वडा अध्यक्षहरुले नै मनपरि सवारी पास वितरण गर्दा लकडाउन उल्लंघन
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार १६:२:३४
१ वैशाख स्याङ्जा । सरकारले गरेको निर्णय विपरीत स्थानीय तहका जनप्रतिनिधिहरुले धमाधम सवारी पास वितरण गर्न थालेका छन् । लकडाउन अवधीमा जिल्ला प्रशासन र इलाका प्रशासनबाट वितरण गर्ने सवारी पासको चरम दुरुपयोग गर्दै वडा अध्यक्षहरुले नै सवारी पास दिन थालेपछि लकडाउन उल्लघंन भएको पाइएको हो ।
लकडाउनको अवधी बढ्दै जान थालेपछि स्याङ्जाका जनप्रतिनिधिहरुले आफ्ना नागरिकलाई धमाधम सवारी पास वितरण गर्न थालेपछि प्रशासनले ध्यानाकर्षण समेत गरेको छ । सिद्धार्थ राजमार्ग र भित्री सडकमा मोटरसाईकल लगायत अन्य सवारी साधन चल्न थालेपछि इलाका प्रशासन वालिङ र वडा प्रहरी कार्यालय वालिङले अनुगमन समेत थालेका छन् । अधिकांश सवारी साधनहरुले वडा अध्यक्षले जारी गरेको पास देखाउन थालेपछि प्रशासन लकडाउनलाई जनप्रतिनिधिले नै उल्लघंन गरेको भन्दै आक्रमक बनेको छ ।
लकडाउन अवधिभर दैनिक अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गर्दै आएको छ । अत्यावश्यक परेर बाहिर हिड्नु परेमा जिल्ला प्रशासन वा इलाका प्रशासनसँग समन्वय गरेर मात्र हिडडुल गर्न सरकारले सबै नागरिकलाई अनुरोध गरेपनि यसको कार्यन्वयनमा जनप्रतिनिधिहरु नै बाधक बनेका छन् । जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय बाहेकले सवारी आवागमनका लागि पास बाड्ने व्यवस्थालाई उल्लघंन गरेको देखियो, अनुगमनमा पुगेका इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए ।
अनुगमनका क्रममा स्थानीय पालिकाका वडा अध्यक्षहरुले आवतजावतका लागि पास वितरण गरेको फेला पारेका छाैं, शर्माले भने,“पहिलो पटक जारी भएका पास नियन्त्रणमा लिने र जनप्रतिनिधिलाई अब पासको दुरुपयोग नगर्न आग्रह गरेका छौं ।” फेरि पनि यो क्रियाकलाप नरोकिएमा यस विषयमा प्रशासन कडा कदम चाल्न सक्छ उनले भने । सबै भन्दा बढी उल्लघंन प्रशासनको कम पहुँच भएको पालिकामा पाईएको छ । गल्याङ नगरपालिका र कालीगण्डकी गाँउपालिकाका केही वडा अध्यक्षहरुले वितरण गरेको सवारी पासलाई वडा प्रहरी र इलाका प्रशासनले नियन्त्रणमा समेत लिएको छ ।
विश्वलाई नै आतकिंत पारेर फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न लकडाउन नै अहिलेसम्मको सफलता नेपालका लागि ठिक भएको सरकारले पनि ठहर गर्दै आएको छ । तर स्याङ्जामा स्थानीय पालिकाहरुका जनप्रतिनिधिहरुसँगको समन्वय राम्रो भएका कारण जिल्लामा लकडाउन उल्लघंन नभएको जिल्ला प्रशासन कार्यालयले दावी गरेको छ ।
नागरिकको आवश्यकतालाई मध्यनजर गरेर जनप्रतिनिधिहरुले पास वितरण गरेका होलान् प्रजिअ रामबहादुर कुरुम्बाङ्ले भने,“जिल्लाका सबै पालिकाका प्रमुखहरुसँग बसेर हामीले एकद्धार प्राणलीबाट आवातजावतलाई सुनिश्चित बनाऔ भनेर छलफल गरेका छौं ।” सबै पालिकाले अत्यावश्कतालाई मध्यनजर गरेर पास वितरण गर्ने हो भने लकडाउन झनै उल्लघंन हुन्छ, उनले भने । यो लकडाउन अवधीमा नागरिकका दैनिक आवश्यकतालाई हरेक पालिकाले संकलन गरी घरघरमा सेवा दिने प्रबन्ध मिलाएकाले अबका दिनमा पालिकाबाटै पास वितरण नहुने प्रजिअले दावी गरे ।
जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लघंन गर्नेहरुका सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । हालसम्मको लकडाउन अवधिभर करिब दुईसय मोटरसाईकल र अन्य सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अत्यावश्यक व्यक्तिको समस्या पहिचान गरेर हिड्ने व्यवस्था मिलाएपनि स्थानीय पालिकाका वडा अध्यक्षहरुले प्रशासनसँग समन्वय गरेर पास वितरण गर्न सकेमा लकडाउन उल्लघंनमा कमी आउने देखिन्छ । सरकारले गरेको लकडाउन हामी नागरिककै निम्ति हो भन्ने सचेतना नागरिकमा हुन सकेमा विश्वभर फैलिएको कोरोना भाईरससँग लड्न सहज हुने देखिन्छ । यो समस्या सरकारको मात्रै नभएर सबै नेपालीको हो भन्ने बुझ्नु आवश्यक छ ।
स्याङ्जामा विदेशबाट आएका २ सय १७ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको नेगेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला प्रशासनको तथ्याङ्क अनुसार स्याङ्जामा करिब ७ सय जना भारत र तेस्रो मुलुकबाट आएको देखिएको छ । सबैको स्वाब परिक्षण गर्ने योजनामा रहेको प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार
आज जन्म लिने बच्चा तुला राशीको हुने, जौ मुखमा राखेर जुन दिशाको यात्रा गरेपनि शुभ हुन्छ
कात्तिक १६, २०८१ शुक्रबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार