त्यागी नेता किशुनजी र आजको कांग्रेस
नेपालबहस संवाददाता
फागुन २०, २०७६ बुधबार ०:९:२२
♦ यज्ञप्रसाद भट्टराई
२० फागुन, काठमाडौं । नेपाली राजनीतिक आकाशका ज्वल्जलायमान नक्षत्र तथा नेपाली प्रजातान्त्रिक आन्दोलनका पर्याय सन्तनेता आदरणीय कृष्णप्रसाद भट्टराईको आज नवौं स्मृतिदिवस । सम्झनाका तरेलीहरुमा हिजो उनीसँग बिेतका केही दिनहरुको याद अहिले पनि ताजै छन् जस्तो लाग्छ ।
नेपाली कांग्रेसको आठौं महाधिबेशनमा झापाको कलबलगुडीमा भएको तीनदिनको बसाईमा हामी विद्यार्थी जीवनका अल्लारे ठिटाहरुको ठट्यौलो भेट अहिलेको अवस्थामा आईपुग्दा अति नै महत्वपूर्ण र जीवनपर्यन्तका अविश्मरणीय क्षणका रुपमा रहेझैं लाग्छ ।
नेपाली कांग्रेसलाई उमार्न, गाेडमेल गर्न, फलाउन, फुलाउन र सक्षम बृक्ष बनाउन अथक परिश्रम र सम्पूर्ण जीवन समर्पण गरेका युगपुरुष कृष्णप्रसाद भट्टराईको नवौं स्मृतिदिवसमा उनलाई सम्झनसमेत नेपाली कांग्रेसलाई समय अभाव रह्यो । देशमा राजनैतिक परिवर्तनको भिमसेनस्तम्भका रुपमा विश्वेश्वरप्रसाद कोईराला र गणेशमानजीहरुले समेत चिन्नु भएका उनै भट्टराईलाई आम नेपाली कांग्रेसका कार्यकताहरु श्रद्धाले किशुनजी भन्ने गर्दछन् ।
आफैले रोपेको बिरुवाले आफैलाई ओदालको काँडाझै घोच्न थालेपछि उनले आफैले रोपेको बृक्ष त्यागी दिए । दुःखका साथ भन्नुपर्छ नेपाली कांग्रेसको अवशानको शुभारम्भ किशुनजी कांग्रेसबाट बहिर्गमन भएबाट नै भएको हो । राजनीतिलाई कमाई खाने भाँडो बनाउन उद्यत भैसकेका नेपालका राजनैतिक नेतृत्वलाई गणेशमान र किशुनजीजस्ता नेता मनपर्ने कुरै भएन ।
बाल्यकालमा लागेको राजनीतिको रंगले उनको सिंगो जीवनलाई नै रङ्ग्याईदियो । आजीवन अविवाहित रहेर उनले आपनो यौवन तथा बृद्धावस्थासम्मको उर्जावान समय राजनीतिमा खर्चिएका किशुनजीलाई आज सम्झने फुर्सदसमेत नेपाली कांग्रेसमा छैन ।
देशको राजनीति र भौगोलिक अवस्थितिका बारेमा स्पष्ट र पूर्णज्ञान भएका उनै भट्टराईले २०४६ सालको राजनैतिक परिवर्तनको आन्दोलनमा गणेशमानजीसँगै आन्दोलनको नेतृत्व गरेर मुलुकमा निर्दलियताबाट बहुदलीय प्रजातन्त्रको बाटोमा हिँडाउन सफल बन्नु भयो ।
नेपाली कांग्रेसको खस्किएको शाखलाई २०५६ सालमा भावी प्रधानमन्त्रीका रुपमा किशुनजीको नाम मात्रैको घोषणाले पनि स्पष्ट बहुमत ल्याउन सक्नु पनि उनको पक्षमा नागरिकमा रहेको उनीप्रतिको बिश्वास र समर्पण नै हो । भएको बहुमत समाप्त पार्ने दुईकौडीका राजनेतालाई किशुनजीको नामले मात्रै बैतरणी तराएको कुरा ६ बर्ष नबित्तै २०६२ सालमा आएर कांग्रेसले बिर्सिदियो र अलोकतान्त्रिक चरित्रका पर्यायबाची कम्यूनिष्ट नामका बिदेशीका भाडाका मान्छेहरुसँग गँठजोड गर्न पुगे । जुन कुरा किशुनजीलाई एकरत्ति पनि मन परेन ।
आफैले रोपेको बिरुवाले आफैलाई ओदालको काँडाझै घोच्न थालेपछि उनले आफैले रोपेको बृक्ष त्यागी दिए । दुःखका साथ भन्नुपर्छ, नेपाली कांग्रेसको अवशानको शुभारम्भ किशुनजी कांग्रेसबाट बहिर्गमन भएबाट नै भएको हो । राजनीतिलाई कमाई खाने भाँडो बनाउन उद्यत भैसकेका नेपालका राजनैतिक नेतृत्वलाई गणेशमान र किशुनजीजस्ता नेता मनपर्ने कुरै भएन ।
जताततै हरियो डलरले आँखामा निलबिन्दू लागेको बेला पार्टीको राजनैतिक सिद्धान्त र त्यसमा आवद्ध भएका कार्यकर्ताहरुको मनोभावनासम्म बुझ्ने सामथ्र्य नेतृत्वमा रहँदैन भन्ने कुराको ज्वलन्त उदाहरण अहिलेको नेपाली कांग्रेसमा देखिएको द्रब्यमोहले देखाउँछ ।
कुनै समय किशुनजीकै राजनैतिक मार्गदिशामा आफुलाई हिडाउन सफल भएका वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले समेत किशुनजीको राजनैतिक उचाईलाई सम्मान गर्न सकेको देखिँदैन । अरुले बिर्सिए पनि किशुनजीको मार्गदर्शनलाई शेरबहादुर देउवाले बिर्सदैनन् भन्ने केही कांग्रेस कार्यकर्ताको अनुमान पनि अहिले गलत सावित हुँदै गईरहेको छ ।
आपनो लागि केही कुनै चीजको लोभ र लालसा नभएका किशुनजीलाई अहिलेका नेतृत्वले जस्तोसुकै अर्थ लगाए पनि त्याग, समर्पण र निश्कलंकका रुपमा मुलुकको दुई–दुई पटक नेतृत्व तहमा रहेर उनले गरेका राजनैतिक निर्णयहरु र उनले सजाएका सपनाहरु नेपाली मानशपटलमा अझै केही दशकसम्म जिउँदै रहने देखिन्छ । जतिसुकै राजनीतिको जोडघटाउ गरे पनि किशुनजीका अगाडि अहिलेको राजनैतिक नेतृत्व सोह्र दुना आठ मात्रै हुनेछ ।
देशमा एकथान संविधान दिन झण्डै ६ बर्ष लगाएका अहिलेका राजनैतिक नेतृत्वप्रति किशुनजीले त्रिपक्षीय शक्तिलाई समेटेर आधा बर्षमै दिनसक्नु गतिलो राजनैतिक झापड हुनसक्छ । जुनसुकै कुरालाई सहजताका साथ व्यवस्थापन गर्नसक्ने क्षमताका धनी किशुनजी राजनीतिलाई गठजोड र सहकार्यमा भन्दा कांग्रेसको एकल शक्तिमा विश्वास गर्नुहुन्थ्यो ।
सानो उमेरमा पाएको ठूलो जिम्मेवारीलाई उनले विश्वलाई नै चकित हुन गरी पुरा गरेर देखाईदिए । साँचो बोल्ने र निडर स्वभावका धनी किशुनजीलाई आपनो परिवार, नातागोता, आसेपासे भन्दा बढी ध्यान सिंगो नेपाली कांग्रेसलाई दर्बिलो बनाउनमा थियो । उनी त्यहि व्यक्ति हुन जसको नाम मात्रैले पनि यो देशमा नेपाली कांग्रेसलाई नेपाली जनताले दुई–दुई पटक स्पष्ट बहुमत दिए ।
अहिलेका द्रब्यपिपासु नेतृत्व जस्ता राजधानीमा माटाका महल र धातुका गहनामा आपनो राजनैतिक उचाईलाई तिलाञ्जली दिएनन् । एक असल राजनीतिका जिम्मेवार अभिभावकका रुपमा आफुलाई सुम्पिएका तमाम कामहरुलाई समयसीमा भन्दा अगावै सम्पन्न गरेर देशलाई निकास दिनसक्ने खुबी उनमा थियो । जुन उनले आपनो राजनैतिक जीवनकालमा गरेरै देखाईदिए ।
भारतको स्वतन्त्रता संग्राममा सामेल भएर प्रजातन्त्र र राजनैतिक स्वतन्त्रताका बिषयमा बिशेष ज्ञान हाँसिल गरेका उनै किशुनजीले नेपालको राणाबिरोधी आन्दोलनमा विश्वेश्वरप्रसाद कोईरालासहितको नेतृत्वलाई साथ दिन पुगे । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा काम गरेका किशुनजी नेपालको ईतिहाँसमै पहिलो संसदको सभामुख बन्न पुगे ।
सानो उमेरमा पाएको ठूलो जिम्मेवारीलाई उनले विश्वलाई नै चकित हुन गरी पुरा गरेर देखाईदिए । साँचो बोल्ने र निडर स्वभावका धनी किशुनजीलाई आपनो परिवार, नातागोता, आसेपासे भन्दा बढी ध्यान सिंगो नेपाली कांग्रेसलाई दर्बिलो बनाउनमा थियो । उनी त्यहि व्यक्ति हुन जसको नाम मात्रैले पनि यो देशमा नेपाली कांग्रेसलाई नेपाली जनताले दुई–दुई पटक स्पष्ट बहुमत दिए ।
विश्वेश्वरप्रसाद कोईराला र गणेशमानजीका समेत विश्वासपात्रका रुपमा रहेका किशुनजीलाई आपनो जीवनकालको उत्तरार्धमा विश्वेश्वरप्रसाद कोईरालाले नेपाली कांग्रेसको नेतृत्व कोईराला परिवारको पोल्टाबाट किशुनजीको काँधमा राखिदिएका थिए । उनै किशुनजीलाई त्यसको रिस गिरिजाप्रसाद कोईरालाले २०४८ सालको निर्वाचनमा आएर फेरे । देशको अन्तरिम प्रधानमन्त्रीसमेत रहेका आपनै पार्टीका कार्यवाहक अध्यक्षलाई निर्वाचनमा पराजित गराउन गिरिजाप्रसाद कोईरालाले जुन अभिनय प्रस्तुत गरे त्यसबाट आधा नेपाली कांग्रेसका कार्यकर्तामा निराशा पैदा भयो ।
अन्तिम घडीमा किशुनजीले जुन अपमान र तिरस्कार व्यहोर्नु पर्र्यो त्यसले नेपाली कांग्रेसको तत्कालिन नेतृत्वप्रति तमाम कार्यकर्ताहरुमा रहेको एक प्रकारको बितृष्णा अहिले पनि यदाकदा देख्न पाईन्छ । किशुनजीकै पदचाप पछ्याएका देउवालाई किशुनजीको परिकल्पनालाई साकार पार्ने जिम्मेवारी छ । राजनीति जोगी बन्नका लागि गरिएको हैन भन्ने अहिलेको नेतृत्वलाई दुई-दुई पटक प्रधानमन्त्री भएर पनि आश्रममा जीवन बिताएर जिउँदो उदाहरण देखाईदिएका साधु नेताप्रति आज पनि संझन नसक्ने कांग्रेसलाई कसरी सच्चा समाजवादी भन्ने ??
किशुनजी आफु पराजित हुनुभयो तर कांग्रेसलाई स्पष्ट बहुमत दिलाउनु भयो । मध्यावधि निर्वाचनमा लज्जाजनक हार ब्यहोरेको कांग्रेसले २०५६ सालको निर्वाचनमा किशुनजीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर पुनः स्पष्ट बहुमत ल्याउन सफल भएको थियो । प्रधानमन्त्री भएको दश महिना नपुग्दै आपनै समकक्षीको अवसरवादको बाघेनङ्ग्राको शिकार भएपछि उनले सकृय राजनीतिबाट बिस्तारै ओझेलमा रहदैं गएका थिए ।
२०६२-६३ को ऐतिहासिक भनिएको जनआन्दोलनलाई नजिकबाट हेरेका किशुनजीलाई यस्तो प्रबृत्ति र प्रकृयाबाट दिगो राजनैतिक परिवर्तन हुदैन भन्नेमा पूर्ण विश्वास थियो । अहिले त्यसका केही झिल्काहरु निस्किदैछन् । भविष्यमा मेघगर्जन सहित मुसलधारे बर्षा नै भईहाले पनि कुनै आश्चर्य मान्नु पर्दैन । गिरिजाप्रसाद कोईरालाले आफुलाई द्वन्द ब्यवस्थापनको नायक भनेर नाँक फुलाए पनि तमाम नेपाली कांग्रेसका कार्यकर्ताको गर्धनमा तरवार बिसाएर गएको देखिन्छ ।
पार्टीभित्रको तमाम अपमान, तिरस्कार र पटक पटकको प्रहारबाट आफु बिक्षिप्त हुँदासमेत उनले आपनो कार्यकाल भरी कांग्रेसलाई दोश्रो स्थानमा पर्न दिएनन् । शेरबहादुर देउवाले पार्टी चोईट्याएर जाँदा पनि उनी मुलधारमै अडिग रहिरहे । आपनो राजनैतिक धरातललाई राम्ररी बुझेका किशुनजी मुलुकमा गणतन्त्रले एकता नभई फाँटो र बैरभाव निम्याउने कुरामा जानकार थिए । उनले आपनो जीवनको अन्तिम घडीसम्म पनि नेपालको अस्तित्व बचाउन र नेपाली कांग्रेसको अस्तित्व जोगाउन संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अपरिहार्यतालाई दोहोर्याई रहे ।
जीवनको अन्तिम घडीमा किशुनजीले जुन अपमान र तिस्कार व्यहोर्नु पर्र्यो त्यसले नेपाली कांग्रेसको तत्कालिन नेतृत्वप्रति तमाम कार्यकर्ताहरुमा रहेको एक प्रकारको बितृष्णा अहिले पनि यदाकदा देख्न पाईन्छ । किशुनजीकै पदचाप पछ्याएका देउवालाई किशुनजीको परिकल्पनालाई साकार पार्ने जिम्मेवारी छ । राजनीति जोगी बन्नका लागि गरिएको हैन भन्ने अहिलेको नेतृत्वलाई दुई-दुई पटक प्रधानमन्त्री भएर पनि आश्रममा जीवन बिताएर जिउँदो उदाहरण देखाईदिएका साधु नेताप्रति आज पनि संझन नसक्ने कांग्रेसलाई कसरी सच्चा समाजवादी भन्ने ??
किसुनजी जस्ता त्याग, समर्पण र उच्च राष्ट्रप्रेमका अथक योद्धालाई बिर्सने नेपालीलाई किशुनजीको आत्माले सर्धै धिकार्नेछ । उनको आँसुले सधै नेपालीलाई पोलिरहने छ । २०६७ साल फाल्गुण २० गते शुक्रबार भएको उनको देहत्याग सगैं अस्ताएको प्रजातन्त्रको भीमसेनस्तम्भलाई आजकै दिनमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । तिमीलाई संझने, तिमीले देखाएको बाटोमा अग्रसर भएर हिडने र तिम्रो सपनालाई पुरा गर्न लागि रहेका देशभित्र तथा बाहिर रहेका तमाम नेपालीहरुकोे तर्फबाट समेत हार्दिक श्रद्धाञ्जली किशुनजी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुतवासको आग्रह
बैशाख २०, २०८१ बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
बैशाख २०, २०८१ बिहिबार
आइपिएलमा आज सनराइजर्स र राजस्थान भिड्दै
बैशाख २०, २०८१ बिहिबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
बैशाख २०, २०८१ बिहिबार