करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई म्याद नथपी बिदा
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार १३:४१:१२
११ बैशाख नारायणपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई म्याद नथपी बिदा दिएको छ । कोरोना भाइरसको महामारीका बीचमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाई कार्य सन्तोषजनक नभएको पत्र थमाउँदै प्रतिष्ठानले बिदाइ गरेको हो ।
कोरोना संक्रमणको जोखिमबाट मुक्त नहुँदासम्म स्वास्थ्यकर्मीलाई बिदा पनि नबस्न सरकारले अपिल गरिरहेका समयमा स्वास्थ्यकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री ‘पीपीई’ लगायत सुविधा माग गरेका कारण प्रतिष्ठानले आफूलाई निस्काशन गरेको आरोप स्वास्थ्यकर्मी प्रकृति डिसीले लगाए ।
कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रतिष्ठानले १६ महिनादेखि मेडिकल वार्डमा कार्यरत घोराही १५ का स्टाफ नर्स डिसीलाई करार सेवाको म्याद थप गरेन । यसअघि प्रतिष्ठानमा कार्यरत आफूलाई पनि यही वैशाख १ गतेदेखि कममा नआउनू भन्ने व्यहोराको पत्र थमाएको चिकित्सक डा अमृता श्रेष्ठले गुनासो गरे ।
स्वास्थ्यकर्मीको म्याद नथपेको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको जनाएको छ । प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले म्याद सकिएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अवकाश दिइएको जानकारी दिए । “करार सकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा रोकेका हौंँ, सरकारले कार्यरत स्वास्थ्यकर्मीलाई बिदा नदिने भनेको हो, म्याद सकिएका कर्मचारीलाई काममा लगाउनेबारे भनेको होइन”, रजिष्ट्रार देवले भने।
कामु रजिष्ट्रार देवका अनुसार केही स्वास्थ्यकर्मी आफैँले राजीनामा दिएका छन् भने केहीको म्याद थप गरिएन । “कुनै पनि संस्थाले कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई कसरी राख्न सक्छ र ? सोहीबमोजिम उनीहरुलाई पत्र थमाइएको हो”, कामु रजिष्टार देवले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
गर्मी मौसममा दिनहुँ चिसो पेय पदार्थ पिउनुहुन्छ ? तुरुन्त बानी सुधार्नुहोस्
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य
बैशाख १७, २०८१ सोमबार
टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान
बैशाख १७, २०८१ सोमबार
कालिकोट र जुम्ला जोड्ने निर्माणाधीन पुल
बैशाख १७, २०८१ सोमबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
बैशाख १७, २०८१ सोमबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार