लकडाउनका कारण माछा बिक्री नहुँदा किसान मर्कामा
नेपालबहस संवाददाता
बैशाख २९, २०७७ सोमबार १९:३:५३
२९ वैशाख गुलरिया । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री हुन पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् ।
चैत र वैशाख पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्ने समय हो । सरकारले कोभिड– १९ संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् । करीब एक हजार क्विन्टल माछा नै बिक्री गर्न नभएर पोखरीमै छन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र रेष्टुरेन्ट बन्द रहेको र हाटबजारसमेत नचलेपछि माछा पोखरीमै छन् ।बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र गोदाममा भएको दाना सकिन थालेको बढैयाताल गाउँपालका–५ का माछापालक किसान तथा माछा ब्लक समितिका अध्यक्ष भक्तराम थारुले बताए । थारुका अनुसार पोखरीमा राख्न पहुँचवालाले गाडी पास बनाएर भुरा ल्याए पनि साना किसानले पाउन सकेका छैनन् । तिनले माछाको दाना पनि ल्याउन पाएका छैनन् ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा पालन पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । सो क्षेत्रमा सात सय हेक्टर पोखरीमा ७० किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । ठाकुरबाबा नगरपालिकामा करीब एक हेक्टर र बारबर्दिया नगरपालिकामा करीब २० बिघा पोखरीमा माछापालन भइरहेको छ । बढैयाताल ५ जगपुर माछापालक किसान चन्दप्रकाश लम्सालले नौ बिघा पोखरीमा व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् ।
उनले पनि लकडाउनका कारण माछा बिक्री गर्न पाएका छैनन् । बर्दियाका किसानलाई माछाको भुरा र दानाका लागि रुपन्देही, कैलाली र बाँके जिल्लामा भर पर्नुपर्ने बाध्यता छ । तयार भएका माछा बिक्रीका लागि कैलाली, बाँके र सुर्खेत जिल्ला नै मुख्य बजार हुन् । बाह्य र आन्तरिक दुवै बजार लकडाउनले बन्द हुँदा किसान मर्कामा परेका हुन् ।माछापालन प्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा बिक्री नपाउँदा माछापालन किसान आनन्द गिरीलाई बैँकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । उहाँले १४ कट्ठा जग्गाको पोखरीमा उत्पादन भइसकेको माछा बिक्री गर्न नपाइएको तर दाना खुवाइरहनुपर्दा लगानी बढेको बताए । उन माछालाई दैनिक रु २५ हजारसम्मको दाना खुवाउ छन् ।
ठाकुरबाबा नगरपालिका वडा नं ९ का माछापालन किसान नवराज रिजालले सात बिघा पोखरीमा माछापालन गरेका छन् । लकडाउन आगामी असार महिनासम्म नखुले उत्पादन भइसकेका माछा बिक्री गर्न नपाई रु ७० लाखसम्मको आर्थिक जोखिम उठाउनुपर्ने अवस्था रहेको किसान रिजालले बताए । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले माछापालन किसानले भोगिरहेको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार