भीरकोट नगरपालिकाका जनप्रतिनिधि अधिकारी जनताको घरघरमा
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १७:५०:५३
१९ बैशाख, स्याङ्जा । यतिबेला कोराना भाईरस (कोभिड १९ ) को सन्त्रासले संसारभरका नागरिकहरु आक्रान्तमा परेका छन । यस विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा आम नागरिकको रक्षा र जीवनयापन गर्ने वातावरण तयार गर्नु सरकारको मूख्य कर्तव्य हो ।
धेरैको गाँसको समस्या समाधानका लागि जनताको घरघरमा जनप्रतिनिधि चुनावको बेला भोट माग्न आए जसरी नै आउन भन्ने चाहन्छन आमनागरिक, तर राहतसँगै जनताको सेवामा घर घरमा जनप्रतिनिधि जानु त परै नागरिकको समस्या बुझ्ने समयसम्म अधिकांश जनप्रतिनिधिहरुमा नभएको देखिन्छ ।
तर स्याङ्जाको भीरकोट नगरपालिकाले भने जनताको सेवालाई घर दैलोसम्म पुर्याउने काम गरेको पाइएको छ । भीरकोट नगरपालिका वडा न ५ का अध्यक्ष लक्ष्मण अधिकारी भने लकडाउन पछि पनि जनतालाई परेको समस्या बुझ्न र समाधानका लागि दिनरात नभनी लागि परेका छन । आफ्नो गाउँटोलमा जनताको सेवाका लागि उनी २४ घण्टै उपलब्ध रहन्छन् ।
लकडाउनको समस्याका कारण गाउँमा मलबिऊको समस्या रहेपछि मलको समस्या समाधान गर्न नगरपालिकाको पहलमा टोल टोलमा मल पुगाई किसानलाई राहत दिने, सामाजिक सुरक्षा भत्ता समेत नगरपालिकाको सहयोग र सम्बन्धित बैंकको सहकार्यमा घर घरमा लगेर वितरण, पहिलो चरणको राहत वितरणमा ८२४ जना अति विपन्न र ज्यालादारी गरी गुजारो टार्दै आएकाहरुलाई राहत वितरण,टाढाबाट आउनेहरुलाई स्तरीय क्वारेन्टाइन र सेवासहित स्वास्थ्य चेकअपको राम्रो व्यवस्थापनमा सक्रिय देखिन्छ उनी ।
बिहान छिट्टो उठ्ने वडाध्यक्ष अधिकारी आफ्नो वडाको हरेक बस्ती बस्तिमा पुग्ने गर्दछ्न । म जनताको सेवक हुँ, जनताको दुखमा साथ दिन र सुखमा रमाउन जनप्रतिनिधि बनाउनु भो, अब त्यही गर्दैछु, वडाध्यक्ष अधिकारी भन्छन । साथै उनले जनतालाई नआत्तिन र समस्या परेमा तुरुन्त आफुलाई भन्न अनुरोध समेत गरेका छन् ।
भीरकोट नगरपालिका भित्रका वडाहरुमा दोस्रो चरणको राहत क्रमश ९ ओटै वडामा प्रत्येक वडाका टोल संयोजकमार्फत वितरण गर्ने गरी २ जना घर परिवार भएको घरमा १० केजी चामल २ केजी दाल, २ केजी नुन र १ लिटर तेल त्यसैगरी ३ जनाको परिवारदेखि ५ जनासम्मको परिवारलाई २० केजी चामल,२ केजी दाल,२ केजी नुन र १ लिटर तेल त्यसैगरी ६ जना परिवार भन्दा माथिलाई २५ केजी चामल, २ केजी दाल, २ किलो नुन र १ लिटर तेल राहत स्वरुप ९ वटा वडाका लकडाउनबाट परेका वास्तविक प्रभावित १४ सय घरपरिवारलाई वितरण गर्ने कार्य शूरु भएको नगर प्रमुख छायाँराम खनालले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार