इटहरीमा अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १८:५४:३४
४ चैत, इटहरी । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा इटहरीमा बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ । रु ८३ लाख लागतमा निर्माण सम्पन्न भएका ती भवनलाई आवश्यक पर्ने आठ कठ्ठा तीन धुर जग्गा स्थानीय दिनेश रसाइली तथा उद्धव राईले प्रदान गरेका थिए ।
विकसित देशमा शारिरीक अपाङ्गता भएका बालबालिकालाई उपचार गर्ने प्रविधि यहाँ नै उपलब्ध हुने केन्द्रका संस्थापक प्राध्यापक डा अशोक बाँस्कोटाले जानकारी दिए । उनले भने “ अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुन ःस्थापनामा सबैको ध्यान जानुपर्छ ।”
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार यहाँ आयोजित कार्यक्रममा सो केन्द्रको उद्घाटन गर्दै केन्द्रलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए । सो केन्द्रका शाखा अध्यक्ष दिनेश रसाइलीको भवन निर्माणका लागि सहयोग गर्ने नागरिक तथा समाजसेवीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार