अलैँचीमा नयाँ कीराको प्रकोप, किसान चिन्तित
नेपालबहस संवाददाता
बैशाख २९, २०७७ सोमबार १७:१९:४२
२९ वैशाख फिदिम । पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् ।अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको छ ।
अलैँचीको पातमुनि बसेर पात खाने किरा रातको समय बढी सक्रिय हुन्छ । फागुनदेखि उक्त किराको प्रकोप शुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म किराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैँची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैँची कृषक प्रेमराज योङहाङले बताए उक्त किराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् । आफ्नो करिब २०० रोपनी क्षेत्रफलमा लगाइएको अलैँचीको बगान सुकेर गएको कृषक समीर बेघाको भनाइ छ ।
प्रकोप शुरु भएको केही दिनमै सयौँ रोपनी क्षेत्रफलमा फैलिएको अलैँची बगान सुकेर गएको अर्का कृषक भीम केरुङले बताए ।यो किराले शुरुमा अलैँचीको पात खान्छ । किराले पातपछि डाँठ र फूलसमेत खाएपछि यहाँका अलैँची धमाधम मर्न थालेका छन् । अलैँचीमा लागेको यो प्रकोप एक प्रकारको पुतलीको लार्भाबाट फैलिएको हो । पुतलीको फुलबाट बढेकोे लार्भा किराको रूपमा परिवर्तन भएपछि त्यसले अलैँचीको पात र अन्य भाग खाने गरेको पाइएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले वताए।
यो समस्या गत वर्ष पाँचथरको फिदिम नगरपालिका–८ मा समेत फाट्टफुट्ट देखिएको उहाँको भनाइ छ । उक्त किराको प्रकोप बढ्दै गए केही महिनामै आफ्नो वडाका सबै अलैँची बगान सखाप हुने याङवरक गाउँपालिका–२ का वडाध्यक्ष देउकुमार योङहाङले बताए । नयाँ किराको प्रकोपले अलैँचीमा महामारीको रूप लिन नदिन आफूहरुले पहल थालेको वडाध्यक्ष योङहाङको भनाइ छ । किराको प्रकोपले अलैँची बगान सुक्दा हालसम्म एकै वर्षमा करिब रु ५० लाख बराबरको आम्दानी गर्ने अलैँची बगान सखाप भएको वडाध्यक्ष योङहाङले वताए।
अलैँचीमा नयाँ प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र पाँचथर र याङवरक गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरीक्षण, रोग पहिचान र विषादी छर्ने काम थालेको छ । यो समस्याबाट अलैँचीलाई जोगाउन गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट आसपासको क्षेत्रमा विषादी छर्न तथा प्रकोप फैलनबाट बचाउन प्राविधिक टोली खटाइएको ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए। किराको प्रकोप हालसम्म करिब १५ सय रोपनी अलैँची बगानमा फैलिएकाले नियन्त्रण गर्न सकिने प्राविधिकले बताएका छन् ।
जिल्लाका अन्य क्षेत्रमा अलैँचीमा विभिन्न रोगले उत्पादनमा ह्रास आए पनि फलैँचामा यस्तो समस्या देखिएको थिएन । “अन्न फल्ने बारीमा अलैँची रोपियो तर यसपालि किराले पूरै बगान सखाप पा¥यो”, स्थानीय कृषक धनकुमार बेघाले भने । पाँचथरमा दुई हजार ९२० हेक्टर क्षेत्रफलमा अलैँची बगान रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यहाँ अलैँचीको उत्पादन बढाउन एक स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक स्थानमा अलैँची ब्लक विकास कार्यक्रम र पाँच स्थानमा अलैँची पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार