कांग्रेस युवानेता भण्डारीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शनिबार १:३६:३६
१९ बैशाख, काठमाडौं । लकडाउनमा श्रमजीवी र गरिब वर्गलाई निजी खर्चमा खाद्यान्न राहत बाड्ने अनि बानेश्वर चोकको संसद भवन अगाडि अध्यादेशको विरुद्ध लकडाउन तोड्दै पहिलो बिरोध जुलुस निकाल्ने नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै नेविसंघ पुर्व कावा केन्द्रिय अध्यक्ष समेत रहेका भण्डारीले लकडाउन आगामी महिना पनि लम्बाएर सत्ता र भ्रष्टाचार माथि छानविन गर्नबाट बच्न मन्त्रीहरू लागिरहेकोले सरकार परिवर्तनको बिकल्प नरहेको बताउँछन । युवानेता भण्डारीले आफुले श्रमिकलाई राहत बाड्न जादै गर्दा गाँस,बाँस र कपास अनि लामो हिडाई बारे श्रमिकको पीडा नसुन्ने सरकारले अध्यादेश फिर्तापछि नैतिक वैधता गुमाएकोले अब ताजा जनादेश लिनु वा सरकार परिवर्तन मात्रै अन्तिम विकल्प रहेको दाबी गरेका छन् ।
भण्डारीले श्रमिकको फरकफरक आवश्यकताप्रति आफ्नो अनुभव समेत शेयर गरेका छन् । जस अनुसार कतै मजदुर प्रहरीको डण्डा खाएर जहाँ पायो त्यहीँ सुत्दा ओछ्यान नमिलेर आङ्ग दुखेर रोईरहेका थिए, तिनलाई पेन रिलिफ स्प्रे गरेर औषधि दिईयो । कोही दात दुखेर माज्ने ब्रुस र मन्जन माग्दै थिए । धेरैले ग्याँस छैन अनि थोरै दाउराले भात र फाडो बनाउने कि पानी उमाल्ने ? भन्दा किटाणु मार्ने पीयूष दिईयो । कसैलाई हातमुख धुन र नुहाउन साबुन र कोही हिड्दा चुडिएकोले नयाँ चप्पल र जुत्ता खोज्दै थिए ।
धेरैले धनीका बच्चा मोबाइलबाट पढने (अनलाइन क्लास) हल्ला सुनेपछि अब हामी गरिबका बच्चालाई कसरी पढाउने ? भनेर चिन्तित देखिए । आमनागरिकमा डिप्रेशन नै ल्याउने गरि बढ्दो लकडाउन र भ्रष्टाचारबाट स्वदेश र विदेशका श्रमिक साथीहरू नै कोरोनाबाट सर्वाधिक पीडित देखिएको आफ्नो अनुभव नेपालबहस डटकमलाई सुनाए । त्यसैले हरेक विपन्न र श्रमिकको घरघरमा सहज चुल्हो बाल्न राज्यले खाता खोलेर सिधै रकम दिनुपर्ने नेता भण्डारीको भनाई छ । गरिबलाई भारत झै खाद्यान्न, ग्यास र औषधिसहित अन्य सबै दैनिक उपभोग्य आवश्यक सामग्री र सहुलियत ऋण उपलब्ध गराउन सबै मजदुर संघसंगठनको कार्यगत एकताको आव्ह्नान समेत कांग्रेसका यूवा नेता भण्डारीले गरेका छन् ।
नेता भण्डारीले अहिलेसम्म नेपालमा ५९ जना संक्रमित भएपनि बिश्वभरी ३३,००,६६५ जना पीडित भएर २,३३,६८६ जनाको भयावह मृत्युको तथ्यांक सार्वजनिक भैसकेकोले श्रमिक वर्ग थप जोखिममा देखिने दावा गर्दै कांग्रेसले केपी ओलीलाई समर्थन नगर्ने दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार