आपतकालिन कमाण्ड पोष्ट खडा गरौं :-राप्रपा अध्यक्ष राणा
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार २१:५६:२१
१६ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबराले कोरोना प्रकोप समाधानमा सरकारले केन्द्रीय कमाण्ड पोष्ट खडा गर्नुपर्ने बताएका छन् ।
कोरोना महामारी व्यवस्थापनका लागि गठन गरिने आपतकालीन कमाण्ड पोष्टमा चिकित्सा क्षेत्र र सुरक्षा अंगसमेतको संलग्नता रहनुपर्ने अध्यक्ष राणाको भनाई छ । यस्तो केन्द्रीय संरचनाले महामारीविरुद्ध सम्पूर्ण परिचालन, व्यवस्थापन र संयोजनका कार्य अघि बढाउने छ ।
आइतबार ट्वीट गर्दै राणाले भने, ‘विश्व अनुभवबाट सिकौं, ढिला नगरौं ।’ चिकित्सकहरुलाई सरकारले आवश्यक उपकरण र सुरक्षा उपलब्ध गराउनु पर्ने उनको माग छ । महामारीको गाम्भिर्यताअनुरुप कोरोना भाइरस संक्रमणको परीक्षण व्यापक बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।
संकटकालीन अवस्थामा दैनिक ज्यालामा निर्भर जनतालाई राहत दिुनका साथै घरभाडा तथा बैंक ब्याज सरकारले मिनाहा गर्नु पर्दछ, राणाले भने । विद्यमान संकट र जोखिम मध्यनजर गर्दै सरकारले जनतालाई नियमित सूचना उपलब्ध गराउनु पर्दछ, उनले भने । भ्रष्टाचारविरुद्ध मत जाहेर गर्दै संकटकालीन अवस्थामा सरकारले शून्य अनियमितता सुनिश्चित गर्नुपर्ने राणाको ठहर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत
जेठ ३, २०८१ बिहिबार
सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक भोलि १ बजेसम्म स्थगित
जेठ ३, २०८१ बिहिबार