भारतमा अलपत्र नेपालीको उद्धार गर्न कांग्रेस नेता केसीको आग्रह
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार २०:५८:५७
१३ चैत्र, काठमाडौं । कोरोना भाइरसको आतंकले भयावह रुप लिएपछि भारत सरकार सामाजिक गतिविधि नियन्त्रण गर्न अग्रसर भयो । त्यसको अत्तोपत्तो थिएन, भारतमा मजदूरी गर्ने नेपालीजनलाई ।
एक्कासी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कफर्युको घोषणा गरिदिए । त्यसपछि धेरै नेपाली जो भारतमा मजदूरी गर्थे, देश फर्कन थाले । यस्तैमा एउटा समूह मुम्बैबाट पश्चिम नेपाल फर्कन झोली गुण्टा कसेर निस्कियो । मुम्बैबाट दिल्ली हुँदै गड्डाचौकी पुग्ने उनीहरुको तयारी थियो । तर दिल्ली पुग्दा नपुग्दै प्रम मोदीले पूरा भारत लकडाउनको घोषणा गरिदिए ।
त्यसपछि उनीहरु दुई दिन दिल्लीकै एउटा होटलमा बसे । तर लामो समय बस्न होटलले दिएन । अनि उनीहरुको बास सडकमा भएको छ । कसैले उद्धार गरिदेला की भन्ने आशामा । यो तस्बीर भारतका ठूला सञ्चारमाध्यमले सार्वजनिक गरिदिए । तर दिल्लीमै रहेको नेपाली दूतावासले भने वास्ता गरेन । अहिलेसम्म नेपाल सरकारले त्यो कारुणिक र दारुण अवस्थालाई आत्मसात गरेको अनुभूति गरिएको छैन । यस्तो संवेदनशील विषयमा न प्रधानमन्त्री कार्यालय केही बोल्छ, न परराष्ट्र मन्त्रालयकै चासो देखिएको छ ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता अर्जुननरसिंह केसीले भने यो विषयलाई गम्भिरतापूर्वक उठाएका छन् । नेता केसीले ट्वीटर हेण्डलमार्फत भनेका छन् –भारतको मुम्बैबाट स्वदेश फर्कन लागेका नेपालीको दूरावस्था र कारुणिक स्थितिमा सरकार मूकदर्शक नबन । जहाँ रहेका नेपाली भएपनि स्वदेश फर्कने मौलिक हक सुरक्षित छ । सरकार आवश्यक व्यवस्था गरिहाल ।
यसका साथै कांग्रेस नेता केसीले आजै फेसवुकमा कडा प्रतिक्रिया जनाउदै नयाँदिल्लीमा रहेका सबै नेपालीको सरकारले तुरुन्त उद्धार गर्नुपर्ने तथा चिकित्सक र आम जनतालाई सुरक्षा र राहतको प्याकेज ल्याउनुपर्ने माग पनि सरकारसँग गरेका छन् । नेता केसीको फेसवुक वालमा उल्लेखित भनाई जस्ताको तस्तै:-
नयाँदिल्लीमा अलपत्र अवस्थाका नेपाली नागरिकहरूलाई यथाशिघ्र उद्धार गरियोस्:- नेता केसी
भारतको मुम्बईबाट स्वदेश फर्किनका लागि रेलमा आएका करिब ८० जना नेपालीहरू नयाँदिल्ली महानगरनिकट पूर्ववर्ति गाजियावादमा भोकै–प्यासै बीच बाटोमा अलपत्र र उपायहिन अवस्थामा रोकिएको र हालसम्म उनीहरूको कतै–कसैबाट उद्धार नभएको स्थितिप्रति अत्यन्त दुःखीत छु । त्यसमा डेढमहिनाको बच्चासहितकी सुत्केरी महिला पनि छन् र भोकै रहेको बच्चाले आमाको दूध पनि खान नपाएको हृदयविदारक,कारुणिक अवस्था देखिन्छ ।
एकातिर कोरोना भाईरस महामारीको संकट, अर्कातिर सर्वत्र सुनसान परिस्थितिमा यी नागरिकहरू बसिरहेको होटेलबाट निकालिएर सडकमा अलपत्र अवस्थामा रहनु साह्रै गम्भीर अन्याय हो र शारीरिक तथा मानसिक यातना पनि हो । अघिल्लो महिना चीनको बुहानमा कस्टकर अवस्थामा रहेका १७० नेपाली नागरिकहरूलाई जसरी सरकारले आफ्नै विमान पठाएर स्वदेश ल्याउने स्वागतयोग्य काम गरेको थियो, संकटको यस अवस्थामा स्वदेश फर्किन चाहने तर उपयाहिन अवस्थामा अलपत्र परेका आफ्ना नागरिकहरू जहाँ भएपनि स्वदेश फर्काउन सरकारले यसैगरी विशेष प्रबन्ध मिलाउनुपर्छ भन्ने मेरो दृढ मान्यता र जोडदार माग छ ।
नेपालमा जस्तै भारतमा लकडाउनको कारण अलपत्र परेका ती नागरिकहरूले चाहेर पनि स्वयं प्रबन्ध मिलाएर नेपाल फर्किन सक्ने अवस्थामा नभएकोले आफ्ना नागरिकहरूप्रति जिम्मेवारी लिनुपर्ने राज्यको अनिवार्य दायित्व हो। यो संकटपूर्ण अवस्थामा तिनीहरूको यथाशिघ्र उद्धार गरी स्वदेश ल्याउन र आवश्यकता अनुसार क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाउन ढिलाई नगरियोस्, यसका लागि नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा जो चाहिने निर्देशन तत्काल दिईयोस् भनी म नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।
यो संघर्ष समग्र नेपाली र कोराना बीचको हो । हामी नेपाली मात्र हौं धनी,गरिब,जातभात, जाती धर्म ,क्षेत्र र राजनीतिबाट माथि उठेर यो महामारीसँगको संघर्षमा एकभएर समर्पित हुनु यस परिस्थिमा हाम्रो साझा कर्तव्य हो ।लकडाउनलाइर् पूर्ण राष्ट्रिय समर्थन छ तर रोजै काम गरेर जहान बच्चाको पालन पोषण गर्नुपर्नेहरुको दुर्दशापूर्ण अवस्था समाधान गर्न तुरुन्त राहत प्याकेज व्यवस्था गर्नु सरकारको अनिवार्य कर्तव्य हो ।
चिकित्साकर्मीको सुरक्षाको निमित्त पीपीई, परीक्षण किटको अझै अभाव सुनिन्छ । परीक्षण व्यापक बनाउँदै हरेक जिल्लामा केन्द्र तोकी साधन, श्रोत, दक्ष जनशक्तिको व्यबस्था गर्न ढिलाइ भइसक्यो ।९ ब् कतष्अज ष्ल तष्mभ कबखभक लष्लभ ० भने झै समयमै गम्भीर र जिम्मेवार बन सरकार । लकडाउन अझै लम्बिन पनि सक्छ । तसर्थ दैनिक अनिवार्य आवश्यक उपभोक्ता सामग्रीको माग र आपूर्तिको बजार व्यवस्थापनतिर विशेष चनाखो बन सरकार ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार