ओली सरकार असफल भईसकेको छ:- शुशीलमान शेरचन, महामन्त्री, नेपाली कांग्रेस (बीपी)
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार २०:४१:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Sushil-Man-Sherchan_n2885IVlo4.jpg)
♣ नेपाली कांग्रेसले गणतन्त्र नत्यागेसम्म त्यो पार्टीका लागि संगठन गर्दिन, चुनाव पनि लड्दिन भनिदिएँ ।
कुनै समय गिरिजाप्रसाद कोइराला र शुशील कोइरालासँग निकटको सम्बन्ध राख्ने मुस्ताङका शुशीलमान शेरचन नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य र पूर्वमन्त्री समेत हुन् । नेपाली कांग्रेस पार्टीले आह्वान गरेको पञ्चायतबिरुद्धको आन्दोलनमा होमिएका नेता योगेन्द्रमान शेरचनलगायत दिवानसिंह राई, सरोज कोइरालाले शहादत प्राप्त गरे । कांग्रेसको चारतारा झण्डालाई आदर्श मानेर राजनीतिमा लागेका यिनै शहिद मध्येका योगेन्द्रमानका सुपुत्र सुशीलमानले आज माउ पार्टी छाडेर अर्कै पार्टी स्थापना गरेका छन्, नेपाली कांग्रेस ( बीपी ) । पार्टीको महामन्त्रीका रुपमा क्रियाशील शेरचनसँग समसामयिक सन्दर्भलाई आधार बनाएर नेपालबहस डटकमले गरेको कुराकानीको सारसंक्षेप ।
नेपाली कांग्रेसको इतिहाससँग जोडिएको शहिद योगेन्द्रमान शेरचनको छोरा तपाईले नेपाली कांग्रेस पार्टी किन परित्याग गर्नुभयो ?
जब नेपाली कांग्रेसले गणतन्त्रमा जाने निर्णय ग¥यो, त्यो मैले स्वीकार गरिन । नेपाली कांग्रेसका लागि जीवन बलिदान दिने मेरा पिताजी लगायत धेरैले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आत्माले नस्वीकार्ने प्रस्ताव पास भएपछि मैले यस्तो निर्णय लिनुपरेको थियो । केन्द्रीय कार्यसमिति बैठकमा तत्कालिन सभापति आदरणीय गिरिजाप्रसाद कोइरालालाई मैले यस्तो गल्ती नगर्न बारम्बार आग्रह गरेको थिएँ । तर मेरो कुराको सुनुवाई भएन । मेरो बुवालगायत दिवानसिंह राई, सरोज कोइरालाले शहादत केका लागि गरे ? पार्टी संगठन निर्माणमा मैलेपनि धेरै सहयोग गरेको छु । पार्टीले लाइन परिवर्तन गरेपछि मैले मान्न सकिन । त्यसैले मैले पार्टी परित्याग भन्दा निष्कृय बसेको हुँ । पछि बीपी विचार बोकेर अर्को संगठन निमार्णमा लागिपरेको छु ।
तपाईंलाई पार्टीमा सक्रिय बनाउन नेताहरुले कुनै चासो दिएनन् ?
हैन, म आफ्नै खुशीले निस्कृय भएको थिएँ । कांग्रेसले अन्याय गरेको त होइन मलाई । गत चुनावमा मलाई सभापति शेरबहादुर देउवाले टिकट अफर गरेका हुन् । उनका आसेपासेले धेरै पटक मलाई चुनाव लड्न आग्रह गरेका थिए । तर मैले स्वीकार गरिन । नेपाली कांग्रेसले गणतन्त्र नत्यागेसम्म त्यो पार्टीका लागि संगठन गर्दिन, चुनाव पनि लड्दिन भनिदिएँ ।
तर तपाईं त नेपाली कांग्रेस ( बीपी ) नामको पार्टी स्थापना गरेर चुनावमा भाग लिन तयार हुनुभयो त ?
हो, बीपीको लाइनमा हिंडियो भने मात्र कांग्रेसको उद्धार हुनसक्ने मेरो विचार थियो । त्यही विचारसँग मिल्नेगरी केही साथीहरु जुर्मुराइरहनु भएको थियो । ०७४ को चुनावको पूर्व सन्ध्यामा केही साथीहरु यसबारे छलफल गर्न अग्रसर भयौं । बीपीको राष्ट्रियता र समाजवादलाई आधार बनाएर जानसके धेरै कांग्रेसजन जो कांग्रेसबाट लाखापाखा लागिसकेका थिए, तिनलाई समेट्न सकिने बुझ्यौं । कांग्रेससँग विरक्तिएर कम्युनिष्ट वा अन्य पार्टीमा गएकाहरुलाई फर्काउनसमेत बीपीको नामले काम गर्ने बुझेरै हामीले नयाँ पार्टी स्थापना गर्ने सोच बनायौं । यसका लागि हरिबोल भट्टराईको नेतृत्वमा सबैलाई गोलबद्ध गराउने अभियानको थालनी भयो । संवैधानिक राजतन्त्रवादी कांग्रेसलाई समेटेर जाने सल्लाह ग¥यौं । सबैको राय उस्तै आयो, कांग्रेसभन्दा बाहिर जाने अवस्था नभएकाले नेपाली कांग्रेस ( बीपी ) नामबाट संगठित हुँदा हाम्रो अभियानको औचित्य पुष्टि हुने सबैको भनाई थियो । त्यसैले हरिबोल भट्टराईको नेतृत्वमा हामीले पार्टी खोलेर चुनावमा जाने निर्णय गरेका हौं ।
नेपाली कांग्रेस ( बीपी ) प्रति आमजनतालाई तान्न खासै सक्नु भएन यहाँहरुले, चुनावको नतिजाले त त्यही भन्छ नि ?
एउटा कुरा के बुझ्नुप¥यो भने राज्यका हरेक अंगलाई स्वतन्त्रता चाहिन्छ । त्यो स्वतन्त्रता केवल प्रजातन्त्रमा मात्र उपलव्ध हुन्छ । चाहे पत्रकारिता होस् वा न्यायालय सबै अंगका लागि प्रजातन्त्र अपरिहार्य छ । तपाईंलाई सम्झना होला, गएको चुनावमा शेरबहादुर देउवाले एउटा झट्ट सुन्दा हास्याँस्पद तर ज्यादै मार्मिक कुरा उठाएका थिए । उनले भनेका थिए– निर्वाचनबाट बाम पार्टी आयो भने जनतालाई हाँस्न त के रुन पनि दिनेवाला छैन । प्रकारान्तरले त्यो दिन आउँदै छ । त्यसैले प्रजातान्त्रिक शक्ति बलियो हुन समय लाग्छ । हामी पनि आफ्नो अभियान लिएर जनता समक्ष जान्छौं , एकदिन अवश्यपनि हाम्रा कुरा जनताले बुझ्नु हुनेछ ।
बामपन्थीहरु बलियो भइरहेका बेला तपाईंहरु जो प्रजातन्त्रप्रति आस्थावान हुनुहुन्छ, सबै फुटेको अवस्था छ त ?
हाे, त्यही अवस्था नआओस् भनेर हामी कांग्रेसको विकल्पका रुपमा आउन लागेका हौं । अहिले हेर्नाेस् त कांग्रेस न त सडकमा छ न सदनमा नै प्रभावकारी देखिन्छ । बामसँग लड्नका लागि नेकाँको विकल्पमा स्थापना भएका हौं । गएको चुनावमा कांग्रेसको विकल्पमा छौं भनेर सूचना दिन मात्र भाग लिएका थियौं ।
आफ्नो भूमिका र उपस्थितिका बारेमा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामी धेरै बलियो अवस्थामा छैनौं अहिले । भर्खरै १४ वटा जिल्लामा हाम्रो संगठन विस्तार भएको छ । निकट भविष्यमा केही थप जिल्लामा जाँदै छौं । उपलव्धि भईरहेको छ । आशावादी छौं । एकैपटक सबै प्राप्ति नहोला । तर राम्रो हुँदैछ । जनताले चासो दिइरहेका छन् । लुम्बिनी र गण्डकी अञ्चलमा संगठन विस्तारको अन्तिम तयारी भईरहेको छ ।
अहिले बामहरुको जगजगी रहेका बेला तपाईंहरु नेपाली कांग्रेससँग मिलेर अगाडि बढ्ने अवस्था चाँहिं छैन त ?
नेपाली कांग्रेस अब प्रजातान्त्रिक पार्टी रहेन । अरु पार्टीमा पनि प्रजातन्त्र छैन । अरु पार्टी पनि छैनन् । राप्रपा अवसरवादी हो । हिजोसम्म नेपाली कांग्रेस थियो । सुवर्णशमशेर राणा जो नेपाली कांग्रेसका संस्थापक नेताको पूख्यौली सम्पतिका बारेमा अहिलेको केपी ओली सरकारले यत्रो गाईजात्रा गरेको छ , ललिता निवास प्रकरणमा । तर कांग्रेसले यसबारे छानविन गर्न एउटा कमिटी गठनको मागसमेत गर्न सकेको छैन । यस्तो पार्टीलाई हामी कसरी प्रजातान्त्रिक मान्न सक्छौं ?
अहिलेको सरकार प्रजातान्त्रिक प्रक्रियाबाटै निर्वाचित भएरै आएको हो तर काम चाहिं साम्यवादी शैलीको छ नि ?
यसमा पनि मेरो फरक मत छ । जब निर्वाचन परिणाम सार्वजनिक भयो । त्यसपछि राष्ट्र प्रमुखले बहुमत प्राप्त दलका नेतालाई सरकार बनाउन निम्तो दिने मान्यता सर्बत्र छ । तर हामीकहाँ त्यसो भएन । चुनाव परिणाम घोषणासमेत नभई केपी ओली सोझै राष्ट्रपतिकहाँ गए । त्यो त गैर प्रजातान्त्रिक प्रक्रिया हो नि ।
हो, यही स्थिति भएकाले अहिले सबै प्रजातन्त्रवादीहरु एकजुट हुने बेला होइन र ?
हामी प्रजातान्त्रिक मोर्चा बनाउँदै छौं । कांग्रेस र राप्रपाभन्दा फरक मतहरुसँग मिलेर जाँदै छौं । हाम्रै नेतृत्वमा मोर्चा बन्दै छ । साना दलहरुसँग एकीकरण गर्ने तयारी पनि गर्दै छौं ।
तपाईंको पार्टीको गतिविधि खासै देखिंदैन नि ?
हामी गर्दै छौं । सडक आन्दोलनको तयारी पनि भइरहेकै बेला कोरोना भाइरस आतंक आयो । त्यसैले अहिलेलाई हामी सुस्ताएका मात्र हौं । अवस्था ठीक हुने वित्तिकै फेरि हाम्रो अभियान अगाडि बढ्छ । हाम्रो शक्ति प्रदर्शन गरेपछि एकीकरण प्रक्रिया पनि सुरु गर्ने छौं ।
नेकाका वयोबृद्ध नेता के बी गुरुङ कांग्रेस भित्रै कांग्रेस खोज्दै हुनुहुन्छ । तर भेटिरहनु भएको छैन । त्यस्तो नेताको अभिव्यक्तिले नै धेरै कुराको संकेत गर्छ । अहिले कांग्रेस न त सडकमा देखिन्छ, न सदनमा सुनिन्छ । बाम सरकारको पिछलग्गु भएको छ कांग्रेस । केपी ओलीले जे जे भन्छन्, कांग्रेस त्यही गरिरहेको छ । अनि केको प्रतिपक्ष ?
तपाईंको पार्टी र नेपाली कांग्रेसबीच एकीकरणको संभावना कत्तिको छ ?
तत्काललाई म चाहिं देख्दिन । नेकालाई म प्रजातान्त्रिक मान्दिन । म वाँचुञ्जेल त्यो संभव छैन । हो, यदि कांग्रेसले आधिकारिक रुपमा संवैधानिक राजतन्त्रलाई स्वीकारेर आयो भने चाहिं संभव होला । अन्यथा कांग्रेससँगको एकीकरण सम्भव छैन । बीपीको लाइनमा जान सक्नुप¥यो ।
नेपाली कांग्रेस बीपी अहिलेकै अवस्थामा एक्लै जाने हो भने कुन हैसियतमा रहला ?
हामी भर्खरै जन्मेको पार्टी हो । दुई वर्ष मात्र भएको छ । त्यसैले हामी बीपीको लिगेसी बोकेका नेताहरु यहाँ सामेल भएका छौं । तर हामीले सबै पार्टीका नेता कार्यकर्तालाई समेटेका छौं । ओलीका समवयी नेता देवी ओझा जस्ता नेता आज हामीसँग हुनुहुन्छ । अरु पार्टीका नेता पनि हामीसँग हुनुहुन्छ । तर नेपाली कांग्रेसले त्यो लेवलका नेता ल्याउन सकेको छैन । विस्तारै हाम्रो हैसियत पनि बढ्दै छ । बीपी बिचारधारामा हामीले ल्याएका हौं ।
जनतामाझ तपाईहरु कसरी पुग्दै हुनुहुन्छ ?
हाम्रो अभियानमा सहयोग गर्नेमा मिडियाको पनि ठूलो भूमिका हुन्छ । साथै सडक आन्दोलनले पनि जनतासम्म पु¥याउने काम गर्छ । त्यसका लागि अहिले उपयुक्त समय छैन । तर कोरोनाको कहर सकिने वित्तिकै हामी आफ्नो अभियानलाई गति दिने छौं ।
तपाईंहरुको पार्टीको आर्थिक, सामाजिक लगायत परराष्ट्र नीति चाहिं के हो ?
भोलि हामी सरकारमा जाने अवस्था आयो भने सबैभन्दा प्राथमिकता कृषिमा दिने छौं । किसानलाई आधुनिकतातिर कसरी लैजाने भन्ने नीति नै पहिलो रोजाई हुनेछ । साथै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अख्तियार गरिने छ । यहाँका उद्योगी व्यापारीलाई संरक्षण गर्ने सम्वन्धमा पनि हामी गम्भिर छौं । साथै शिक्षालाई आधुनिक अनलाइन प्रणालीमा लैजाने हाम्रो नीति हो । स्वास्थ्यको कुरा गर्दा सातवटै प्रदेशमा आधुनिक र सुविधासम्पन्न शिक्षण अस्पताल खोल्ने हाम्रो नीति रहेको छ । त्यहाँबाट उत्पादन हुने विद्यार्थीलाई गाउँ गाउँमा खटाइने हाम्रो नीति रहने छ । राष्ट्रसेवक कर्मचारीलाई राष्ट्रको पक्षमा लगाउने छौं । सुरक्षा निकायबाट निवृत्त सबै भूतपूर्व फौजीलाई काममा लगाइने छ । ६० देखि ७५ वर्षसम्मका नागरिकलाई काममा सक्रिय बनाउने हाम्रो नीति छ । हामी घोषणापत्र बनाइरहेका छौं ।
भनेपछि यो देश कसले चलाएको छ त ? ओम्नी समूहलाई ठेक्का दिएको नै थाहा छैन भन्नुभयो । सेनालाई स्वास्थ्य सामग्री किन्न आदेश दिएको छ । त्यसो भए अब नागरिक सरकार पूरै असफल भएको हो त ? सेनाको काम के हो ? सुरक्षा दिने की व्यापार गर्ने । अब सेनालाई पनि भ्रष्ट्राचारको विवादमा तान्ने कसरत हुन थालेको छ ।
आउने निर्वाचनसम्म तपाईंको पार्टीको पोजिसन के होला ?
मलाई विश्वास छ, आगामी निर्वाचनमा हामी राष्ट्रिय दलको मान्यता पाउन सफल हुनेछौं । चुनाव भन्दा अगाडि नै धेरै मानिस नेपाली कांग्रेस बीपीमा समाहित हुँदै हुनुहुन्छ । धेरै जनाले हामीसँग सम्पर्क गर्नुभएको छ । तर अहिलेको कोरोना संक्रमणको त्राशले भने सहज भएको छैन । तर तपाईंहरुले अनुभूति गर्नेगरी हामी सफल हुने छौं ।
नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा के भूमिका देख्नुहुन्छ ?
नेकाका वयोबृद्ध नेता के बी गुरुङ कांग्रेस भित्रै कांग्रेस खोज्दै हुनुहुन्छ । तर भेटिरहनु भएको छैन । त्यस्तो नेताको अभिव्यक्तिले नै धेरै कुराको संकेत गर्छ । अहिले कांग्रेस न त सडकमा देखिन्छ, न सदनमा सुनिन्छ । बाम सरकारको पिछलग्गु भएको छ कांग्रेस । केपी ओलीले जे जे भन्छन्, कांग्रेस त्यही गरिरहेको छ । अनि केको प्रतिपक्ष ? सत्ताकै गठबन्धन भन्दा भैगो नि बरु । ललिता निवास प्रकरणमा संस्थापक नेता किसुनजीको यत्रो बद्नाम गर्दा पनि आवाज उठाउन सक्दैन । यसमा त पार्टीले नै छानविन समिति बनाएर काम गर्नुपथ्र्याे ।
पार्टी सभापति शेरबहादुर देउवा आफैं सत्ताको भागबण्डा खोज्ने अवस्था भनेको दुर्भाग्यपूर्ण हो । कांग्रेसको सदस्य समेत नरहेकी सासु प्रतिभा राणाको जापानी राजदुतको पद जोगाइदिन देउवाले सम्झौता गरेका छन् ।
यो सरकारबाट तपाईंले मुलुकको समृद्धि र विकास हुने कत्तिको संभावना देख्नुभएको छ ?
म त पटक्कै विश्वास गर्दिन । यस्तो भ्रष्ट र गैरजिम्मेवार सरकारले जनताका समस्याको हल गर्ला भनेर पत्याउने आधार छैन । मैले पटक पटक यसको विरोध गरेको छु । केपी ओलीको राजनीतिक त्याग होला । तर अब उहाँ शारीरिक रुपमा अशक्त हुनुभयो । रोगी व्यक्तिले अहिलेको अवस्थामा देश हाँक्न सक्दैन । अब उहाँले त्याग गर्नुपर्छ । नेकपाको विकल्पमा अहिले अर्काे पार्टीको सरकार बन्ने अवस्था छैन । त्यसैले अर्काे व्यक्तिलाई कार्यकारी प्रमुख बनाएर ओलीजीले आराम गर्दा राम्रो हुन्छ ।
हैन, ओलीजी त बिरामी भएपनि सक्रिय देखिनुहुन्छ त ?
हो, दिमाग चतुर छ उहाँको । तर दिमाग मात्रै भएर हुँदैन । शरीर पनि सक्रिय हुनुपर्छ । कतिपय निर्णय भएको विषयमा थाहा नै नपाएको अभिव्यक्ति दिन थाल्नुभएको छ उहाँले । भनेपछि यो देश कसले चलाएको छ त ? ओम्नी समूहलाई ठेक्का दिएको नै थाहा छैन भन्नुभयो । सेनालाई स्वास्थ्य सामग्री किन्न आदेश दिएको छ । त्यसो भए अब नागरिक सरकार पूरै असफल भएको हो त ? सेनाको काम के हो ? सुरक्षा दिने की व्यापार गर्ने । अब सेनालाई पनि भ्रष्ट्राचारको विवादमा तान्ने कसरत हुन थालेको छ । त्यसैले ओली सरकार असफल भईसकेको मेरो ठहर छ ।
कोरोना संक्रमणबाट जोगिन सरकारले कुनै तयारी नै गरेन । डाक्टर र नर्सलाई विशेष ओरिन्टेसन दिन सक्नुपथ्र्याे । त्यो केही भएन, जसले गर्दा संत्राश अझै बढ्ने खतरा चुलिएको हो । हवाई र स्थलमार्ग धेरै पहिलादेखि नै शिल गरिनुपथ्र्याे । कुनै तयारी गरिएन । जसले गर्दा जनमानसमा त्राश बढेको छ । सरकारले विदेशबाट आएकाहरुको कुनै डिटेल राखेको छैन ।
कतिपय संक्रमित मानिस गाउँगाउँ पुगेका छन् । सामान्य लक्षण देखिएपनि डरले गर्दा मानिस बाहिर आउन सकिरहेका छैनन् । यही अवस्था हो भने अब तेस्रो चरणमा संक्रमण पुग्ने निश्चित छ । भन्सार नाकामा लामो समयदेखि औषधि समेत रोकिएको छ । अहिले जनताको स्वास्थ्य ठूलो कि कमिशन ?
नेपाली काँग्रेससँग सहकार्य गर्न सकिन्न ?
हामीले उठाएको मुद्धामा कांग्रेस आउन सक्यो भने सहकार्य हुनसक्छ । नेपाली कांग्रेसका नेताहरुले अहिले पनि बोलाउनुहुन्छ । तर कांग्रेसले हाम्रो मुद्धामा आउनुप¥यो ।
के विषयमा चाहिं फरक हो त ?
पहिलो भनेको ललिता निवास मुद्धामा कांग्रेस किन बामको पछाडि लागेको हो त्यो स्पष्ट हुनुपर्छ । हामी भन्छौं, यो मुद्धालाई निष्पक्ष रुपमा छानविन गरिनुपर्छ । त्यसका लागि नेपाली कांग्रेसले हामीले उठाएजस्तो माग राख्न सक्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोटो अवधिमा सरकार परिवर्तन भइरहने कुरा नेपालका लागि महारोग नै भयो: धनराज गुरुङ
बैशाख २१, २०८१ शुक्रबार
सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी
पुष २९, २०८० आइतबार
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे
असोज १, २०८० सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
भिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार