कर्णाली सहकारीद्वारा विपन्न परिवारको लागि आठ लाख राहत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार १८:५५:३७
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
१९ चैत, झापा । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारलाई राहत दिन रु आठ लाख सहयोग गर्ने भएको छ । जिल्लाका १५ वटा स्थानीय तहका विपन्न परिवारका लागि राहत अभियानमा सघाउन सहकारीले उक्त रकम दिन लागेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेपछि दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका नागरिक समस्या भएकाले सहयोग गर्न लागिएको उनले बताएका छन् ।
“एकद्वार प्रणालीबाट राहत वितरण गर्ने पालिकाहरुको निर्णय रहेकाले राहत कोषमा जम्मा हुने गरी सहयोग गर्ने निर्णय भएको छ”, अध्यक्ष प्रधानले भने । संस्थाले झापाका १४ स्थानीय तहलाई रु ५० हजारका दरले र संस्थाको मुख्य कार्यालय रहेको बिर्तामोड नगरपालिकालाई रु एक लाख सहयोग दिने जनाएको छ । २० वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको कर्णालीमा ३३ हजार सदस्य आवद्ध छन् ।
कोरोना कोषमा २ लाख ७५ हजार सहयोग
झापाको कनकाई नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण न्यूनीकरण तथा व्यवस्थापन कोषमा विभिन्न व्यक्ति एवं सङ्घसंस्थाले रु दुई लाख ७५ हजार सहयोग गरेका छन् । नगरपालिकाले स्थापना गरेको कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कनकाई नगर कमिटीले रु ५१ हजार, रोटरी क्लब कनकाईले रु एक लाख एक हजार र हङकङमा रहेका कनकाई सुरुङ्गा निवासी युवा रभी श्रेष्ठले रू एक लाख २३ हजार दिएका छन् ।
नेकपा कनकाई नगर अध्यक्ष रवीन्द्र लम्सालले कोरोनाको सङ्क्रमणबाट बच्न र अतिविपन्न परिवारलाई राहत दिन नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरेको बताएका छन् । लकडाउनका कारण खान धौधौ भएका नागरिकलाई यथासक्य चाँडो राहत दिन उनले अनुरोध गरेका छन् ।
नगरपालिकाको विपद्मा रहेकालाई सहयोग गर्न महारामारी नियन्त्रण गर्न राहत कोष स्थापना गरेकाले संस्थाले होस्टेमाहौसे गर्न रकम दिएको रोटरी क्लब कनकाईका अध्यक्ष कुमारमणि पोखरेलले बताएका छन् । “विपद् परेका बेला सहयोग गर्न संस्था हरदम तयार छ”, उनले भने ।
मङ्गलबार कनकाई नगरपालिकाले रु ३० लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । उक्त रकममा यहाँका जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक र कर्मचारीबाट प्राप्त गरी करिब रू पाँच लाख रकम थप गरिएको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिएका छन् । “कोषमा जम्मा भएको रकमबाट पीडितको औषधि उपचार तथा राहत सामग्री वितरण गर्नेछौँ”, नगरप्रमुख पोखरेलले भने, “कोषमा सहयोग गर्न चाहने सङ्घसंस्था, व्यक्ति एवं सबै सहयोगी हातहरुलाई अनुरोध गर्दछु ।”
कोरोना विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न चाहनेले नगरपालिकाको नेपाल बैंक सुरुङ्गा शाखामा रहेको खात नं १४७०३००००००००५००४००२ मा जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ । कोषको रकमको खर्च पारदर्शी बनाउन नगरपालिकाको वेब साइटमा सार्वजनिकीकरण गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख पोखरेलले बताएका छन् ।
लकडाउनको समय लम्बिएसँगै नगरमा रहेका विपन्न परिवार भोकभोकै रहनुपर्ने अवस्था आउन नदिन नगरपालिकाले भोलि/पर्सीदेखि नै राहत प्याकेज ल्याउने भएको छ । “अहिले नै खान समस्या भएका परिवारलाई जनप्रतिनिधि र टोल समिति परिचालन गरेर राहत दिने काम भइरहेको छ”, नगरप्रमुख पोखरेलले भने, “सबैले समान रुपमा राहत पाउन् भनेर एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागिएको छ ।”
एकद्वार प्रणालीबाट नगरपालिकाबाटै राहत वितरण गरिने भएकाले आफूखुशी राहत नबाँड्न नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले नगरपालिकामा सम्पर्क गरेर राहत उपलब्ध गराउन र समस्यामा परेका परिवारलाई नगरपालिकामार्फत वितरण गर्न अनुरोध गरेको हो ।
कोभिड–१९ को सङ्क्रमण हुन नदिन नगरपालिकाले ४० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । शङ्कास्पद बिरामीलाई राख्नका लागि खानेबस्नेदेखि इन्टरनेट (वाइफाइ) सहितको सुविधासहितको क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गौतमले जानकारी दिएका छन् । क्वारेन्टाइनमा चाहिने आवश्यक खाद्यान्न सहयोग सहारा नेपाल साकोसले गरिरहेको छ । नगरपालिकाले नगरप्रमुखको संयोजकत्वमा विपद् व्यवस्थापन समिति र कार्यविधि बनाएको छ भने विपन्न परिवारको लगतसमेत सङ्कलन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार