एसइई परीक्षा परीक्षा केन्द्रमा मास्क र सेनेटरी प्याडसहितको स्वास्थ्य सेवा दिइँदै
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २२:२१:२५
३० फागुन, काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ । चैत ६ गतेबाट हेटौँडाका एसइई परीक्षा केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’ स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्योपचारका लागि सहयोग गर्ने तयारी गरेको हो ।
यहाँ १४ परीक्षा केन्द्र तोकिएको छ । उक्त परीक्षा केन्द्रबाट करिब चार हजार विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । सबै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीसहित, मास्क र सेनेटरी प्याडसहितको व्यवस्था गर्न हेल्प डेस्क सञ्चालन गर्न लागिएको नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरसको सङ्क्रमणबाट सावधानी अपनाउन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेकाले परीक्षामा विद्यार्थीको बाक्लो उपस्थिति हुने कारणले उपमहानगरपालिकाले परीक्षामा सामेल विद्यार्थीका लागि मास्क, सेनेटरी प्याड वितरण गर्नुका साथै स्वास्थ्यकर्मीको टोलीले प्राथमिक स्वास्थ्य सामग्रीसहितको आवश्यकताअनुसार स्वास्थ्योपचार गरिने जनाएको छ ।
त्यसैगरी, स्वास्थ्य सेवा दिने उद्देश्यले उपमहानगरपालिकाभित्रका सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी सेवा दिन शुरु गरेको छ । उपमहानगरपालिकाले १९ वटै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेको जनाएको छ । नगरका नागरिकलाई आफ्नै वडा र स्थानीयस्तरबाट नै स्वास्थ्य सेवा दिने उद्देश्यले काम थालिएको बताइएको छ । वडास्तरबाट आम नागरिकले पाउने न्यूनतम स्वास्थ्य सेवा दिने उद्देश्यले जनप्रतिनिधि आएपछि स्वास्थ्यलाई पहिलो प्राथमिकताका साथ काम गरिएको बताइएको छ ।
प्रत्येक स्वास्थ्य संस्थामा अहेव, अनमीसहितको सेवा दिइएको छ । हटियामा भने चिकित्सक र ल्याबसहितको स्वास्थ्य सेवा दिइएको छ । उपमहानगरपालिका कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई निःशुल्करुपमा मास्क वितरण गर्न थालिएको छ । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गरेर सेवाग्राहीलाई निःशुल्क मास्क वितरण गर्न शुरु गरिएको जनाइएको छ । कार्यालयको गेटमै सेवाग्राहीलाई मास्क वितरण गरिने कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने
जेठ २, २०८१ बुधबार
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार