नेपालगञ्जमा कोरोना भाइरस नियन्त्रण गर्न उच्च सतर्कता
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ शनिबार ५:४६:३०
२६ बैशाख राँझा । नेपालगञ्जमा कोरोना भाइरस नियन्त्रण गर्न उच्च सतर्कता अपनाइएकाे छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित कोरोना सङ्क्रमित जोलाहनपूर्वा टोलमा आज थप एक युवकमा पोजेटिभ देखिएको छ । कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यसअघि सोही ठाउँका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पहिलोपटक यही बैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । दुई दिनअघि बुधबार सङ्क्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएका १३६ स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो ।
श्रेष्ठका अनुसार दुई दिनअघि यही वैशाख २४ गते नेपालगञ्ज ८ का विभिन्न क्षेत्रमा गरिएको १३० जनाको स्वाबको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । एक सय २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ६ सहितको बिहीवार सङ्कलित ४८ स्वाबको रिपोर्ट आउन बाँकी छ ।
एक थपिएसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यही बैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगञ्जका ६० वर्षीयद्धमा कोरोना पुष्टि भएको थियो । आज भेटिएका कोरोना सङ्क्रमित युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारका लागि पठाइएको श्रेष्ठले जानकारी दिए ।
बाँके कारागारमा उच्च सतर्कता
नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि बाँके जिल्ला कारागारले उच्च सतर्कता अपनाएको छ । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरी कारागारमा अत्यावश्यकीय कामबाहेक अन्य व्यक्तिको सम्पर्कमा रोक लगाइएको कारागारका प्रमुख देवेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी तीन सय जना क्षमता रहेको कारागारमा अहिले ८०५ छन् । उनीहरूलाई मास्क, स्यानिटाइजर जस्ता सामग्रीका साथै हात धुनका लागि पर्याप्त मात्रामा साबुनपानीको व्यवस्था गरिएको छ । कारागारमा रहेका दीर्घरोगीलाई भेरी अस्पताल र शिक्षण अस्पतालमा नियमित उपचारको व्यवस्था गरिएको छ । नेपालगञ्जमा साविकको मध्य तथा सुदूरपश्चिमका २५ जिल्लाका कैदीबन्दी आउने गरेका छन् ।
खासगरी अस्वस्थ कैदीबन्दीलाई उपचारको सुविधाका लागि बाँके जिल्ला कारागारमा ल्याइने गरिएको कारागार प्रमुख श्रेष्ठको भनाइ छ ।कारागारमा अहिले पनि ८० वर्षसम्मका दीर्घरोग भएका कैदीबन्दी छन् । अस्वस्थ भई भेरी अस्पतालमा एक हप्तादेखि उपचाररत नेपालगञ्ज ४ का सीताराम वैश्यको बिहीबार निधन भएको छ ।
मधुमेह र उच्च रक्तचापका रोगी वैश्यलाई कमलपित्त देखिएपछि उपचारार्थ भर्ना भएकै बेला निधन भएको कारागार प्रमुख श्रेष्ठले जानकारी दिए । कारागार प्रमुख श्रेष्ठका अनुसार गनापुरमा आठ बिघा क्षेत्रफलमा खुला कारागार निर्माणको काम जारी छ । नौबस्तामा पनि १० बिघा क्षेत्रफलमा तीन हजार कैदीबन्दी अटाउने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार