नेकपा खराब कि उसको सरकार ?
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ मंगलबार २१:१६:२६
♦ सुरेशकुमार पोखरेल, अधिवक्ता एवं समाजशास्त्री र मानवशास्त्री
आम संचारमाध्यममा समग्र परिस्थितिको दोष सरकार र जारी अध्यादेशलाई दिएर गरिएका टिकाटिप्पणी निम्न आधारमा पुर्णत गलत हुन । आम निर्वाचन पश्चात नै दोहोरो अध्यक्ष प्रणालीमा चलेको नेपाल कम्युनिष्ट पार्टीको सत्ताको बागडोर प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालले सम्हाली आएकामा पार्टी र सरकारमा दुबै स्थानमा के.पी. ओलीको प्राथमिक भुमिकाले पुर्व माओवादी खेमा असन्तुष्ट रहिआएको थियो । पार्टीको बागडोर आफैमा केन्द्रित भएकाले सरकारलाई पार्टीबाट कुनै बिग्रह नहुने कुरामा ओली ढुक्क थिए र सरकारको स्थायित्वका लागि पार्टीमा आफ्नो प्राथमिक भुमिका निरन्तर रहोस भन्ने चाहान्थे । जुन कुरा सत्ता बाहिर रहेको पुर्व माओवादी खेमालाई पचिरहेको थिएन ।
“पानी बिनाको माछा” झै सत्तामा नहुनुको पिँडाले छटपटिएको पुर्व माओवादी खेमालाई असन्तुष्ट र नेपाल–खनाल गुटले साथ सहयोग दिई आएका थिए, त्यही कारण पार्टीतर्फ प्रचण्डलाई सर्बैसर्बा बनाउन ओली बाध्य भए । असन्तुष्ट प्रचण्डले सत्तामा आफ्नो पहुँच केन्द्रित होस भन्ने चाहान्थे र प्रधानमन्त्रीलाई “आलोपालो” सरकार चलाउन दवाव दिएका थिए ।पार्टीतर्फको बागडोर फुत्काउन प्रचण्ड सफल भए । तत्पश्चात देखिनै सरकारमाथि असहयोगको वातावरण सिर्जना हुन थाल्यो, प्रधानमन्त्री पार्टी तर्फबाट एक्लिदै जान थाले ।
सरकार संचालनको क्रममा देखिएका विवादहरुको समाधानमा नेकपा पार्टीले कुनै भुमिका निर्बाह गरेको छैन । विवादास्पद “केक” जस्ता काण्डमा चासो नदिनु, संलग्न पार्टीकर्मीलाई छानविनको दायरामा ल्याई कार्बाही नगर्ने कार्यलाई हेर्दा उक्त काण्ड आफ्नै सरकारलाई नियोजित रुपमा विवादमा ल्याई असफल बनाउने पार्टी पंक्तिको षडयन्त्रको एउटा अंश थियो भनि स्पस्ट साथ भन्न सकिन्छ ।
प्रचण्ड नेतृत्वको ईतर गुटले उनलाई प्रधानमन्त्री पद साझेदारी गर्न मात्र नभई बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउन (प्रधानमन्त्रीका लागि) खुलमखुला दवाव दिन थाले । सरकार धरापमा परिसकेको थियो । आन्तरिक रुपमै घोचपेच र आक्रमण सहँदै आएका प्रधानमन्त्रीलाई आउने बजेट अधिबेशन अघि नै हटाउने चक्रब्युह दाहाल –नेपाल समुहले रच्ने मात्र नभई पार्टी सचिवालय, स्थायी समिति, केद्रिय समिति, संसदीय दल सबै स्थानमा प्रधानमन्त्रीलाई अल्पमतमा पारेर उनको बैधानिक हैसियतलाई चुनौती दिएकाले ढालका रुपमा विवादास्पद अध्यादेश प्रधानमन्त्रीले जारी गर्न पुगे ।
यो घटनाक्रम सरकारसँग मात्र जोडिएको छैन, समग्र सभ्यता, संस्कृति र देश बिकाससँग जोडिएको छ । व्यक्ति विवादित होईन संस्था विवादित भएको छ । घट्नाक्रमले ओली विवादित होईन नेकपा विवादित भएको छ, राष्ट्रले हारेको छ । व्यक्ति (प्रम) लाई असफल, निरंकुश र सर्बसत्तावादको आरोप लगाएर समग्र पार्टी चोखिन सक्दैन । सरकार संचालनको विधि र पद्धति निर्माणमा पार्टीको रचनात्मक भुमिका कहिल्यै देखिएको छैन । सरकार संचालनको क्रममा देखिएका विवादहरुको समाधानमा नेकपा पार्टीले कुनै भुमिका निर्बाह गरेको छैन । विवादास्पद “केक” जस्ता काण्डमा चासो नदिनु, संलग्न पार्टीकर्मीलाई छानविनको दायरामा ल्याई कार्बाही नगर्ने कार्यलाई हेर्दा उक्त काण्ड आफ्नै सरकारलाई नियोजित रुपमा विवादमा ल्याई असफल बनाउने पार्टी पंक्तिको षडयन्त्रको एउटा अंश थियो भनि स्पस्ट साथ भन्न सकिन्छ ।
जननिर्बाचित सांसदहरुलाई भेंडा बाख्राको दर्जामा राखी आर्थिक तथा पदीय प्रलोभन दिने, अपहरण तथा शरीर बन्धक बनाउने, दास बनाउने जस्ता कुकृत्य गरिआएको छ । अलिकति पनि राजनीतिक ईमान्दारिता, नैतिकता र शरम छ भने आफ्नै सरकारबिरुद्ध संगठीत गुटबन्दीको संस्कारको बिजारोपण गरेर सरकारलाई नै अस्थिर बनाई दुई तिहाई मतको धज्जी उडाउने, राजनीतिक अपराधको बिजारोपण गर्न उक्साहट गर्ने, पार्टी पंक्तिमा रहेकाहरुले जवाफदेहिता बहन गर्नुपर्दछ ।
दुईतिहाई मत प्राप्त दलको जिम्मेवार प्रधानमन्त्रीलाई असुरक्षा र खतरा छ भने आफ्नै पार्टीका जिम्मेवार अध्यक्ष र तिनको बुई चढेर हिँड्ने स्वार्थी समुह तथा गुटहरुबाट छ । उसलाई प्रतिपक्षहरुबाट होईन आफ्नैहरुबाट खतरा छ । सरकार प्रतिरक्षाका साथ पार्टीबाट प्रहार हुने तिरबाट सुरक्षित हुन बिभिन्न तानाबाना बुनेर बसेको छ । अबिश्वासको प्रस्ताव वा संसदीय दलबाट गलहत्याईने रोगले ग्रसित भएकाले बिकाशको अपेक्षा गरेर बसेका आम देशबासीहरु निराश हुनुपर्ने परिस्थिति खडा भएको छ ।
दुई तिहाईको आफ्नै सरकार टिकाउन र गिराउन असंसदीय चरित्रको नांगो नाच नेकपाले प्रदर्शन गरिरहेको छ । दल फुटाउने, दलको हैसियत समाप्त पार्न जुनसुकै हतकण्डाको बिजारोण गर्न उ उद्यत छ । जननिर्बाचित सांसदहरुलाई भेंडा बाख्राको दर्जामा राखी आर्थिक तथा पदीय प्रलोभन दिने, अपहरण तथा शरीर बन्धक बनाउने, दास बनाउने जस्ता कुकृत्य गरिआएको छ । अलिकति पनि राजनीतिक ईमान्दारिता, नैतिकता र शरम छ भने आफ्नै सरकारबिरुद्ध संगठीत गुटबन्दीको संस्कारको बिजारोपण गरेर सरकारलाई नै अस्थिर बनाई दुई तिहाई मतको धज्जी उडाउने, राजनीतिक अपराधको बिजारोपण गर्न उक्साहट गर्ने, पार्टी पंक्तिमा रहेकाहरुले जवाफदेहिता बहन गर्नुपर्दछ । आफ्नै सरकारलाई अझ कमजोर बनाउने, गलाउने अस्थिर बनाउने रणनीतिसहित पार्टीका कुतत्वहरु “बहादुर” भएर स्पस्टताका साथ अगाडि आएका छन ।
यो नेपाली राजनीतिक आकाशमा देखिएको “चरम व्यक्तिवादी राजनीतिक संस्कार” हो । समस्या यही हो र उपचार गर्नुपर्ने “राजनीतिक रोग” पनि यही नै हो । यो रोगको उत्पति राज्य व्यबस्थाबाट होईन कि गुट–उपगुटबाट भईरहेको छ । आज यही गुट–उपगुटको टाउकाहरुमा नेकपा रिंगिरहेको छ ।
यो कुकृत्यले व्यक्ति, पार्टी, सरकार हुँदै अन्तत मुलुकलाई नै अस्थिर र असफल बनाई अस्थिरताको खाल्डोमा जाक्ने पृष्ठभुमि तयार भएको कुरालाई नजर अन्दाज गरेका छन । ती नालायकहरुले आफ्नो स्वार्थका लागि सम्पुर्ण ईन्द्रियहरु छोपेर बसेका छन । हिजो पनि तिनै कुतत्वहरु थिए जसले बहुमत प्राप्त गरेपनि मुलुकमा अस्थिरता सिर्जना गरे । आजपनि तिनै तत्वहरु सल्बलाई रहेका छन जसले पार्टी संगठन तिर बसेर निहित स्वार्थका लागि अस्थिरताको गोटी चालेर समग्र मुलुकलाई आफ्नो स्वार्थको भुमरीमा जाकिरहेका छन ।
राजनीतिक दल एकातिर छ । अर्कोतिर नेताहरु व्यक्तिगत स्वार्थसिद्धिका लागि “गुट र गुण्डा” लिएर बसेका छन । मुलुक गुटहरुमा बिभक्त छ, त्यही गुट–गुट बीचको स्वार्थको टकरावले अहिलेको परिस्थिति जन्मिएको हो । त्यसकारण “पात्र” होईन “प्रवृत्ति” खराब हो । यो चरम व्यक्तिवादी कालिदास प्रवृत्ति यही हो । जसले दल, देश र व्यवस्थालाई गाँजेको छ र तिनीहरु माथिको भरोसा उडाउँदै लगेको छ । यो नेपाली राजनीतिक आकाशमा देखिएको “चरम व्यक्तिवादी राजनीतिक संस्कार” हो । समस्या यही हो र उपचार गर्नुपर्ने “राजनीतिक रोग” पनि यही नै हो । यो रोगको उत्पति राज्य व्यबस्थाबाट होईन कि गुट–उपगुटबाट भईरहेको छ । आज यही गुट–उपगुटको टाउकाहरुमा नेकपा रिंगिरहेको छ ।
हिजोपनि पार्टी र सरकारमा बितण्डा मच्चाई अस्थिरता सिर्जना गर्ने र त्यसको कारक “राजा र व्यबस्था”लाई दिएर १७ हजार निर्दोष जनताको रगतमा मुलुक होली खेल्न पुर्याउने प्रवृत्ति र चरित्र यिनै हुन । होली खेल्ने कुतत्वहरु जन्माउने प्रवृत्ति र चरित्र यिनै हुन । जसले निमुखा जनतामा चरम निराशा पैदागरी सम्पुर्ण दोष “व्यबस्था”लाई लगाई आफ्नो स्वार्थ सिद्ध गर्न पुगे । देश विकाशको चिन्तनलाई एकातिर पन्छाएर, कुकृत्यको नाटक रचि नेपाललाई धमिलो बनाउने र त्यही धमिलो पानीमा माछामार्ने परिस्थिति सृजना गरिरहेका छन् । होशियार !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार