मध्यपूर्व बाट नेपालीहरुकाे उद्दारको लागि एनआरएनएकाे समिति गठन
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार २२:१६:५
२२ चैत्र युएई । गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैर आवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ ।
कॊरॊना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गइरहेकॊ प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपाेषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको समितिका सहसंयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिएका छन् । यो समितिले मध्यपुर्बका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिनेछन् ।
त्यसैगरी कॊरॊना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेकॊ प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको समितिका प्रवक्ता राजेन्द्र अर्यालले बताएका छन् । प्रबासमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यो समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ ।
अनलाइन मार्फत सम्पुर्ण नेपालीहरूसँग सम्पर्क गरी आवस्यक समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपाल सरकारकॊ आवहानलाई सम्पुर्ण प्रवासी कामदारहरूमाझ पुर्याउने काम पनि यो समितिलाई दिइएको छ । यो समितिको संयोजकमा एनआरएनएका मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग (कतार) छन् । गुरुङ्गले भविष्यमा मध्यपूर्वमा परिआउने जस्तोसुकै समस्यालाई एनआरएनले सहयोग गर्ने बताए । समितिको उप-सम्योजकमा मनोज कुमार श्रेष्ठ गोर्खाली (युएई) र प्रबक्तामा राजेन्द्र अर्याल जोन (साउदी अरब) चयन भएका छन् ।
यो मध्यपुर्व स्तरीय उद्दार समितिको सदस्यहरुमा राज रेग्मी (कतार), सुमित्रा पौडेल (कुबेत) यास्मिन बेगम सैयद (साउदी अरब), रमेस भट्ट (कतार), नारायण पासवान (साउदी), ठाकुरप्रसाद ढुंगाना (युएई), अमित राई (कुवेत), अजय यादब (ओमान), लालप्रसाद पुन (बहराइन), नवीन पौडेल (युएई) राजु केसी (युएई), नेत्रप्रसाद शर्मा (युएई), अब्दुल बासिद (कतार), होमनाथ शर्मा (कतार), युबराज शर्मा ( कतार), केबी हमाल (कतार) मोहम्मद मुक्तदा मुसलमान (कतार), प्रकास कोईराला (युएई), तेज थापा (साउदी अरब) सुजन केसी (कुवेत), लक्ष्मी गिरी (बहराइन),
र सेवन्त पुर्जा पुन (ओमन) रहेका छन् ।
यो उद्दार समितिलाई आवश्यक सरसल्लाह र समन्वयको लागि एक सल्लाहकार मण्डल पनि गठन गरिएको छ । यो सल्लाहकार मण्डलमा टीबी कार्की (कतार), आर के शर्मा (कतार), डीबी क्षेत्री (ओमान), राजु सैयद (साउदी अरब),
नरेन्द्र भाट (कतार), महेन्द्र चम्लागाई (कतार), कमलमणि गुरागाई (कतार), बिमल सुबेदी (कतार), गोपाल कडेल (युएई), धर्मराज गिरी (ओमान), बिल गुरुङ (कतार), बिनोद भट्टराई (कतार), सनी ओली ( कतार), सुरज मास्के (कुवेत), रमेश भण्डारी (साउदी अरब), मोहन शर्मा (युएई), कृष्ण प्रसाद भट्टराई (युएई), रहेका छन् ।
यो उद्दार समितिको मिडिया संयोजकमा युएईबाट मेघराज सापकोटा चयन भएका छन् । यो मिडिया समुहका अन्य सदस्यहरुमा शुक्र मुक्तान (साउदी अरब), शुवास शर्मा (युएई), दिपजङ शाह ( कतार), अमर श्रेष्ठ (बहराइन),
र माधब शाही (कुवेत) रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार