अटेरी माथि प्रहरीको तैनाथी, प्रभावकारी हुँदै ‘लकडाउन’
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १६:५१:४३
१२ चैत, नेपालगञ्ज । चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’का लागि नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका छन् । तीन दिनयताका निकै प्रयासबीच नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका हुन् । नेपालगञ्जमा अटेरी गर्नेहरुका कारण नेपाल र सशस्त्र प्रहरीको तैनाथी बढाएपछि ‘लकडाउन’ प्रभावकारी हुँदै गएको हो ।
भित्री सडकमा एकाध मानिस मोटरसाइकलमा देखिए पनि मुख्य सडकमा एम्बुलेन्स र प्रहरीका गाडीमात्र कुदेका देखिन्छन् । कोराना भाइरसबाट उत्पन्न महामारी भित्रन नदिन चौतर्फी सतर्कता आह्वान गरेको सरकारले मङ्गलवारबाट नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आदेश गर्दै लकडाउन घोषणा गरेको हो । “न्यूरोड क्षेत्र ठप्प छ”, स्थानीयवासीसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने । “रानीतलाउ, मङ्गलपथ सामान्य छ”, स्थानीयवासी साजिदा शाहले भने ।
सडकमा मानिस देखिए प्रहरीले भगाउने गरेको छ । साविकको डिएसपी रोडमा अलिक चहलपहल देखिएपछि प्रहरीले हप्काएको छ । सडकमै क्रिकेट खेलिरहेका युवाहरुलाई प्रहरीले लखेटेको थियो । सुर्खेतरोडको धम्बोेझी क्षेत्र सुनसान छ । बिहानदेखि पुष्पलाल चोक क्षेत्र पनि बन्द रहेको होटल व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिएका छन् ।
सदरलाइन त्रिभुवन चोक क्षेत्रमा मङ्गलबार एकाध मानिसहरु देखिए पनि आज विहान घरबाट बाहिर कोही निस्किएका छैनन् । भृकुटीनगर परसपुर रोडमा मानिस अनावश्यक डुलिरहेका देखेपछि प्रहरीले लखेटेको छ । स्थानीयवासी, युवा व्यवसायी अवधराज शर्माका अनुसार, लकडाउनको अवज्ञा गर्नेलाई तह लगाउन प्रहरी परिचालन अझै बढाउनुपर्ने देखिन्छ । “पुरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ”, बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले भने, “अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोही बमोजिम गरिनेछ ।” उनले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको बताएका छन्।
प्रहरी उपरीक्षक ओलीका अनुसार, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्ने सरकारको आदेशानुसार प्रहरी परिचालन भएको प्रहरी उपरीक्षक ओलीले बताएका छन् ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको थियो । औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने यो बेला संक्रमण रोग ऐन– २०२० अन्र्तगत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पु¥याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार