आज त्रिविद्वारा परीक्षा सुचारु, भोलिदेखि परीक्षा रोक्न बैठक बस्दै
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १७:३८:९
६ चैत, काठमाडौं । त्रिविले सरकारको निर्णय विपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ । सरकारको निर्णय त्रिविले अटेर गर्दै आज परीक्षा संचालन गरे पनि भोलीदेखि हुने परीक्षालाई सुचारु गर्ने कि रोक्ने भन्ने बिषयमा आज बैठक बस्ने त्रिवीले जनाएको छ ।
संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस ‘कोभिड-१९’ को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले आज ‘चैत ६ बिहीबार’ बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको बुझिन आएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बनेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार नै बिहीबारदेखिका सबै परीक्षा तथा पठनपाठन रोक्ने निर्णय गरेको थियो। सत्तारुढ नेकपा सचिवालयको निर्देशनपछि सरकारले यस्तो निर्णय गरेको थियो। लगत्तै शिक्षा मन्त्रालयले पनि सबै परीक्षा रोक्न निर्देशन जारी गरेको थियो।
तर, त्रिविले बिहीबार बिहानका सबै परीक्षा सञ्चालन गर्यो भने मध्यान्हदेखि सुरु परीक्षा पनि जारी रहको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। तर चैत ७ गते शुक्रबारदेखिका परीक्षा स्थगित गर्नेबारे कार्यकारी परिषद्को आपत्कालीन बैठक आज बस्ने र सरकारको निर्णयअनुसार भाेलीदेखि हुने परीक्षालाई परिषद्ले स्थगित गर्न सक्ने जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार