भोलि नै शपथ लिने तयारीका साथ मन्त्री खतिवडाले दिए राजीनामा
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार २२:३९:३३
२० फागुन, काठमाडौं । सत्ततारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार बनेसँगै अर्थमन्त्री बनेका डा. युवराज खतिवडाले आफ्नो पदबाट राजिनामा दिएका छन् । कानुनतः आज राती १२ बजेदेखि उनी स्वतः पदमुक्त हुँदै थिए । तर, पदमुक्त हुनुभन्दा केही समय अघि उनले राजिनामा गरेका छन् । भोलि नै शपथ लिने तयारीका साथ मन्त्री खतिवडाले दिए राजीनामा दिएका हुन् ।
तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ७० करोडको कमिशन मोलमोलाई काण्डका कारण राजीनामा दिँदै बाहिरिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि अर्थमन्त्री खतिवडाले नै वहन गर्दै आएका थिए । दुवै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको स्रोतले बतायो।
मन्त्री खतिवडाले मुख्यसचिव रेग्मीलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर राजीनामा दिएका छन् । उनको राजीनामा आजै राष्ट्रपतिले स्वीकृत गर्ने र उनलाई अहिलेकै जिम्मेवारीमा पुनः नियुक्ती गर्ने तयारी रहेको छ । खतिवडालाई राष्ट्रपतिले पुनः भोली शपथ खुवाउने छिन् । त्यसका लागि आवश्यक सबै तयारी भइसकेको ओली निकटस्रोतले नेपालबहसलाई जानकारी दिएको छ ।
संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार संघीय संसद सदस्य नरहे पनि खतिवडा मन्त्री हुनेछन् तर पुनः राष्ट्रियसभा सदस्यका लागि सिफारिस हुन नसकेमा भने ६ महिनापछि उनको मन्त्री पद गुम्नेछ।
संविधानमा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछन् तर मन्त्रीले शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार