राष्ट्रियताको संरक्षणमा गोलबद्ध होऔं
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार १५:२१:२४
♦ यज्ञप्रसाद भट्टराई
नेपालमा नागरिक अधिकारका लागि नेपाली जनताले पटक–पटक राजनीतिक लडाईं लडिसकेका छन् । पटक–पटकको राजनीतिक परिवर्तन र त्यसबाट भएका उपलब्धिहरुलाई राजनीतिक दलका नेतृत्वकर्ताहरुले सम्हाल्न नसक्दा मुलुक झनझन् बिदेशीको कृडास्थल बन्न पुगेको छ ।
कहिले धर्मका नाममा, कहिले जातजातिका नाममा, कहिले भूगोलका नाममा, कहिले पहिचान र सामथ्र्यका नाममा बिदेशीका भरियाहरुले दलगत रुपमा नागरिकलाई बिखण्डनकारी अभियानमा लाग्न बाध्य पारेर अहिले देशको यो दुर्दशासम्म पुर्याउन सकृय भूमिका खेल्ने दलका अहिलेका नेतृत्वकर्ताहरुलाई अब बिस्तारै पाखा लगाउनु पर्ने बेला आएको छ ।
अब नेपालमा आम नेपालीले देशको राष्ट्रियताको संरक्षण र देशको सिमाना रक्षाका लागि फेरि एकपटक देशभित्रै स्वतन्त्रताको लडाई लडनु आवश्यक भएको छ । हजारौं जनताको बलिदानीबाट ल्याएको राजनीतिक परिवर्तनले सिंगो नेपाली नागरिकमा एकताको भावना प्रस्फुटन गराउन सकेन । सबै नेपालीलाई एकताको मालामा उन्न सकेन । दलगत बिखण्डन र आपसी बैमनश्यताका साथै आपसी भाइचारामासमेत यसले नराम्रो प्रभाव मात्र छोडन सफल भएको छ । यस्ता राजनीतिक परिवर्तनका नाममा केही व्यक्तिहरुले पद, आर्थिक उपार्जन र बिदेशीका भरियाका रुपमा या बिदेशीका एजेन्टका रुपमा काम गर्ने अवसर प्राप्त गरे पनि तमाम नेपाली जनताले झनै ठूलो आर्थिक भार, महङ्गी, भ्रष्टाचार, कालोबजारी र अभावमा बाच्नु पर्ने अवस्थाको सृजना गराएको छ ।
यसले न त नेपाली नागरिकको भलाई गर्यो ? न त राष्ट्रियताको सवालमा कुनै दर्बिलो कदम चाल्न सक्यो ? देशमा व्यक्तिव्यक्तिबीच फाटो ल्याएर, परिवार–परिवार बीच द्वन्द, रिस र बैमनस्यता प्रदान गराएर, मुलुकलाई झनझन् रसातलमा पुर्याउने काम बाहेक र केही मुट्ठीभर व्यक्ति बिशेषको आर्थिक स्थिति सुधार गर्नु बाहेकको कुनै माखो मार्न भने सकेको देखिएन । त्यसैले अब आम नेपाली नागरिकको सहभागितामा राष्ट्रिय स्तरमा बृहद मोर्चा बनाएर देशकै कुनै एक भरपर्दो व्यक्ति या कुनै दर्बिलो राष्ट्रिय भावनालाई आत्मसात गरेको संस्थालाई नेतृत्वको मियो बनाएर आम नेपाली नागरिक गोलबद्ध भएर राष्ट्रियताको संरक्षण, देशको सीमानाको रक्षा गर्न, तमाम नेपालीलाई एकताको धागोमा उनेर एकताबद्ध गराउन नागरिक स्वतन्त्रताको आन्दोलको घोषणा गर्न अब बिलम्ब गर्नु हुँदैन ।
सबै नेपाली एउटै राष्ट्रिय झण्डाको मुनी गोलबन्द होऔं । देश रहे राजनीति भोली गरौंला । राष्ट्रको आर्थिक स्थिति मजबुत भए भोलि खुशी हुँदै प्रत्येक नागरिकका गोजी भराैंला । राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि हिजो कालापानीमा हाम्रा अग्रजहरु मरे, आज आवश्यक परे हामी मरौंला । तर देशको सीमाना बेचेर खाने, देशको अस्मिता लुटेर खाने, नेपालीको स्वाभिमानमा ठेस पुर्याएर खाने दलालहरुका चंगुलबाट फुत्किएर अब राष्ट्रिय मोर्चा निर्माण गर्न अबेर नगरौं । हिजो राजा र जनता मिलेर बनाएको नेपाल, राजा र जनता मिलेरै जोगाएको नेपाल फेरि एकपटक राजा र जनता मिलेर यसको संरक्षण गरौं । कसैको ब्यक्तिगत स्वार्थपुर्तिको लागि देशबाट राजा र जनता बीचको एकतालाई नबिगारौं ।
अहिले देशको जर्जर अवस्था हेर्दा कसको पो मन रुदैन ? कसलाई पो देशको दुर्दशाको पीडाले मन र मुटुलाई छुदैन ? देश मिचिएर आहात भएका बिद्यार्थीहरु देशको भूमि मिच्न पाँईदैन, मिचिएको भूमि फिर्ता गर भनेर आन्दोलनमा निस्किँदा आफ्नै देशको सरकारद्धारा कहिले बिद्यार्थी कुटिन्छन्, कहिले पत्रकार थुनिन्छन् । देशको सार्वभौमसत्ताको बिषयमा उठेका नागरिक आवाजहरुलाई देशमा देखिएका दलका दलालहरुले किन यसरी कुल्चिन्छन् ? न त आफु दर्बिलो आवाजका साथ छिमेकीसँग देशको मिचिएको सीमानाको बिषयमा कुरा राख्छन् न त नागरिकले स्वतस्फुर्त उठाएका राष्ट्रियताका आवाजमा साथ दिन्छन् । यस्ता निकम्मा दल र यिनै दलले अगुवाई गरेका बिदेशीका कठपुतलीका रुपमा काम गरिरहेका दलका सरकारहरुलाई नागरिकका आवाजलाई बन्द गराउने हैसियत छैन ।
देशले पाउनुसम्म दुःख पाईसकेको छ । सिंगो मुलुक चिराचिरा पारेर बनाईएको घाउमा अब फेरि एकपटक सबै नेपाली मिलेर मल्हमपट्टी लगाउन आवश्यक छ । नागरिकलाई म नेपाली हुँ र मेरो नेपाल भन्ने भावना पैदा गराउनु छ । नागरिकमा रित्तिएको देश प्रेमको रित्तो भाँडोमा राष्ट्रियताको कुराउनीले भर्नु परेको छ । छिमेकीले दिनदिनै एकपछि अर्को सीमाना मिचिरहँदासमेत मौनता साँधेर बस्ने दलका बिदेशी भतुवाहरुलाई अब सबै नेपाली मिलेर फाल्नु परेको छ ।
मेरो देश कहिले दक्षिण तिरबाट मिचिएको छ । कहिले नजानिदो पाराले उत्तर तिरबाट किचिएको छ, थिचिएको छ । चारैतिरबाट थङ्गथिलो बनाईएको मेरो देशको वर्तमानलाई आउनै लागेको भबिष्यमा फेरि एक पटक सबै नेपाली मिलेर सिगार्नु परेको छ । बिदेशीका आँखा कहिल्यै पनि नेपाल भन्ने देशको सीमानामा नपरुन भनेर सिंगो देशभक्तिको बिगुल फुक्नु परेको छ । आऔं, यसका लागि सबै नेपाली एउटै राष्ट्रिय झण्डाको मुनी गोलबन्द होऔं । देश रहे राजनीति भोली गरौंला । राष्ट्रको आर्थिक स्थिति मजबुत भए भोलि खुशी हुँदै प्रत्येक नागरिकका गोजी भराैंला । राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि हिजो कालापानीमा हाम्रा अग्रजहरु मरे, आज आवश्यक परे हामी मरौंला । तर देशको सीमाना बेचेर खाने, देशको अस्मिता लुटेर खाने, नेपालीको स्वाभिमानमा ठेस पुर्याएर खाने दलालहरुका चंगुलबाट फुत्किएर अब राष्ट्रिय मोर्चा निर्माण गर्न अबेर नगरौं ।
छिमेकीको कुखुरा बाख्राले आफ्नो करेसाबारीमा पसेर लगाएको बालीनाली सागसब्जी खोस्रीयो या भएका बोटबिरवा खाईदियो भने त हामी गाउँले तरिकाले घेराबेरा लगाउँछौ । आफ्नो बालीनालीको सुरक्षा गर्छौं जोगाउँछौ अनि तिम्रा कुखुरा बाख्रा राम्ररी पाल है भनेर छिमेकीलाई त थर्काउँछौ भने यहाँ त छिमेकीले देशको सीमाना नै किचेको छ, देशको माटो नै मिचेको छ ।
हिजो राजा र जनता मिलेर बनाएको नेपाल, राजा र जनता मिलेरै जोगाएको नेपाल फेरि एकपटक राजा र जनता मिलेर यसको संरक्षण गरौं । कसैको ब्यक्तिगत स्वार्थपुर्तिको लागि देशबाट राजा र जनताबीचको एकतालाई नबिगारौं । राजा बिनाको देशको हबिगत पनि हामी तमाम नेपालीले हेरिसक्यौं । जति बिग्रिनु थ्यो बिग्रियो अब थप बिग्रिनबाट जोगाउन सबै नेपालीले फेरि एकपटक आफ्नो मन दह्रो पार्न आवश्यक भैसकेको छ । आपसी मनमुटाव र ब्यक्तिगत रिसइवी हटाएर आम नेपालीमा एकताको माला उन्ने यो अति नै महत्वपूर्ण समय बन्न सक्छ । नेपाली नेपालीमा फुट आउनाले बिदेशीले नेपालमा आफ्नो प्रभुत्व बढाउन मनोबल बढेको हो । यसलाई निमिट्यान्न पार्दै सिंगो देशको अस्मिताको रक्षामा लाग्न अब जरुरी भैसकेको छ । राजालाई कसैको निजी सम्पत्तिको रुपमा होईन राष्ट्रिय एकताको प्रतिकको रुपमा लिन जरुरी छ । यसले देशमा दलका राजनीतिक गतिबिधिहरु सञ्चालन गर्न कुनै कठिनाई हुने छैन ।
छिमेकीको कुखुरा बाख्राले आफ्नो करेसाबारीमा पसेर लगाएको बालीनाली सागशब्जी खोस्रीयो या भएका बोटबिरवा खाईदियो भने त हामी गाउँले तरिकाले घेराबेरा लगाउँछौ । आफ्नो बालीनालीको सुरक्षा गर्छौं जोगाउँछौ अनि तिम्रा कुखुरा बाख्रा राम्ररी पाल है भनेर छिमेकीलाई त थर्काउँछौ भने यहाँ त छिमेकीले देशको सिमाना नै किचेको छ, देशको माटो नै मिचेको छ । यस्तो अवस्थामा पनि राष्ट्र, राष्ट्रियता र आफ्नो देशको भौगोलिक सिमानाका बारेमा चुईँक्कसम्म बोल्न नसक्ने सरकारलाई पनि के नेपाल सरकार भनेर पूजा गरि राख्नु ??
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार