कोरोना संक्रमित बिरामीको उपचारमा सांसद सूर्य पाठकको जस लिने होडबाजी !
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २३:१२:१४
१७ चैत्र, बागलुङ । कतार एयरवेजको चैत्र ४ गतेको फ्लाईटबाट नेपाल आएकी बागलुङ कुँडुले ४ कि एक १७ वर्षे किशोरीको कोभीड १९ को परिक्षणमा पोजीटीभ पाईएपछि उनको गाउँ कुँडुले लगायतका आसपासको क्षेत्रमा त्राशको वातावरण सृजना भएको थियो ।
चैत्र १५ गते दिउँसो १२ बजे धौंलागिरी अंचल अस्पतालमा रिपोर्ट आईसकेपछि किशोरीलाई काठमाडौं लगेर उपचार गर्ने कि बागलुङमा नै राखेर उपचार गर्ने भनेर विवाद भएको थियो । काठमाडौंबाट अंचल अस्पताल बागलुङमा नै राखेर आवश्यक उपचार गर्नु भन्ने संकेत आएपनि साँझको ७ बजेसम्म विरामीको उपचारमा कुनै चासो नदेखाई धौंलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र वि.के.पोखरेल बागलुङमा उपचार गर्न नसकिने भन्दै विरामीलाई भर्ना गर्न ईन्कार गरिरहेका थिए ।
धेरै फोन आउन थालेपछि बागलुङ नगरपालिकाका मेयर जनक पौडेल फोन स्वीचअफ गरेर बसेका थिए भने वार्ड अध्यक्ष ध्रुव केसी प्रदेशका मन्त्री किरण गुरुङलाई फोन लगाउदै धेरै ठाउँमा फोन लगाई केही सीप नलागी दिक्क मानी आफ्नो वडारचौरको निवासमा बसेर फोन घुमाउदै थिए । त्यतिकैमा साँझको ७ बजिसकेको थियो । विरामीको उपचारको लागि बागलुङका सीडीओ गोंगजन सैजु र प्रहरी प्रमुख एसपी नवराज भट्ट, उपमेयर सुरेन्द्र खड्का छलफल गर्दै थिए । कुनै हालतमा पनि बागलुङमा उपचार गर्न नसकिने, अंचल अस्पताल भएर पनि केही साधन स्रोत नभएको भनेर मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पन्छिरहेका थिए ।
त्यति नै खेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कानमा कोरोना संक्रमित विरामीको उपचार गर्न बागलुङ अस्पतालले ईन्कारी गरेको ,बागलुङमा भयावह अवस्था सृजना भएको खवर पुग्छ । त्यसपछि उनले स्वास्थ्य मंन्त्री, गृहसचिवलाई विरामीको उपचार यथासक्य चाँडो मिलाउन निर्देशन दिए लगत्तै बागलुङका सीडीओ र एसपीको मोवाईलको घन्टी बज्न थाल्छ । गृहसचिवले सीडीओलाई फोन गरि तु विरामीको उपचार बागलुङमा नै राखेर गर्नु भन्ने स्पष्ट निर्देशन दिन्छन भने नेपाल प्रहरीका आईजीपीले बागलुङका एसपीलाई ।
बागलुङ नगरपालिका ४ का बासिन्दाहरु छिटो विरामीलाई उपचार गर्न पाए हुन्थ्यो भनेर त्रशित नै देखिन्थे । बागलुङवाट निर्वाचित सांसदहरुले ८,९ घण्टासम्म पनि केही गर्न नसकेकोमा त्यहाँका जनता आक्रोशित देखिन्थे । कतिले चिन्ता नगर्नु माननीय सूर्य पाठकले हेलिकप्टर वा एम्बुलेन्स पठाएर काठमाडौं लैजाने व्यवस्था गर्दै हुनुहुन्छ भने कतिले माननीय ज्यू लकडाउनमा पर्नुभएको छ । काठमाडौंमा कोठामा बसेर फोन घुमाउदै हुनुहुन्छ भनेर अड्कलबाजी काटिरहेका थिए ।
बागलुङका सीडीओ र एसपीलाई तारन्तार फोन आईरहेको थियो । त्यो बीचमा राष्ट्रिय सभाका अध्यक्षले पनि चाँसो र चिन्ता व्यक्त गरिरहेका थिए । यता बागलुङका मेडिकल सुपरिटेन्डेन्टको चरम लापरवाही र वेवास्ताको कारणले विरामीको उपचारको अत्तोपत्तो थिएन् । यसबीचमा थुप्रै आपतकालिन बैठकहरु बसे । अन्तमा सीडीओ र एसपीले उपचार गर्ने भए गर्नुस नत्र ठिक हुदैन भन्दै कि लिखित रुपमा कोरोना प्रभावित विरामीको उपचार गर्न नसक्ने कारण भए लिखित रुपमा दिनुस हैन भने तपाईलाई थुनेर कारवाही गर्नपर्ने हुन्छ भनेपछि अन्तिममा विरामीको उपचार गर्न सहमत हुन्छन् र रातको १० बजे एम्वुलेन्स विरामीको घरमा गई हस्पिटलमा भर्ना गर्दा रातको १०.३० भैसकेको हुन्छ । त्यसपछि बागलुङका प्रहरी प्रमुखले सरकारी अस्पतालमा विरामी भर्ना गर्दा समेत ठुलो महाभारतको यूध्द जिते जस्तो भयो भनी आफ्नो फेसबुक स्टेटसमा लेखि बिहान ७ बजे हटाँउछन् ।
हाल धौंलागिरी अंचल अस्पतालमा उपचारार्थ किशोरीको अवस्था सामान्य रहेको र परिवारका सदस्यमा कुनै लक्षण नदेखिएता पनि परिवारका सदस्यको संभवत आज भोलीसम्ममा परिक्षण हुने बुझिएको छ । अहिले आएर बागलङमा माननीय सूर्य पाठकले मिलाउनुभएको हो भनेर पाठकका शुभचिन्तकहरुले चर्चा गर्दैछन् । सम्माननीयज्यूले पहल गरेको थाहा पाउनेहरुले काम गर्ने हनुमान जस पाँउने ढेडु भन्न थालेका छन् भने कतिपय यस्तो संकटको घडीमा पनि कस्तो जस लिन परेको होला भनेर आश्चर्यमा परेको नारायण सापकोटा बताँउछन् ।
यो बेला मैले गरेको हो भनेर जस लिनेवेला हैन । विरामीको उपचार र अरुलाई कसरी सुरक्षित राख्ने भन्नेवेला हो । पाठक उनै विवादास्पद छवि भएका सांसद हुन जो ७० करोडको टेपकान्डमा पूर्व संचारमंत्री गोकुल बाँस्कोटासँगै मुछिएका थिए । आफुलाई स्वीस कम्पनीको एजेन्ट बताउने विजयप्रकाश मिश्रले पाठकलाई समेत कारवाही गर्नुपर्ने पत्रकार सम्मेलन गरेर बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार