मयुरको खुट्टा र नेपाल
नेपालबहस संवाददाता
बैशाख २१, २०७७ सोमबार १:९:४३
म मयुर हुँ, रोईरहेको छु ।
म मयुर हुँ तर रोईरहेको छु ।
म मयुर हुँ नाचेपछि रूने गर्दछु ।
मयुरको कथा
पृथ्बीमा भएका सुन्दर र आकर्षक प्राणी मध्येको एक हो “मयुर”। उसको आकर्षकता उ नाचेको बखत अत्यन्त राम्रोसँग झल्कने गर्दछ । आफ्नो सुन्दरतामा उ अत्यन्त खुशी हुन्छ र अझ बढी आनन्द प्राप्त गर्नका लागि आफ्ना प्वाँखहरु फिँजाएर नाच्ने गर्दछ साथै जंगलमा भएका अन्य प्राणीहरुलाई आफ्नो सुुन्दरता(आकर्षकता) देखाएर जगतलाई नै “मनमोहक” बनाउने गर्दछ ।
दुर्भाग्यः मयुर जति सुन्दर र आकर्षक भएतापनि एउटा बिषयलाई लिएर नाचिसकेपछि सँधै (रूनें) गर्दछ । अर्थात नाचिसकेपछि उ आफ्नो खुट्टा हेर्दछ र जति खुशी भएर नाचेको थियो, त्यतिनै दुखी भएर रुन थाल्दछ । किनकि उ जति राम्रो हुन्छ त्यतिनै कुरूप उसको खुट्टा हुन्छ । मयुरको “खुट्टा” अत्यन्त नराम्रो हुन्छ प्राकृतिक,सामाजिक,सांस्कृतिक हरेक दृष्टिले सुन्दर मयुरको रूपमा नेपाल रहेको छ । तर दुर्भाग्य नेपालको राजनितिक पक्ष दशकौंदेखि यही मयुरको खुट्टा भएको छ ।
प्राकृतिक सम्पदाले भरिपुर्ण यो मुलुकमा हिमाल,पहाड तराई र अति सुन्दर वातावरण छ । कलकल बग्ने खोलानाला छन । तिनीहरूलाई परिचालन गरेर समृद्ध बनाउने दुरदर्शी नेताको दशकौंदेखि अभाव रहिआएको छ । यो मेरो देश हो र विकाश मेरो हो, विकाशको फल म र मेरो सन्ततिले भोग्ने हो भन्ने भावना राजनीतिक पक्षमा नभएको प्रतीत हुन्छ । व्यक्तिगत स्वार्थका लागि जनमतको अपमान गरेर नेपालको राजनीतिक पक्षलाई राजनीतिकर्मीले मयुरको खुट्टा बनाएका छन ।
खोक्रो आश्वासन दिने नेता, त्यसैको रनभुल्लमा पर्ने अशिक्षित जनता र पछिलाग्ने कार्यकर्ताले देश आक्रान्त भएको छ । देश बनाउँछु भनि आश्वासन दिई प्राप्त भएको जनमत अकुत सम्पति आर्जन र भ्रष्टाचार गर्नमा प्रयोग भएको छ । सत्ता संगठित रूपमा कमाईखाने भाँडोका रूपमा परिणत भएको छ । नेपाल बलात्कृत हुँदै आएको छ, दोहन भईरहेको छ अनाचार, राजनीतिक संस्कृतिका रूपमा झ्याँङ्गिएको छ । यो संस्कृति अन्त्यका लागि जागरण पहिलो र अनिवार्य शर्त हो ।
आश्चार्य भएन भने अबको थप १५/२० बर्ष नेपालको राजनीति यहि संस्कार र संस्कृतिमा रूमल्लिने निश्चित छ । जनतामा जागरण नआईकन र चेतनाको स्तर नउठेसम्म सभ्यता,संस्कृतिमा आकस्मिक परिवर्तन अत्यन्त गार्हो कुरा हो । नेतृत्वमा मात्र होईन, कमजोरी देशको मत, मतदातामा प्राथमिक रूपमा रहेको छ । त्यसको समस्या, समाधानका उपायहरू पनि नभएका होईनन, तर त्यसलाई ग्रहण गर्ने क्षमताको अभाव जनतामै रहेको छ ।
म मयुर हुँ । जो नाचेपछि रूने गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार