नरेन्द्र मोदी ज्युलाई धन्यवाद !
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार २२:४३:१४
♦ सुरेशकुमार पाेखरेल, अधिवक्ता/ समाजशास्त्री/ मानवशास्त्री
सर्वप्रथम पश्चिम नेपालको कालापानी,लिपुलेक र लिम्पियाधुरा अतिक्रमणगरी सडक सञ्जाल समेत बिस्तार गरेर कब्जा गर्नुभएकोमा तपाँईलाई पुन एकपटक मुरीमुरी धन्यवाद दिन चाहान्छु ।
१) तपाईले सन् २०१५ मा नेपालमा नाकाबन्दी लगाउँदा नेपाल दुखेको,छटपटाएको थियो तर तपाईको उक्त कृत्यले म हर्षबिभोर भएको थिएँ र तपाईको नाकाबन्दीको पक्षमा मत जाहेर गरेको पनि थिएँ । किनभने सो नाकाबन्दी क्षणिक हुनेछ र त्यसले नेपाल र नेपालीमा चेतना आउने मात्र नभई नेपालको भु राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन ल्याउने कुरामा म बिश्वस्त थिएँ ।
२) पाँच बर्ष अगाडि, तपाईको नाकाबन्दीको कार्यले नेपाल ब्युँझिएको, जनतामा जागरण, नेतृत्वमा चेतना र भारतप्रतिको दृष्टिकोणमा बदलाव आउने वातावरण तयार भएको थियो । नेपाल दक्षिणतर्फ मात्र नभई उत्तरतर्फ उन्मुख हुने र भारततर्फको निर्भरता र अन्तरघुलनमा कमी आउने कुरामा म बिश्वस्त थिएँ । सोही नाकाबन्दीका कारण उत्तर छिमेकी राष्ट्र चीनसँग केही सन्धी-सम्झौता समेत हुनगएको, केरूङ लगायतका नाकाहरू ब्यबस्थित हुन थालेको कुराले म आशावादी समेत थिएँ ।
३) तपाईले नाकाबन्दी गरेर भारत नेपालको असल छिमेक होईन भनि भारततर्फको लम्पसार प्रवृत्ति र कथित रोटी-बेटी सम्बन्ध बिरूद्ध सन्देश दिनुभएको थियो । त्यसको चार बर्षपछि सीमा अतिक्रमण गरि हाल सडक सञ्जालसमेत बिस्तार गरेर नेपाल र नेपालीका लागि अर्को बहुआयामिक शुभकामना सन्देश छाड्नु भएको छ । जसले भारतसँगको जनस्तरदेखिको अन्तरसम्बन्ध र नेपालको सुरक्षा नीतिमा नयाँ परिभाषा ल्याउने मात्र होईन जनतामा नेताप्रति थप जागरण आउने छ भन्ने कुरामा म बिश्वस्त छु ।
४) सीमा अतिक्रमण गर्नुभएकोमा मैले ११ नोभेम्बर २०१९ मा तपाईलाई बधाई पनि दिएको थिएँ । आज फेरि सडक निर्माण र उदघाट्न गरेर अतिक्रमित भुभागलाई पचाएर तपाईले तेस्रोपटक नेपाल र नेपालीका लागि थप गुन लगाउनु भएको छ । नेपालको सीमा सुरक्षा नीतिमा भएको कमजोरी,लाचारीपन, शासकहरूको अकर्मण्यतालाई जनस्तरमै नङ्ग्याई दिनुभएको छ । तपाईको यो कार्यले वास्तवमा नेपाली सुरक्षाकर्मीहरू सीमा सुरक्षार्थ परिचालित हुने वीर योद्दा नभएर ब्यारेकभित्र रहने बस्ने अकर्मण्य नेताहरूका आदेशपालक हुन । नेपाली शासक नेपालमा शासन गर्न अयोग्य, जनताले बिकल्प खोज्नुपर्ने भारतका राजनीतिक कठपुतली हुन भनेर सन्देश दिनुभएको छ ।
५) तपाईले अतिक्रमण गर्नुभएको नेपालको अतिक्रमित भुभाग नछाड्न र पचाउन तपाईलाई पुन अनुरोध गर्न चाहान्छु । किनकि सो भुभाग नछाड्दा नै नेपाल र नेपालीलाई दिर्घकालिन फाईदा छ । तपाईले नेपाल र नेपालीलाई जुन चोट दिनुभएको छ त्यो चोट निको भयो र अतिक्रमित भुभाग फिर्ता भयो भने त्यसको ईतिहास मेटिनेछ । फस्वरूप नेपाल र नेपाली पुन कुम्भकर्ण सुताईमा सुत्न सक्नेछन । परिणाम स्वरूप उत्तर-दक्षिणतर्फका धेरै भुभागहरू पुन अतिक्रमणको चपेटामा पर्न सक्नेछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार