पाल्पामा ४८ जना विद्यार्थी एसइई दिनबाट वञ्चित [ कारण यस्तो छ ]
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार १९:३०:९
१ चैत, रामपुर । चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।
परीक्षामा पाल्पाबाट पाँच हजार ६८ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले बताए ।
उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा २५ परीक्षा केन्द्र तोकिएको छ । तानसेन नगरपालिकामा जनता, पद्यमा पब्लिक, महेन्द्रबोधी, सेन, मोहनकन्या, न्यु होराइजन बोर्डिङ, दमकडा, शारदा र त्रिभुवन मावि छन् ।
रामपुर नगरपालिकामा दरैठाँटी, रामतुलसी र जनविकास माविमा परीक्षा केन्द्र तोकिएको छ । निस्दी गाउँपालिकामा जनता, पूर्वखोला गाउँपालिकामा उद्बुद्ध, रम्भा गाउँपालिकामा रम्भा र जनकल्याण, बगनासकाली गाउँपालिकामा विष्णु, दर्लमडाँडा, चन्द्र माविमा परीक्षा केन्द्र परेका छन् ।
माथागढी गाउँपालिकामा किसान र शौभाग्य, रिब्दीकोट गाउँपालिकामा भवानी र भैरव जनता, रैनादेवी छहरा गाउँपालिकामा महाकाली र भैरव नवदीप मावि परीक्षा केन्द्र तोकिएको छ । जिल्लाभरमा प्रत्येक परीक्षा केन्द्रमा एक-एक परीक्षा केन्द्राध्यक्ष र दुई-दुई सहायक केन्द्राध्यक्ष खटाइनेछ । प्रत्येक केन्द्रमा १५ सुरक्षाकर्मी परिचालन गरिने छ ।
सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म परीक्षा सञ्चालन हुँदैछ । पहिलो दिन चैत ६ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ ।
अस्पताललाई नौ लाखको स्वास्थ्य सामग्री
लायन्स क्लब अफ श्रीनगर पाल्पा अस्पताललाई रु नौ लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार सहयोग गरेको छ । वार्मर, फोटो थेरापी, बेबी रिससिटेसन, अप्टीमा सोलुसन जस्ता बच्चाको उपचारलाई प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरिएको हो । क्लबका अध्यक्ष नारायणबहादुर कार्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई तीसामग्री प्रदान गरे।
विसं १९७० मा स्थापित पाल्पा जिल्लाकै पुरानो सरकारी अस्पताल हो । समयअनुसार आधुनिक प्रविधिका सामग्री नहुँदा उपचारमा कठिनाइ भइरहेको छ । उपचारमा सहज होस् भनी लायन्स क्लबअन्तर्गत इटलीबाट प्राप्त सामग्री अस्पताललाई सहयोगस्वरुप प्रदान गरिएको क्लबका अध्यक्ष कार्कीले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले जिल्लाकै पुरानो अस्पताल भए पनि सामग्रीको अभावमा सेवा प्रवाहमा समस्या परिरहेका बेला क्लबले गरेको सहयोगले अस्पताल सञ्चालनमा ठूलो सघाउ पुगेको बताए ।
क्लबले प्रदान गरेको स्वास्थ्य सामग्री २८ दिन भन्दामूनिका बच्चाको उपचारका लागि प्रयोग गरिन्छ । यसअघि यहाँ जन्मिएका बच्चामा कुनै समस्या देखिए थप उपचारको लागि महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो । भर्खर जन्मिएको बच्चालाई उपयुक्त तापक्रम नपुगेमा वार्मरको प्रयोगले आवश्यक तापक्रम उपलब्ध गराइने जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत डाक्टर जगदिश कुँवरले जानकारी दिए।
फोटो थेरापीले कमलपित्तको उपचार, बेबी रिससिटेसनले श्वासप्रश्वासमा समस्या भएका बच्चालाई कृत्रिम स्वास दिने काम गर्छ । अप्टीमा सोलुसन हात धुन प्रयोग गरिन्छ । उपचारका सामग्री र औषधिको अभावले सोचे जति बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने
जेठ २, २०८१ बुधबार
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार