लकडाउनमा पोखरादेखि दाङसम्म पैदलयात्रामा हिडेका मजदुरको भाेक कथा
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार २०:२४:२७
२० चैत्र, स्याङ्जा । गत चैत्र ११ गते सरकारले कोरोना भाइरसलाई थप फैलिन नदिन पहिलो पटक एकसाताका लागि मुलुकभर लकडाउन ग¥यो । पहिलो लकडाउन एकसाताका लागि मात्रै होला भन्ने सोचेर काम गरिरहेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई थाहा भएन सरकारले फेरी अर्को एकसाता लकडाउन घोषणा गर्छ । पछिल्लो घोषणापछि उनीहरुको मनमा चिसो पसेको छ ।
समस्या हो, कास्की माछापुच्छे गाउँपालिकामा काम गर्ने श्रमिकहरुको । दाङका गडह गाँउपालिकाबाट दैनिक मजदुरी गर्न आएका श्रमिकहरुले ठेकेदारसँग घर जाने व्यवस्था मिलाईदिन आग्रह गरे । तर लकडाउन लम्बिदैन भन्दै ती श्रमिकहरुलाई घर पठाउन ठेकेदारले आनकानी गरेपछि पैदलयात्रा गरेरै भएपनि घर जान्छौ भन्दै उनीहरुले आफ्नो यात्रा तय गरे । पैदलयात्रा गरेर स्याङ्जाको वालिङ आईपुगेका श्रमिकहरुको कथा हो यो ।
एक महिना अगाडी नदीमा तटबन्ध निमार्णका लागि जाली भर्ने काममा गएका १२ जना श्रमिक ठेकेदारले सवारी साधनको व्यवस्था नगरिदिँदा हिडेर घर जान बाध्य भएको दुजमान घर्तीले बताए । पैदल हिडेर जिल्ला प्रशासन कार्यालय कास्कीमा आएर प्रशासनलाई अनुरोध ग¥यौ घर्तीले भने,“प्रशासनले सवारी साधन व्यवस्थापन गर्न सक्दैनौ भनेपछि हिडेरै जान बाध्य भयौं ।” करिब ३८ घण्टा पैदल हिडेर उनीहरु वालिङ आईपुगेको उनले बताए ।
पाँचदिन लागेपनि घरमै पुगेर बस्ने अठोटका साथ पैदलयात्रा तय गरेका ती श्रमिकहरुले करिब ३ सय ५० किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । पटक पटक घरमा जाने व्यवस्था गरिदिन आग्रह गरेपनि ठेकेदारले कुरा नसुनेको उनीहरुले बताए । यसबारे मर्दिखोला तटबन्दन समितिका सदस्य केशव अधिकारीसँग बुझ्ने प्रयास गर्दा उनीहरुलाई खाना बस्नको प्रबन्ध मिलाएपनि बस्न नमानेको बताए ।
दाङको गडह गाँउपालिका १ बगवारी गाँउका श्रमिकहरु सिद्धार्थ राजमार्गको बाटो हुदै वालिङ आईपुगेको शरद जिसीले बताए । हिड्दै जादा घर पुगिएला नी भन्ने आशा लिएका छाैं, जिसीले भने,“बिहानको समय र बेलुकाको समयमा हिड्ने गरेका छौं ।” दिउँसोको समयमा शितल खोजेर आराम गर्दै यहाँसम्म आईपुग्याैं, उनले भने । चाउचाउ र पानी खाएर यात्रा गरेको उनीहरुले बताएका छन् ।
उनीहरुको पैदलयात्रा अत्यन्तै दयनीय छ । १२ बर्षे बालकदेखि २८ बर्षे उमेरका १२ जना श्रमिकको दयनीय अवस्था देखेर केही राहत गर्न सकिन्छ कि भनेर स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्लाई सम्पर्क गर्न खोज्दा एक जिल्लाबाट अर्को जिल्ला पठाउन कठिन हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार