कोरोनाका बेला पावर शेयरिङको कथा
कुसुम सेञ्चुरी
बैशाख १६, २०७७ मंगलबार १८:१३:४३
१६ बैशाख, काठमाडौं । लामो समयदेखि व्याप्त राजनीतिक अस्थिरता अन्त्य गरी विकासप्रतिको नेपाली आकांक्षा परिपूर्ति गर्ने अवसर केपी ओली सरकारले प्राप्त गरेको थियो । ०७४ सालमा सम्पन्न केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली जनताले बाम गठबन्धनलाई पत्यायो, त्यो पनि प्रचण्ड मतका साथ ।
अझ राष्ट्रवादी छवि बनाएका ओलीको नेतृत्वमा सरकार बनेपछि जनअपेक्षा अझै चुलिएको थियो । सरकार निर्माण भएपछिको पहिलो चरण पुराना कुँडाकर्कट फाल्न अल्मलिएको होला भन्ने आम बुझाई रह्यो । त्यसैले ओलीलाई शंकाको लाभ मिल्यो । तर जब ओलीले जनताका मौलिक हकमाथि नै धारे हात लगाउन थाले, बल्ल जनताको मनमा चिसो पस्यो । त्यो क्रम आज पर्यन्त जारी छ, अझै सशक्त र योजनाबद्ध रुपमा ।
बरु भित्रभित्रै सघाउने काम भयो । उनीहरु पनि चाहन्थे– मिडियालाई तह लगाउने काम ओलीले नै गरुन् । यहाँसम्म आइपुग्दा सिंगो नेकपाले लोकतन्त्रको पहरेदारी गर्ने मिडिया स्वतन्त्र हुनुपर्छ भनेनन् । न पुष्पकमल दाहाल प्रचण्ड केही बोले, न त माधव नेपाल र झलनाथ नै चुइँक्क गरे । यसैबाट बुझिन्छ सिंगो नेकपाको मिडियाप्रतिको दृष्टिकोण ।
ओलीको पहिलो प्रधानमन्त्रीत्व काल वास्तवमै प्रशंसनीय रह्यो । यस अर्थमा कि उनले मात्र ९ महिना शासन चलाए । त्यही अवधिमा भारतले अघोषित रुपमा नेपालमा नाकाबन्दी ग¥यो । ओली नाकाबन्दी विरुद्ध खरो उत्रिए । यद्यपि उनको यो सबै नाटक थियो भलै । तर जनतामा उनको राष्ट्रवादी छवि बन्यो । त्यो छवि बनाउने काम आमसञ्चार र सामाजिक सञ्जालले गरे । मिडियाले ओलीको बोली जनसमक्ष पु¥यायो । जब दशगजा क्षेत्रमा मधेसी मूलका केही नेता धर्ना बस्न पुगे, त्यसको सशक्त प्रतिकार नेपाली मिडियाले गरेको थियो । साथै ओलीको राष्ट्रवादी चिन्तन र छविको निर्माण पनि त्यही मिडियाले गरेको हो ।
त्यही राष्ट्रवादी छवि बनेकाले जनताले दोस्रोपटक ओलीलाई प्रचण्ड मतका साथ सत्तामा पु¥याए । सत्तामा पुगेलगत्तै ओलीले भने आफ्नो राष्ट्रवादी छवि बनाउने मिडियालाई नै सबैभन्दा ठूलो सत्रु ठाने । मिडियालाई नियन्त्रण गर्ने अनेक दाउपेच लगाए । विभिन्न ऐन बनाएर आफ्नो अभिष्ट पूरा गर्ने नाकाम कोशिश जारी राखे । त्यसपछि मात्र ओलीको सक्कली रुप जनताबीच उदांगो भएको छ । यो सबै प्रकरणमा नेकपाले मौन समर्थन गरेको हो । पार्टी पंक्तिले कहिल्यै यो प्रकरणमा पृथक धारणा राखेन । बरु भित्रभित्रै सघाउने काम भयो । उनीहरु पनि चाहन्थे– मिडियालाई तह लगाउने काम ओलीले नै गरुन् । यहाँसम्म आइपुग्दा सिंगो नेकपाले लोकतन्त्रको पहरेदारी गर्ने मिडिया स्वतन्त्र हुनुपर्छ भनेनन् । न पुष्पकमल दाहाल प्रचण्ड केही बोले, न त माधव नेपाल र झलनाथ नै चुइँक्क गरे । यसैबाट बुझिन्छ सिंगो नेकपाको मिडियाप्रतिको दृष्टिकोण ।
जनताले वाम गठबन्धनलाई दिएको मत ओली प्रचण्ड वा नेपालका लागि सत्ता साझेदारी मात्र होइन । देश र जनताको समृद्धि एवं विकास निर्माणका लागि हो । कोरोना भाइरसको यत्रो संत्राश छ, तर नेकपा नेताहरु भने सत्ता साझेदारीमा अल्झिएका छन् । यो भन्दा ठूलो बिडम्बना के हुन सक्छ ?
ओली सरकारले यी बाहेक पनि धेरै गलत र लोकतन्त्र विरोधी काम ग¥यो । त्यसमा पनि नेकपाले ठूलो संकट देखेन । तर जब सचिवालयदेखि पार्टी पंक्तिलाई नटेर्ने ओली प्रवृत्ति बढ्यो अनि मात्र नेकपाका नेताको मनमा ढ्याङ्ग्रो ढोक्यो । राजकीय सत्तामा ओलीको हालीमुहाली हुन थालेपछि मात्रै नेताहरु कोठे बैठकमा झुम्मिएका छन् । नेपाली जनताले दिएको त्यो समर्थन र विश्वास नेताहरुलाई सत्ताको चास्नीमा डुब्नका लागि मात्र थियो त ? तर परिवेश त्यस्तै बन्दै गयो । ओलीको एकलौटी शासन गर्ने प्रवृत्ति नै अरुको लागि टाउको दुखाई भयो । हिजोसम्म जनताको पीरमर्कामा चुइँक्क नबोल्ने नेपाल, खनाल वा प्रचण्ड अहिले ओली खराब भन्न कस्सिएका छन् । कि त हिजो पनि ओली खराव थिए वा अहिले पनि ओली असलै छन् । यसरी मूल्याङ्न हुनुपथ्र्याे ।
नेपाली जनताले दिएको मत आज खेर गएको छ । किनभने नेकपा नेताहरु पावर शेयरिङ मै अल्झिएका छन् । हिजोदेखि पूर्व एमाले पक्षधर नेताहरु पावर शेयरिङका लागि लगातार छलफल गरिरहेका छन् । ओली र नेपाल पक्षधर नेताहरु पावर शेयरिङबाटै समस्याको हल खोज्ने अभियानमा जुटेका छन् । तर यसले नेपाली जनताको चाहना र भावनामा खेल्ने काम मात्र हुने छ ।
जनताले वाम गठबन्धनलाई दिएको मत ओली प्रचण्ड वा नेपालका लागि सत्ता साझेदारी मात्र होइन । देश र जनताको समृद्धि एवं विकास निर्माणका लागि हो । कोरोना भाइरसको यत्रो संत्राश छ, तर नेकपा नेताहरु भने सत्ता साझेदारीमा अल्झिएका छन् । यो भन्दा ठूलो बिडम्बना के हुन सक्छ ? यसको लेखाजोखा गर्ने त फेरि पनि नेपाली जनताले नै हो । त्यसका लागि सही समय मात्र कुर्नु पर्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार