सुनौलीमा तीन सय नेपाली अलपत्र !
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १७:५१:३१
१८ चैत्र, भैरहवा । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् ।
नेपाली पक्षले भारतबाट आउने नेपालीलाई रोकेपछि नेपालतर्फ आउन उनीहरु रोकिएका छन् । उनीहरु अहिले दशगजा क्षेत्रमा पाल टाँगेर बसेका छन् । उनिहरुलाई सोमबारदेखि स्थानीयवासीले खाने व्यवस्था गरेको देखिन्छ । नेपालतर्फ आउन नपाएपछि दशगजा क्षेत्रमा रहेका नेपालीले सोमबार केही समय नाराबाजीसमेत गरेका थिए ।
कोभिड –१९ को त्रास बढ्दै गएपछि नेपाल पक्षले भारतबाट आउने नेपाली र भारतीय पक्षले नेपालबाट आफ्नो देशतर्फ जाने भारतीयलाई रोकेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएका छ । लगभग ६० भारतीय पनि भारततर्फ जान नपाएर नेपालको सीमाक्षेत्र बेलहियामा रोकिएका छन् ।
सीमाक्षेत्रमा रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । सरकारले दिने निर्देशन हामीले कार्यान्वयन गर्ने हो भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले माथिबाट जे आदेश आउँछ त्यहीअनुसार नेपालतर्फ आउने नेपालीको व्यवस्थापन गरिने बताए ।
सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले सीमा क्षेत्रमा रहेका नेपालीलाई अहिले नेपालतर्फ आउन नदिइएको बताउँदै भारतीयलाई पनि भारतीय पक्षले आफ्नो देशतर्फ प्रवेश नदिएपछि सीमाक्षेत्रमा सुरक्षा कडा पारिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार