डिस्को र लाउञ्ज बारका साहुबाट कास्की प्रहरीको बचाउ, यस्तो छ उनीहरुको खण्डन विवरण
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २३:६:५९
७ चैत्र, काठमाडौं । कास्की प्रहरीले गरेको प्रहरी आचरण र व्यवहार विपरितका क्रियाकलापको खण्डन पोखराका केही होटल तथा डिस्को बारहरुले गर्न थालेका छन् । यसबाट नेपालबहस डटकममा स्रोतको हवाला दिदै गत फागुन १२ गते प्रकाशित समाचार सत्य सावित भएको छ ।
उनीहरुले सो समाचार झुटो भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्की तथा अन्य प्रहरीलाई कुनै प्रकारको हप्तावारी रकम नदिएको खण्डनमार्फत दावी गरेका छन् । उनीहरुले कास्कीका एसपी र डीएसपीको उच्च प्रशंसा गर्दै गण्डकी प्रदेशबाट उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत र सम्मानित भएको बताउँदै व्यवसायीहरुको प्रहरी प्रशासनसँग दुरी बढाउने काम समाचारले गरेको बताएका छन् । यसैबाट ती व्यवसायी र कास्की प्रहरी बीच निकटको सम्बन्ध र उठबस छ भन्ने हाम्रो समाचारको दावीलाई उनीहरुको खण्डनले नै पुर्नपुष्टि गरेको छ ।अर्कोतर्फ प्रहरीको बारेमा लेखिएको समाचारले व्यवसायीहरुको मर्यादा र ख्यातिमा धक्का लागेको दावी गर्नु, सो समाचारले साहुहरुलाई तनाव हुनु, प्रहरीको ख्यातिमा क्षति पुगेको बारे व्यवसायीहरुलाई टाउको दुख्नुले कतै कास्की प्रहरी कै दवाव वा सल्लाहमा खण्डन पठाउने अग्रसरता लिएको त हैन भन्ने आशंका उत्पन्न भएको छ ।
गत फाल्गुण १२ गते नेपालबहसमा “कास्की प्रहरीका एसपी दम्पती नै कमाउधन्दामा, शान्ति सुरक्षा अलपत्र” शिर्षकमा प्रकाशित समाचारमा प्रहरीकै संरक्षणमा लेकसाइडका ६–७ वटा डिस्को क्लबहरु रातभर चल्ने गरेका छन् तर ससाना भट्टी पसल र दोहोरी रेष्टुरेण्ट भने रातको ११ नबज्दै बन्द गराउन ढोका मै प्रहरी भ्यान पुग्ने गरेका छन् । लेकसाइडमा बिगत लामो समयदेखि महेन्द्र भोटेले सञ्चालन गरेको ट्रेजर डिस्को क्लब होस् वा कर्मा डिस्को थेक बिहानसम्म खुल्ने गरेका छन् । यस्तै राजेश गुरुङले संचालन गरेको डुङ्गा रेष्टो एण्ड लञ्च बार, बीजीबी रेष्टुरेण्टले पनि ग्राहकसँग मनपरि मुल्य लिएर रातभर संचालन गर्ने गरेका छन् भन्ने उल्लेख थियो ।
साथै उक्त समाचारमा यस्ता रेष्टुरेण्ट वा डिस्को थेकमा सज्जन मात्र होइन अपराधिक गतिबिधिमा संलग्न व्यक्तिहरुको बाक्लो उठबस हुने गरेको छ । गुण्डागर्दी, वेश्यावृत्ति तथा ठगी घटनाको अखडा यस्तै रात्री क्लब हुने गरेका छन् । कास्की प्रहरी कै संरक्षणमा निर्वाध रुपमा सञ्चालित यी डिस्को तथा रेष्टुरेण्टहरुले ग्राहकलाई चर्को मुल्य ठगेर पुलिसलाई हप्ताबारी र महिनाबारी बुझाउने गरेको समाचार स्रोतले बतायो । कास्कीका एसपी कार्कीलाई महेन्द्र भोटेको ट्रेजर डिस्कोले मासिक २ लाख, बीजीबी, डुङ्गा रेष्टो र कर्मा डिस्कोले मासिक एकएक लाख तथा प्रहरी र उनका अतिथिलाई दारुपानी निशुल्क गर्ने गरेको स्रोतको भनाई छ । स्थानीय प्रशासनबाट यी डिस्को तथा रेष्टुरेण्टले रातको २ बजेसम्म सञ्चालनको अनुमति लिएपनि बिहानसम्म नै संचालन गर्ने गरेका छन् भन्ने उल्लेख थियो ।
सो समाचारको खण्डन गर्न भन्दै गत फागुन १९ गते बिजी बी क्याफेका सञ्चालक सुनिलबहादुर भट्टराई, ट्रेजर लाउञ्ज बारका संचालक शिवबहादुर गुरुङ, माउण्ट कैलाश रिर्सोटका सञ्चालक नरेश भट्टराई, ढुङ्गा रेष्ट्रो एण्ड लाउञ्ज बारका सञ्चालक राजेश गुरुङ तथा क्लब कर्मा लेकसाइडका सञ्चालक निरोज थापासहितका पाँच जनाले ईशान बास्तोलालाई बारेस तोक्दै प्रेस काउन्सिल नेपाल गुर्हान पुगेका छन् । प्रेस काउन्सिलले गत फागुन २२ गते नेपालबहस डटकमलाई सो सम्बन्धमा के कसो भएको हो भन्दै उनीहरुको उजुरी र खण्डनको प्रति ईमेलमार्फत पठाइएको छ ।
अब जहाँसम्म उक्त डिस्को तथा बार रेष्टुरेण्टहरु रातभर चल्ने गरेको समाचार त हामीलाई मात्र होइन, पोखरा पुगेर रात्री जीवन बिताउने जोकोहीलाई पनि घाम जत्तिकै थाहा हुने कुरा हो । अझ पोखरा बैदामका स्थानीय बासिन्दाहरुले नै डिस्को, वार तथा रेष्टुरेन्टका कारण आम जनजीवनमा होहल्ला र परिवारिक वातावरणमा गम्भीर असर परेको भन्दै बन्द गराउन उच्च अदालत पोखरामा मुद्दा दायर गरेको तथ्य सर्वविदितै छ । स्थानीय बासिन्दाको लगातारको आग्रहपछि तत्कालिन प्रदेश प्रहरीले समयमै बन्द गराउन जोड गर्दा जिल्ला प्रहरी र प्रदेश प्रहरीबीच मै विवाद र मनमुटाव शूरु भएको थियो । कतिपयले त जिल्ला प्रहरीले नै प्रदेश प्रहरीका तत्कालिन डीआईजी बिरुद्ध स्थानीय पत्रपत्रिकामार्फत समाचार सम्प्रेषण गराउने गरेको आरोप पनि लगाउने गरेका छन् ।
र याे पनि…..कास्कीका एसपी परिर्वतनको तयारीमा हेडक्वाटर, एसपी कार्कीका घुमुवाले दिए अकस्मात राजीनामा
पोखरा पर्यटकीय स्थल भएकाले रातभर खुल्न पाउनु पर्ने र नपर्ने बीच राजनीतिक तहमै बहस हुने गरेको छ । तर उपरोक्त डिस्को,लाउञ्ज बार तथा रेष्टुरेण्टले स्थानीय प्रशासनसँग राती दुई बजेसम्मको मात्र संचालन अनुमति लिएर बिहानसम्म नै चलाउने गरेको तथ्य लुकाइरहनु पर्ने विषय नै होइन । अर्कोतर्फ उनीहरुको मेनु कति महंगो छ भन्ने तथ्य पनि हत्केलाले छेक्नुपर्ने विषय होइन् । अन्य रेष्टुरेण्टमा ४ सयमा पाइने बियर होस् वा १५० मा पाइने मम त्यहाँ कतिमा बेच्ने गरिन्छ भन्ने तथ्य पनि अनुगमन र छानविन गर्ने निकायले हेर्दा थाहा हुने विषय नै हो । संसारभर नै रात्री क्लब तथा बारमा अधिकांश कस्ता मान्छेको जमघट हुन्छ भन्ने तथ्य पनि अन्यथा होइन । जहाँसम्म हप्तावारी र महिनावारीको कुरा छ , कहीपनि घुस भन्ने कुरा भरपाई रसिद लिएदिएर गरिने विषय हुदैन् । त्यस्ता विषयको पुष्टि अख्तियार प्राप्त निकायले स्ट्रीङ अप्रेशनका क्रममा मात्र प्रष्ट हुने विषय हो ।
दुवै पक्षको स्वार्थ पुरा हुन्जेल घुसका विषय छरप्रष्ट नभएपनि घुसको लेनदेन हुने कुरा खुलातथ्य नै भएको सबैलाई जगजाहेर नै छ । किनभने हामी हाम्रो संवाददाता र उसकाे समाचारको स्रोत प्रति विश्वस्त नै छौं र त्यो स्रोतलाई जोगाउनु व्यवसायिक पत्रकारिताको आधारभूत धर्म पनि हो । पत्रकार आचारसंहिता २०७३ पहिलो संशोधन २०७६ को दफा (८) गोप्य स्रोतको सरंक्षण ः (१) समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ भन्ने उल्लेख गरेको छ । तैपनि नेपाली पत्रकारिताको सम्मानित संस्था प्रेस काउन्सिल नेपालको मर्यादालाई सम्मान गर्दै पत्र संख्या चन ६७७–०७६–०७७ को मिति २०७६/११/२२ गतेको पत्रको माथिको प्रतिउत्तरसहित उनीहरुको खण्डन जस्ताको तस्तै प्रकाशित गरेका छौं ।- सम्पादक
हेर्नुस होटल, डिस्को, लाउञ्ज बार तथा रेष्टुरेण्ट व्यवसायीले पठाएको खण्डन जस्ताको तस्तै:-
श्री सम्पादक/प्रकाशक/ अध्यक्ष ज्यू
सदाबहार मिडिया हाउस प्रा.ली. (रजिष्ट्रेसन नं. १३०,०७३।०७४)
बिषय:- झुट्टा समाचारको खण्डन गरि दिनु हुन ।
भकुण्डोल -३ ललितपुर मा कार्यालय रहेको देखिने उक्त अनलाइन मिडियामा हामी ब्यबसायीहरुको ब्यबसायलाइ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक एबं नायव उपरीक्षकको नाम जोडेर “कास्की प्रहरीका एसपी दम्पती नै कमाउ धन्दामा शान्ती सुरक्षा अलपत्र भन्ने शिर्षकमा ” तथ्य रहित, भ्रामक, अतिरञ्जित र झुट्टा ब्यहोरा उल्लेखन गरि २४ फेब्रुवरी २०२०, तदनुसार १२ फागुन २०७६ को अनलाइन पत्रिकामा समाचार प्रकाशन गर्नु भएको रहेछ । हामी ब्यबसायीहरुबाट हप्तावारी र महिनावारी रकम अशुल गरि रहेको भनि जुन झुट्टा कुरा उल्लेखन गर्नु भएको छ सो हामीहरुको ब्यबसायिक मर्यादा र ख्यातीमा ठूलो धक्का लाग्ने हामीहरुलाइ होच्याउने र अपमान गर्ने सो झुट्टा समाचारबाट हामीहरु ज्यादै तनाममा रहनु परेको र तपाइ प्रकाशक सम्पादकले त्यस्तो झुट्टा ब्यहोराको समाचार प्रकाशन गरेर प्रहरी कार्यालयका प्रमुख जो हालै गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत र सम्मानित हुनु भएको थियो वहाहरुलाइ समेत कर्तब्य पालनाको शिलशिलामा अनर्गल कुरा लेखि पेशागत ख्यातीमा अपुरणिय क्षति पुर्याउने, हामी ब्यबसायीहरुसँगको प्रहरी प्रशासनसँग दुरी बढाउने गरि हामीहरुले कहि कतै नबोलेको नदिएको नलिएको बिषयलाइ अनाबस्यक रुपमा जोडेर समाचार प्रकाशन गर्नु भएको कार्य प्रति हामी घोर भत्सर्ना गर्दै सो झुट्टा कपोलक्पित समाचारको जोडदार रुपमा खण्डन गर्दछौ ।
हामीले सो समाचारमा उल्लेखन गरे जस्तो कास्कीका प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाइ कुनै रकम दिएका छैनौ । दिने गरेका छैनौ । प्रहरीका कुनै मानिस सो संगठनका कोही कसैलाइ हामीले कुनै प्रकारको हप्तावारी रकम दिएका छैनौ । रकम दिएको भन्ने समाचार सत् प्रतिशत झुट्टा हो । त्यसै गरि माउण्ट कैलाश रिसोर्टमा एसपी बसि रक्सी सेवन गरेको र अनर्गल कुराकानी गरेको भन्ने समाचार समेत सत् प्रतिशत झुट्टा हो । सो समाचारको श्रोत र तथ्य पुष्टी गर्न समेत हामी चुनौती दिन चाहन्छौ ।
समाचारमा उल्लेख गरे जसो अबैध तरिकाले हामीले रातभर सन्चालन गरेका छैनौ । साथै हामीले जथाभाबी चर्को रकम अशुल गरेका पनि छैनौ । हामीहरुले सन्चालन गरेको ब्यबसायमा अपराधिक गतिबिधीमा संलग्न ब्यक्तिहरुको बाक्लो उठबस हुने गरेको भन्ने गलत भ्रामक समाचारले हामी कानूनको दायरा भित्र रहि ब्यबसाय सन्चालन गरि आएका ब्यबसायीको ब्यबसायिक प्रतिष्ठा तथा ब्यक्तिगत प्रतिष्ठामा समेत गम्भिर आँच आऊन पुगेको प्रष्ठ छ ।
साथै ट्रेजर लाउञ्जले मासिक रु २ लाख, बीजीबी, डुङ्गा रेष्ट्रो र कर्जा डिस्कोले मासिक एक एक लाख रुपैया तथा प्रहरी र उनका अतिथीलाइ दारुपानी निशुल्क गर्ने गरेको भनि गलत श्रोत उल्लेखन गरि प्रकाशित समाचार झुट्टा, आत्मपरक ब्यहोरा हो ।
निज मिडिया हाउस प्रा.ली.ले तथ्यरहित भ्रामक र अतिरञ्जित झुट्टा समाचार लेखेका हुन् । सो समाचारको सत्य तथ्य प्रमाण पेश गरि पुष्टी गर्न चुनौती समेत दिन चाहन्छौ ।
खण्डन प्रकाशन गर्न अनुरोध गर्ने
कास्की जिल्ला पो.म.न.पा. वडानं. ६ लेकसाइड स्थित सन्चालित बिजी बी क्याफेका सन्चालक ऐ ऐ बस्ने सुनिल बहादुर भट्टराइ-१,ऐ ऐ मा सन्चालित ट्रेजर रेष्टुरेण्ट एण्ड लाउञ्ज वारका सन्चालक शिब बहादुर गुरुङ- १,ऐ ऐ स्थित माउण्ट कैलाश रिसोर्ट प्रा.ली.का सन्चालक नरेश भट्टराइ-१,ऐ ऐ स्थित ढुङ्गा रेष्ट्रो एण्ड लाउञ्ज बारका सन्चालक राजेश गुरुङ-१,ऐ ऐ स्थित क्लब कर्मा लेकसाइड प्रा.ली.का सन्चालक निरोज थापा.-१ समेत जना ५ को वारेस कास्की जिल्ला पो.म.न.पा.वडानं. २१ को परिबर्तित ११ बस्ने बर्ष २३ को ईशान बास्तोला (ना.प्र.नं.४६-०१-६९-०७३१६ मिति २०७२।५।१५ कास्की)….
मिति २०७६।११।१९
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार