बुद्धले आँखा खोलेको दिन – बुद्ध जयन्ति !
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार १५:२१:४१
◊ यज्ञप्रसाद भट्टराई
आज बुद्ध जयन्ती । अर्थात गौतम बुद्धले यस धराधाममा आँखा खोलेको दिन । नेपाल देशको शान र ईज्जत चम्किएको दिन । लुम्बिनीले स्वयं भगवान जन्माएको दिन । आजकै दिन अर्थात बुद्ध पूर्णिमा । अझै पनि नेपाली आकाशमा अशान्तिहरुका काला बादलहरु मडारिरहेको बेला, डर, त्रास र भयले तमाम नेपालीको मनमा अझै पनि घर बनाईरहेको बेला, युद्धका बिभिषिकाहरु र त्यसका भग्नावशेषहरु अझै पनि छरपष्ट रुपमा यत्रतत्र छरिएर रहेको बेला सिंगो विश्वले द लाईट अफ एशियाका नामले चिन्ने र संसारका धेरै देशहरुको राष्ट्रिय धर्मका रुपमा रहेको बौद्ध धर्मका पथ प्रदर्शक उनै भगवान बुद्धलाई सम्झना र सम्मानका अश्रु पुष्पका साथ दुई शब्दसहित सम्झन चाहान्छु ।
बुद्धले आँखा खोलेको देशमा देशका शासकहरुले भने आज पनि आँखा चिम्लिएका छन् । जनताका तमाम बिषयमा अहिले राजनैतिक तुषारापात लागेको छ । २५० बर्ष अगाडि जन्मिएका श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहलाई काल्पनिक पात्रका रुपमा चित्रण गर्ने अहिलेका अन्तराष्ट्रिय दलेका हनुमानेहरुले बुद्धलाई कुन रुपमा हेर्लान ? अझ भनौ पैसाका लागि देशको सीमाना बेच्न समेत पछाडि नपर्ने भ्रष्टका मतियारहरुलाई गौतम बुद्धलाई समेत बिदेशी प्रभूका अगाडि पैसाका लागि बिक्री नगर्लान भन्ने के ग्यारेन्टी ? हुन त क्रिस्चियनका पादरीहरुको बाहुल्यता भएको देशमा भगवान बुद्धको कति नै सम्मान रहला र ?
अलि अलि बचें खुचेको रकम पनि अर्काको पार्टी फोर्न र अर्काका सांसद किन्नमै सक्किगो । अरुको के कुरा गर्नु यहाँ त आफ्नै दलका नेतालाई आफ्ना र अर्काका बनाउँदैमा राष्ट्रिय सम्पत्ति स्वाहा हुन्छ ।
आजको एक्काईसौं शताब्दीको उत्तरार्धमा पनि अण्डर एस.एल.सी. नेतृत्वबाट आक्रान्त नेपालको राजनैतिक ब्यवस्थामा शान्ति र बिकासको कुरा एकादेशको कथा झै भएको छ । देशका कार्यकारी दीर्घरोगको शिकार भएका कारण देशको सिंगो सरकार कमजोर परिरहेको छ । सरकारका सबै जसो मन्त्रीहरु दिनमा तीन पटकसम्म कुरा फेर्छन् । अहिले बिश्वभरी फैलिएको महामारीले सिंगो विश्व आक्रान्त बनिरहेको बेला देशमा गरिब जनताका घरमा चुल्हो बल्न छाडीसक्यो । तर सरकारलाई यतापट्टी कुनै चासो छैन । सरकार देशमा कामै नभएको पानीजहाज मन्त्रालयका लागि करोडौ अरबौं रुपैंयाको गाडी किन्न तम्सन्छ । जनता महिनौको लकडाउनले भोकमरीमा परिसक्यो ।
राहत देउन सरकार भन्दा, सरकार उल्टै जनतालाई राहत चाहिने भए बढी कर तिर्न धम्की दिन्छ । जनताको मतबिनै चोरबाटोबाट सांसद छिरेका अझ भनौ सांसद नै नबनी मन्त्री पद पडकाएका अपुतालीहरुलाई जनताको समस्याको बिषयमा के थाहा ? यिनलाई जनतालाई राहत दिनु भन्दा किन डाहा ? कुन दिन जनताको आक्रोसमा पर्दा पछारी दिन्छन्, पछारे झै पाहा । कत्तिसम्म नामर्दीपनको उदाहरण दिन्छ यो सरकार ? राष्ट्रको ढुकुटीको साँचो हातमा लिएर जनतासँग चन्दा र सहयोगको अपेक्षा राख्छ । बिदेशमा भएका आफ्ना देशका नागरिकले पठाएको रेमिट्यान्सले आफ्नाे देशको सरकार पाल्छ । अहिले तिनै नागरिक अप्ठ्यारोमा परेर स्वदेश फर्कन पाँउ सरकार भनेर हारगुहार माग्दा कानमा तेल हाल्छ । देश उभो लाग्ला, जनता धनी बन्लान भनेर तिसौ बर्ष जनताले यिनलाई गर्नुसम्म विश्वास गरे । यिनीहरुकै भरमा परे । जनताको विश्वासको अमूल्य मत यिनलाई स्याललाई मासु पैचो भो । राजनैतिक ईमान्दारिता भन्ने शब्द मनमोहन, मदन र विश्वेश्वर प्रसादसँगै स्वर्ग गो ।
आर्थिक उन्नतिमा बिश्व सामु प्रतिस्पर्धा गर्न अगाडि बढीरहेको देश हेर्दा हेर्दै झन झन गरिब भो । भएभरको राष्ट्रिय सम्पत्ति तिनका दाना र पानी फेर्न मै सिद्धिगो । अलि अलि बचें खुचेको रकम पनि अर्काको पार्टी फोर्न र अर्काका सांसद किन्नमै सक्किगो । अरुको के कुरा गर्नु यहाँ त आफ्नै दलका नेतालाई आफ्ना र अर्काका बनाउँदैमा राष्ट्रिय सम्पत्ति स्वाहा हुन्छ । राहत बाढने नौटङीले सरकारको अहिलेसम्म बचेखुचेको गरिब र सर्वहारा वर्गको सरकार भन्ने शब्द पनि टुकुचामै सतिगो । सरकारको सधैं भ्रष्टाचार गर्ने र अपराधीलाई बोक्ने मात्रै मति भो । यस्ता अपराधी सोच भएका र मानवीय मुल्य र मान्यताको क्लेश पनि हेक्का नभएका नरपशुहरुबाट सञ्चालन भएको देशमा बुद्ध जयन्तिको के नै पो अर्थ राख्ला र ?
सुनाखरी हाँस्न छाडेको छ । गुँरास किन उज्यालो देखिदैन अचेल पाखामा, भालेले बिहान बाँस्न छाडेको छ । यस्तो अवस्थामा देशको काँचुली फेर्ने एउटा शान्तिका दुत गौतम बुद्ध जन्माई देउ ।
हामीलाई आज फेरी एउटा गौतम बुद्ध जन्माउन सक्ने शुद्धोधन जस्तै राजा चाहिएको छ । सबै नेपालीलाई ओत लाग्न मिल्ने बृहत्तर छाता चाहिएको छ । जुन राजाले फेरी एउटा बुद्ध जन्माउन सकोस् । देशका भ्रष्ट र अपराधीहरुको समुल नष्ट गर्न सकोस् । अहिलेसम्म यो देशमा कस कसले के के अपराध गरे भनेर धामीले झै फटाफट बक्न सकोस् । हिंसाको आहालबाट आएका महिषासुरहरुले देशमा रक्तक्रान्तिको ज्वालामुखी मात्रै फुटाए । यो ज्वालामुखीबाट उत्पन्न महामारीको औषधिको रुपमा मलमपट्टी लगाउन सक्ने एउटा बैद्य रुपको बुद्ध जन्माउनु परेको छ । आज सिंगो नेपाली नेपाल आमाकै भर परेको छ । अहिले पनि नेपाली एउटा बुद्ध आउने आशामा बिहान बाँचेको छ, साँझ रुञ्चे हाँसो हाँसेको छ ।
शान्ति, सुशासन, उन्नति, प्रगति र बिकास भन्ने शब्द अन्यत्रै बँसाई सरेको बर्तमान अवस्थामा देशले परिवर्तनको महशुस कहिल्यै गर्न पाएन । देशमा अहिले मुनाल नाँच्न छाडेको छ । सुनाखरी हाँस्न छाडेको छ । गुँरास किन उज्यालो देखिदैन अचेल पाखामा, भालेले बिहान बाँस्न छाडेको छ । यस्तो अवस्थामा देशको काँचुली फेर्ने एउटा शान्तिका दुत गौतम बुद्ध जन्माई देउ । देशलाई लैनो गाई संझिने नपुशंकहरुका लागि सिंगो राज सिंहासन त्याग गर्नसक्ने एक त्यागको प्रतिमुर्ति सिद्धार्थ गौतम जन्माई देउ ।
आज बुद्ध जयन्तिका दिन हामी सबैं नेपालीहरु मिलेर नेपाल आमासँग एक पटक जोडदार रुपमा पुकार गरौं । हे नेपाल आमा , फेरी एक पटक हामीलाई एउटा बुद्ध जन्माई देउ । अहिंसा परमो धर्मको बाटोमा देशलाई डोर्याउन सक्ने महान सन्त नेता जन्माई देउ । चोर, डाँका, ज्यानमारा, अपराधी, भ्रष्टाचारी, कालोबजारीलाई देशमा कहिल्यै फर्केर आउन नसक्ने गरी सीमाना कटाई देऊ । आज २५६४ औं बुद्ध जयन्तिको उपलक्षमा नेपाल आमाप्रति हाम्रो यहि चाहना छ । यहि मनोकामना छ । नेपालीको मनोकामना र चाहना पुरा गराई दिने जिम्मा अब नेपाल आमाकै जिम्मा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार