यूवतीकी साथीले जहाजमा सारेको त्यो कोरोना
कुसुम सेञ्चुरी
चैत १०, २०७६ सोमबार २२:५९:६
१० चैत्र, काठमाडौं । कोरोना भाइरसमुक्त राष्ट्रको पंक्तिमा रहेको नेपाल त्यो हैसियतबाट आजबाट आफैं मुक्त भएको छ । अर्थात हिजो साँझ एकजना नेपाली युवतीमा यो संंक्रमणको पुष्टी भएपछि नेपालले आफ्नो पूर्व परिचय गुमाएको हो । साथै जनमानसमा कोरोनाप्रतिको त्राश अझै चुलिएको छ ।
काठमाडौं स्थायी घर भएकी ती श्रेष्ठ थरकी ती युवतीमा कोरोना भाइरस सार्ने काम उनीसँगै हवाईजहाजमा यात्रा गर्ने भियतनामकी महिला साथी देखिइन् । यही चैत ४ गते कतारको दोहा हुँदै बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी १९ वर्षीया ती किशोरीलाई शुरुमा त थाहै भएन । तर जब उनी घर पुगिन्, त्यसपछि भियतनामकी साथीलाई कोरोना संक्रमण भएको जानकारी पाइन्, अनि भने उनको होस हवासै उड्यो ।
मेडिकल शिक्षासँग जोडिएका घर परिवारले उनलाई तत्कालै आइसोलेसनमा राख्यो । दुई दिनपछि किशोरीलाई ज्वरो बढ्यो अनि सुख्खा खोकी लाग्न थाल्यो । तत्काल श्रेष्ठ परिवार टेकूस्थित शुक्रराज सरुवा रोग अस्पताल पुग्यो, उनको स्वाब परीक्षण गर्न नमूना दिएर घर फर्कियो । भोलिपल्ट राति अर्थात आइतवार मध्यरातमा घरमा फोन आयो, कोरोना पोजेटिभ आयो ।
त्यसपछि तत्कालै उनलाई अस्पतालबाटै एम्बुलेन्सका साथ चिकित्सक टोली लिन पुग्यो । आवश्यक प्रक्रिया पूरा गरी उनलाई अस्पतालले छुट्टै कोठामा आइसोलेसन वार्डमा राखेर उपचार थालेको छ । अवस्था राम्रो छ, सुधार भइरहेको छ ।यति भइसक्दा उनीसँगै कतार एयरको उडानमा नेपाल आएका अरु २०५ जना यात्रुको अवस्था भने अझै अज्ञात छ । उनीहरुको स्वास्थ्य अवस्थाबारे सरकारले थप खोजीनीति गर्नु आवश्यक छ ।
स्वास्थमन्त्री भानुभक्त ढकालले खोजी शुरु भइसकेको र पहिचान हुने वित्तिकै क्वारेन्टाइनमा राखिने जानकारी दिएका छन् । साथै संक्रमित युवतीका परिवारलाई समेत आइसोलेसनमा राखी निगरानी गर्न थालिएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार