प्रदेश ५ : कोभिड-१९ बाट प्रभावित किसानलाई ५१ करोडको कृषि कार्यक्रम
नेपालबहस संवाददाता
जेठ १, २०७७ शुक्रबार २:१२:२८
१ जेठ रुपन्देही । प्रदेश नं ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कार्यक्रमका लागि रु ५१ करोड १४ लाख आगामी साउन मसान्तसम्म खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।
सरकारले कृषि एम्बुलेन्स परिचालनका लागि रु ३४ लाख छुट्टयाउने निर्णय गरेको छ । गुल्मी,प्युठान, रुकुम र रोल्पामा बेमौसमी आलु उत्पादन कार्यक्रम सञ्चालनका लागि रु एक करोड २० लाख बजेट छुट्टयाइएको छ । कार्यक्रमबाट जिल्लाका पाँच सय किसान लाभान्वित हुने सरकारको विश्वास छ । यस्तै सरकारले व्यावसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन गर्न दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र रुकुम जिल्लामा अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
सो कार्यक्रमबाट सात हजार किसान लाभान्वित हुने अनुमान छ । कम्तीमा दुईदेखि छ रोपनीमा खेती गरेका किसानलाई सो कार्यक्रममा समावेश गराइने छ । मल र बीउका लागि प्रतिरोपनी रु पाँच हजारका दरले अनुदानसमेत दिइने सो कार्यक्रमका लागि रु १४ करोड खर्च गर्ने निर्णय भएको सल्लाहकार केसीले जानकारी दिए ।
यस्तै सरकारले कोभिड—१९ का कारण विदेशबाट फर्केका र व्यावसायिक खेती उन्मुखका लागि प्रोत्साहन गर्न रु २१ करोड ८० लाख खर्च गर्ने निर्णय गरेको छ । एक सय नौवटै पालिकामा सञ्चालन हुने सो कार्यक्रमअन्तर्गत व्यावसायिक खेतीका लागि मल विषादी, ससाना औजार, प्लाष्टिक घर, च्याउघर र खोर निर्माण गर्न प्रतिकिसान रु २० हजारका दरले सहयोग गरिने छ । यसबाट १० हजार नौ सय लाभान्वित हुनेछन् । ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि रु सात करोड छुट्टयाउने निर्णय भएको छ । यो कार्यक्रमअन्तर्गत दुई हजार किसानलाई रु ३५ हजार दरले अनुदान दिइने र छ हजार लाभान्वित हुने अनुमान गरिएको छ ।
दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि रु दुई करोड ८० लाख छुट्टयाएको छ । दूध उत्पादनको आठ महिनाको बिक्री तथ्याङ्क हेरी लकडाउनको ४० दिनको प्रतिलिटर रु १० का दरले अनुदान दिइने छ । प्रदेशका सबै जिल्लामा बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि रु चार करोड खर्च गर्ने निर्णय भएको छ । बीस हजार बिघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने र प्रतिबिघा रु २० हजारका दरले अनुदान दिने निर्णय भएको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो । यी सबै कार्यक्रमबाट ४१ हजार चार सय प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।
यसैगरी बैठकले रोल्पामा बम विस्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णयसमेत गरेको छ । बैठकले प्रदेश स्वास्थ्य नीति—२०७७ र स्वास्थ्य नियमावली स्वीकृत गरेको छ । प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभासमक्ष पेश गर्न स्वीकृति दिने निर्णय भएको छ । यही जेठ ९ गते प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
बैठकले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा क्वारेन्टाइनमा बस्नेलाई विशेष व्यवस्था गर्ने र त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, कोरोना विशेष अस्पतालको क्षमता बढाउने तथा बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड तयार गर्ने निर्णय गरेको छ ।
यसैगरी बुटवलमा दुई सय शय्या थप्ने, भैरहवाको भीम अस्पतालमा एक सय शय्या थप्ने तथा बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा बिरामी पठाउने, बिरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेशन बेड तयार गर्ने र स्वास्थ्योपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय भएको प्रेस सल्लाहकार केसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार