट औपचारिक रुपले आफ्नै जन्मस्थान वालिङ नगरपालिकाबाट विदाई भएका छन् ।
उनको विदाईका क्रममा वालिङ नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वालिङ उद्योग वाणिज्य संघ लगायत उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवी, संचारकर्मी लगायतको सहभागितामा उनको विदाई गरिएको थियो । लुईटेलले विश्व मोटरसाईकलको औपचारिक यात्राको सुरुवात भने दार्चुलाबाट शुभारम्भ गर्ने जनाएका छन् ।
नेपाललाई मोटरसाईकल यात्राबाट विश्वभर चिनाउने लक्ष्यका साथ प्रस्थान गरेका लुईटेल पहिलो चरणमा नेपालका ७ सय ५३ स्थानीय निकाय, सात प्रदेशमा पुगेर अन्तिममा केन्द्रिय सरकारको विदाई पश्चात विश्व भ्रमणमा निस्कने अभिलाषा लिएका छन् । सरकारले शुभारम्भ गरेको नेपाल भ्रमण बर्षलाई साकार पार्न पनि यो यात्रा फलदायी हुनेमा लुईटेल विश्वस्त छन् ।
मुलुकलाई समृद्धि बनाउने सरकारको योजना छ, यात्री लुईटेलले भने,“सबै स्थानीय तहले देशलाई समृद्धि बनाउन के के योजना छन् भन्ने विषयमा जानकारी लिने छु ।” देशमा पर्यटकीय सम्भावनाको खोजी गरि त्यस्ता पर्यटकीय क्षेत्रको विश्वमा प्रचार प्रसार गर्ने मेरो अर्को लक्ष्य हो लुईटेलले भने । सबै समस्याको समाधान गर्दै विश्व मोटरसाइकल यात्रा पुरा हुने आशामा लुईटेल रहेका छन् ।
लुईटेलको विदाईमा वालिङ नगरपालिकाका नगरप्रमुख दीलिपप्रताप खाँणले भ्रमण बर्ष २०२० को लोगो अंकित वालिङ नगरपालिका लेखिएकोे मायाको चिनो दिएर मोटरसाईकल यात्री लुईटेललाई विदाई गरेका छन् । लुईटेलले सबै स्थानीयतहमा पुगेर सो मायाको चिनो प्रदान गर्ने छन् नगर प्रमुख खाँणले भने,“विश्वयात्रा गर्ने कार्य सहज नभएपनि यात्रा सफल हुनेमा आफुहरु विश्वस्त रहका छौं ।” आफ्नै नगरका बासिन्दा लुईटेलको यो यात्राले वालिङ नगरले गर्वको महसुस गरेको बताउदै यात्राको क्रममा आइपर्ने बाधा अड्चनको धैर्यताका साथ सामना गर्दै अगाडि बढ्नु, शुभकामना छ, खाँणले भने । यात्रा अवधीभर वालिङ नगरपालिका साथमा रहने प्रतिबद्धता प्रमुख खाँणको छ ।
लुईटेलको मोटरसाईकलमार्फत विश्व यात्रा गर्ने अवसरले निजी क्षेत्रलाई निकै उत्साही बनाएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले बताए । नेपाल भ्रमण वर्षको अवसर पारेर विश्व भ्रमणमा निस्किएका लुईटेलको विश्व भ्रमण गर्ने कार्यले पर्यटन क्षेत्रमा सफलता हासिल गर्ने उनले बताए । स्याङ्जाबासीको मात्रै नभएर देशकै लागि गौरव हो भन्ने निजी क्षेत्रको बुझाई रहेको पौडेलले बताए । सन् २०२२ सम्ममा नेपालका ७ सय ५३ स्थानीय तहको करिब ६० हजार किलोमिटरको यात्रा पुरा गरि सन् २०२२ बाट विश्व यात्रामा निस्किने र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा गर्ने योजना लुईटेलको छ ।
समाज र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आफु विश्व यात्रामा निस्किएको उनको भनाई छ । मोटरसाईकल यात्रामा मेरो साथी हुने र यै साधनको प्रयोग गरि देशको पर्यटनको सम्भावना र अवस्थाको अध्ययन गरि यसलाई अन्तराष्ट्रिय स्तरमा नेपालको बारेमा जानकारी दिने लुईटेलले बताए । अर्जेन्टिनाका इमेलियो स्कटोले मोटरसाईकल यात्राबाट दश वर्षमा ७ लाख ३५ हजार किलो मिटर यात्रा गरेका थिए ।
यसलाई बढाएर दश वर्ष भित्रै ८ लाख किलोमिटरको यात्रा पार गरेर रेकर्ड तोडेर गिनिज बुकमा आफ्नो नाम दर्ज गर्ने लक्ष्य लुईटेलको छ । नेपाललाई विश्वसामु सगरमाथाको देश, गौतम बुद्धको देश र पशुपतिनाथको एक सुन्दर पर्यटकीय देश भनेर चिनाउने यो अभियानमा सबैले सहयोग गर्न लुईटेलले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार