सहकारीद्वारा लकडाउन अवधिको हर्जना छुट
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार १९:५२:४७
२१ चैत, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले ‘लकडाउन’ अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको आज बसेको संयुक्त बैठकले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी संस्था बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो ।
हर्जना छुट पाउनका लागि ऋणीले ‘लकडाउन’ खुलेको १५ दिनभित्र किस्ता बुझाउनु पर्ने निर्णय भएको सक्रिया वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताएका छन् । बैठकले ऋण भुक्तानी गर्ने भाका ‘लकडाउन’ खुलेको मितिबाट एक महिना थप गर्ने, हाल भाका पुगेका ऋणको नवीकरण असार मसान्तसम्म गर्ने, ऋणीलाई नवीकरण सेवा शुल्कबापत २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
‘लकडाउन’को मारमा परेका ग्राहकको सहुलियतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको आग्रह अनुसार नगरभित्रका सहकारीले यस्तो व्यवस्था गर्ने निर्णय गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष अनिल जोशीले बताएका छन् । “यस नगरपालिकाभित्र १२ सहकारी संस्था क्रियाशील रहेका छन्”, उनले भने, “यो नगरपालिकाभित्र सञ्चालित १२ सहकारीका साथैै जिल्लाभर सञ्चालित १६९ सहकारी संस्थालाई चैतभरको हर्जना छुट दिन आग्रह गरिएको छ ।”
विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रणका लागि पूर्व तयारी थालेको नगरपालिकाले एक महिना (चैतभर)को घर तथा जग्गा भाडा समेत छुट गर्न घर तथा जग्गा धनीलाई आग्रह गरेको छ । बैठकले लकडाउनको कारण मारमा परेका नगरवासीका लागि नगरपालिकाले यसअघि लिँदै आएको फोहरमैला व्यवस्थापन शुल्कमा चैत महिनाको शुल्क छुट दिने लगायतका दश बुदे निर्णय पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार