कता छ ओली सरकार ?
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार १८:३४:४६
५ बैशाख, काठमाडौं । नेपालीमा एउटा चल्तीको उखानै छ, “अरुलाई के धन्दा, घर ज्वाईंलाई भने खानकै धन्दा ।” ठीक त्यही परिवेश निर्माण गरेका छन्– प्रधानमन्त्री केपी ओलीले ।
देश कोरोना भाइरसको महामारीसँग पौठाजोरी खेल्दै छ । सारा संसार यो भाइरसलाई पराजित गर्न सक्दो प्रयत्न गरिरहेका छन् । संसारका सबै देशका सरकारको ध्यान केवल यही विषयमा केन्द्रित छ । तर हाम्रा प्रधानमन्त्रीको ध्याउन्न भने आफ्नालाई पोस्ने उपयुक्त मौका बनेको छ, कोरोना आतंक । यही साता बसेको मन्त्रिपरिषद बैठकबाट ओलीले आफ्ना विश्वासिला कार्यकर्ता देवी ज्ञवालीलाई सुकुम्बासी आयोगको अध्यक्ष बनाए, त्यो पनि राज्यमन्त्री सरहको सेवा सुविधा दिने गरी करोडौंको बजेट छुट्टाएर ।
सञ्चारमाध्यममा एकसाताका सुत्केरीसमेत खाली खुट्टा सात सय किलोमिटर हिंडेर गन्तव्य पुग्न लालयित भएका तस्बिरसहितका समाचार आईरहेका छन् । तर प्रधानमन्त्री ओलीलाई त्यसको कुनै मतलब छैन । उल्टो हप्काउँछन्– भावनात्मक कुरा गरेर कोरोना संक्रमण बढ्न दिइने छैन । बरु भोकभोकै मरुन् ,तर कोरोनाबाट चाहिं मर्न दिइने छैन भन्ने उनको धारणा प्रतीत हुन्छ ।
अहिलेको प्राथमिकता यही हो त ? महिना दिन पुग्न लागिसकेको लकडाउनले गरिब, श्रमिक र असहायका लागि ठूलो पीडा दिएको छ । दिनहुँ लर्काे लागेर राजधानी छाड्नेको संख्या बढ्दो छ । छोटो समयको सूचना दिएर गरिएको लकडाउन श्रमजीवीका लागि अभिशाप बन्न पुग्यो । खान नै नपाएपछि मानिस भाइरसको संत्राश भुल्न बाध्य भएका छन् ।सञ्चारमाध्यममा एकसाताका सुत्केरीसमेत खाली खुट्टा सात सय किलोमिटर हिंडेर गन्तव्य पुग्न लालयित भएका तस्बिरसहितका समाचार आईरहेका छन् । तर प्रधानमन्त्री ओलीलाई त्यसको कुनै मतलब छैन । उल्टो हप्काउँछन्– भावनात्मक कुरा गरेर कोरोना संक्रमण बढ्न दिइने छैन । बरु भोकभोकै मरुन् ,तर कोरोनाबाट चाहिं मर्न दिइने छैन भन्ने उनको धारणा प्रतीत हुन्छ ।
ओली र उनका नजिकका शासकलाई भोकको शक्ति अहिले थाहा छैन । किनभने भोकले छटपटिएको मानिसले लकडाउन मान्दैन । साथै शहरी क्षेत्रमा भोकभोकै थुनेर राख्छु भन्ने उनको विक्षिप्त मानसिकताले राम्रो झट्का पाउने छ । राहतका नाममा यी मजदूर र श्रमजीवीलाई ओलीका संयन्त्रले चिनेन । केवल चिन्यो त आफ्ना मतदाता । जो खान नपाएर छटपटाएका छन्, तिनको संवेदना बुझेर राहत वितरण गरेको भए सायद यो कारुणिक दृश्य देख्नुपर्ने थिएन ।
बरु उसको ध्याउन्न चाहिं राज्यकोषको लुट मच्चाएर भएपनि कार्यकर्ता कसरी पोस्ने भन्ने मै केन्द्रित देखिएको छ । अहिलेको बेला सुकुम्बासी आयोग गठनको कुनै औचित्य छ ? सरकारले जनतालाई जवाफ दिन सक्नुपर्छ । “उल्फाको धन फुपुको श्राद्ध” भन्ने उखान आखिर त्यसै बनाएका होइन रहेछन् हाम्रा पुर्खाले ।
यति हुँदा पनि ओलीको आँखाले त्यो दृश्य न त देखेको छ, न कानले सुनेको छ । बरु उनी “रोम जलिरहँदा सम्राट निरो बाँसुरी बजाए” जस्तै एकहोरो फलाकिरहेका छन् । उनको दिमागमा लकडाउन उल्लघंन नहोस् भन्ने मात्रै रहेको छ । ओली सरकारको अहिलेको प्राथमिकता के हो ? उनलाई र उनका आसेपासेलाई त्यति पनि ज्ञात छैन । नभए, कोरोनाबिरुद्ध अग्रपंक्तिमा लडिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने वहुलठ्ठी निर्णय हुने थिएन । भारतीय सीमामा अनावश्यक रोकिएका नेपाली नागरिकलाई आमा मर्दासमेत किरिया गर्न नदिने अमानुसक काम पक्कै हुने थिएन । यस्तै, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका खाडीमा कार्यरत नेपालीको उद्धार गर्नसमेत सर्वाेच्च अदालत गुहार्नुपर्ने पीडादायी अवस्था पनि निर्माण हुने थिएन ।
बरु उसको ध्याउन्न चाहिं राज्यकोषको लुट मच्चाएर भएपनि कार्यकर्ता कसरी पोस्ने भन्ने मै केन्द्रित देखिएको छ । अहिलेको बेला सुकुम्बासी आयोग गठनको कुनै औचित्य छ ? सरकारले जनतालाई जवाफ दिन सक्नुपर्छ । “उल्फाको धन फुपुको श्राद्ध” भन्ने उखान आखिर त्यसै बनाएका होइन रहेछन् हाम्रा पुर्खाले ।
तर यहाँ त उल्टो भईरहेको छ । सरकारले धमाधम राजनीतिक नियुक्ति गर्न थालेको छ, त्योपनि महंगो तलव भत्ता दिएर । अझ बिना प्रतिस्पर्धा ठाडो नियुक्ति दिनुले ओली सरकार आफ्ना भिजिलान्तेहरुलाई सरकारी सेवासुविधा दिएर राज्यकोष लुटाउन व्यस्त देखिएको छ । “काशी जाने कुतीको बाटो” भनेको यही त होला ?
यही क्रम र प्रवृत्ति दोहोरिने भएपछि नागरिकमा आक्रोश र कुण्ठा थपिनु स्वभाविक हो । संसारभरका देशले कोरोनासँग लड्न साधारण खर्चमा कटौती गरिरहेका छन् । छिमेकी भारतले त कोरोनासँग लड्नका लागि राजनीतिक नियुक्ति पाएका सबै पदाधिकारीको तलव भत्तामा ३० प्रतिशतले घटाउने निर्णय गरिसकेको छ । देखावटी नै किन नहोस् प्रधानमन्त्री ओलीले पनि कोरोना संक्रमण नथामिएसम्म तलब नलिने उद्घोष गरेका छन् । यद्यपि यसबारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उसो भए भीआईपीका विलासी जीवन कसरी चलेको छ ? भनेर प्रश्न गरेका छन् । त्यसको उत्तर भने न त ओलीले दिएका छन् , न अरु कतैबाट प्राप्त भएको छ ।
उसो त डा. भट्टराई पनि डलर खाएर बेमौसमी बाजा बनाउन उद्यत छन् । नयाँ बर्षको शुभकामना ती गरिब र मजदुरका लागि हुदैन् विक्रम सम्वत फेर्ने कुरामा उनको ध्यान जान्छ । के अहिलेको प्राथमिकता विक्रम सम्वत वा नेपाल सम्वत फेर्ने हो कि लकडाउनले खान नपाएर भोकै मर्न बाध्य भएका तथा बिचल्लीमा परेकाहरुको सहायता र उद्धार गर्नेतर्फ हो ? अहिले सबै साधारण खर्च घटाएर कोरोना कोषमा राख्नुपर्ने बेला हो । तर यहाँ त उल्टो भईरहेको छ । सरकारले धमाधम राजनीतिक नियुक्ति गर्न थालेको छ, त्योपनि महंगो तलव भत्ता दिएर । अझ बिना प्रतिस्पर्धा ठाडो नियुक्ति दिनुले ओली सरकार आफ्ना भिजिलान्तेहरुलाई सरकारी सेवासुविधा दिएर राज्यकोष लुटाउन व्यस्त देखिएको छ । “काशी जाने कुतीको बाटो” भनेको यही त होला ?
अर्कोतर्फ कोरोना विरुद्ध आवश्यक औषधोमूलो किन्न समेत ओलीको टोली कमिशन माग्दै हिंड्ने गरेको छ । गएको चैत १६ गते ओम्नी समूहलाई त्यसको अगुवाई गर्न ओलीले नै अनुमति दिएका थिए । सरकारको अहंमत्याईंको यो नांगो रुपलाई भोका नागरिकले लामो समय टेर्नेवाला छैनन् । सरकारी संयन्त्रको चरम दुरुपयोग गरेर सात पुस्तालाई पुग्ने गरी थुपार्ने नेकपा सरकारप्रति सर्वसाधारण अहिलेसम्म धैर्य गरेर बसेका मात्र हुन् ।
खानपिउन पनि नदिने अनि घर जान पनि रोक्ने यो प्रवृत्तिले अब लामो समय निरन्तरता पाउन सक्दैन । सरकारले यसको सही निकास दिएन भने शहरी बिद्रोहले जन्म लिन सक्ने छ । अति गर्नु तर अत्याचार नगर्नु भन्ने कुराको समेत ख्याल गरियोस् । त्यसो नगर्ने हो भने धेरै ढिला भईसक्ला । समयमै होस् पु¥याओस् ओली सरकारले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिन संसद सचिवालयमा पत्र
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार