संक्रमित युवतीसंगै आएकाहरुको स्वाब परीक्षण तयारी विशेषज्ञको टोली बागलुङमा
नेपालबहस संवाददाता
चैत १६, २०७६ सोमबार १:२२:०
१६ चैत, बागलुङ । कोभिड–१९ को संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयले चासो बढाएका छन् । बेल्जियमबाट कतारहुँदै बागलुङ आएकी युवतीमा शनिबार कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग सम्बन्धित व्यक्ति तथा एउटै जहाजमा आएकाहरुको स्वाब परीक्षणका लागि तयारी थालिएको छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँबाट आवश्यक सुरक्षा सामग्रीसहित सम्भावित जाँचका लागि दुई विशेषज्ञलाई बागलुङ पठाएको छ । एक सय थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), सेनिटाइजर र मास्कसहित विशेषज्ञ बागलुङका लागि हिँडेका हुन् । डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहानसम्म बागलुङ आइपुग्ने मन्त्रालय स्रोतले जनाएको छ ।
‘उनीहरु बागलुङ पुगेपछि त्यहाँका चिकित्सकहरुसँग छलफल गरेर आवश्यक सबैको परीक्षणका लागि नमूना संकलनको काम हुनेछ ’ मन्त्रालय स्रोतलाई उद्धृत गर्दै प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले भने, ‘जोखिममा रहेकाहरुको अवस्था हेरेर जाँच गर्नुपर्छ भनेका छन् ।’
यता प्रादेशिक स्वास्थ्य निर्देशनालयले संक्रमित युवतीको परिवार र सम्पर्कमा रहेकाहरुमा कोरोनाको संकेत देखिएमा परीक्षणका नमूना संकलन गर्न तयारी थालेको छ । निर्देशनालयले धौलागिरि अञ्चल अस्पतालका लागि एक थान भेण्टिलेटर, २५ थान पिपिई र २५ थान किट आज बागलुङ पठाएको प्रादेशिक स्वास्थ्य आपतक्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार