मनकारी कांग्रेसका युवानेता रामप्रसाद, बिद्यार्थीको डेरा डेरामा राहत पु¥याउँदै
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ शनिबार १५:१८:९
हामीले एक सातादेखि राहत वितरणकाे यो प्रकिया चलाइरहेका छाैँ
२० बैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई नेपाली कांग्रेसका युवानेता एवं नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा नेविसंघका पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलसहितका मनकारी विद्यार्थी नेताहरुको एक टोलीले राहत वितरण गरिरहेकाे छ ।
राहत वितरण टोलीले करिब एक सातादेखि खाद्यान्न तथा तरकारीका पोका बोकेर विभिन्न जिल्लाबाट काठमाडौं डेरा गरि बस्ने दर्जनौं विद्यार्थीको डेरामा पुगेर राहत वितरण गरेकाे हाे । लकडाउनका कारण घर फर्कन नपाएका तथा खर्चको अभावमा समस्याग्रस्त विद्यार्थीहरुलाई दाल, चामल, नुन, तेल, चिनी, चियापत्ती र आलु, प्याज र हरियो तरकारीहरु जस्ता खाद्यपदार्थ उपलब्ध गराएको नेता अधिकारीले नेपालबहस डटकमलाई जानकारी दिए ।
समस्यामा परि हामीसँग सहयोगको आग्रह गर्ने साथीहरुका लागि आवश्यक सामाग्री बोकेर हामी उनीहरुको डेरा नै पुग्ने गरेका छौँ कुराकानीमा उनले भने । हामीले एक सातादेखि राहत वितरणकाे यो प्रकिया चलाइरहेका छाैँ, अधिकारीले भने । अझै जारी राख्छौं ।
हालसम काठमाडौं, भक्तपुर र ललितपुरमा डेरा गरि बस्ने करिब २०० विद्यार्थीलाई राहत उपलब्ध गराइसकेका छौँ र उक्त राहत सामाग्रीहरु बाइक तथा स्कुटरमा राखेर फोन गर्दै लोकेसन लिँदै विद्यार्थीको डेरामा पुगे गरेको नेपालबहस डटकमसँग नेता रत्नहरी ढुंगेलले बताए । स्थानीय निकायहरु राजनीतिक स्वार्थमा लिप्त छन्, उनीहरुले बाहिरका विद्यार्थी मजदुर भन्दापनि आफ्ना मतदाताहरुलाई प्राथमिकता राख्ने भएकाले विद्यार्थीको समस्या समाधान गरेको उनले कुराकानीमा भने ।
नेता रत्नहरी ढुंगेलका अनुसार उक्त राहत सामाग्री कहि आफैं जुटाएर उपलब्ध गराएको त कतै समाजसेवी दातामार्फत उपलब्ध गराइएकाे हाे । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष अधिकारीले भन्छन, यो समय सबैले सबै स्वार्थ भन्दा माथि उठेर सकेको मानवीय सेवामा जुट्नुपर्ने बेला हो’ सबै जुट्दा हामीले अफ्ट्यारो भन्दा अफ्ट्यारो परिस्थितिको सामाना गर्न सक्छौ । निस्चय नै यो असजिलो परिस्थितिमा विद्यार्थी मजदुरलाई धेरै समस्याहरु आइपर्छन । हामी साथ दिन तयार छौँ । दुख बाढौं, सुख साटौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
राष्ट्रियसभा बैठक अपरान्ह ४ः३० बजे बस्ने
जेठ ३, २०८१ बिहिबार
चीन भ्रमणमा पुटिन, सी जिनपिङले गरे रातो कार्पेटमा स्वागत
जेठ ३, २०८१ बिहिबार
चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै
जेठ ३, २०८१ बिहिबार