समाचार प्रभाव………. शुरु भो सीमा नाकाका कर्मचारीको पीसीआर टेष्ट
नेपालबहस संवाददाता
जेठ ३, २०७७ शनिबार २३:२०:०
३ जेठ, स्याङ्जा । स्याङ्जा प्रवेश गर्ने प्रमुख नाकामा काम गरिरहेका कर्मचारी कोरोना भाईरसको जोखिम मोल्न बाध्य भन्ने समाचार प्रकाशित भएपछि जिल्ला सुरक्षा समितिले चासो देखाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्सहितको सुरक्षा टोली सीमा नाका पुगेर कर्मचारीका समस्या र उनीहरुको कोरोना भाइरसको पीसीआर टेष्ट लिएर प्रयोगशाला पठाइएको छ ।
कोरोना भाईरसलाई थप फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको आज ५४ औं दिन पुगेको छ । यो समय अवधिमा जिल्ला प्रवेश गर्ने नाकामा काम गर्ने सुरक्षा निकाय र स्वास्थ्यकर्मी जोखिममा हुन सक्ने समाचार प्रकाशित भएको थियो । समाचारले कर्मचारीको स्वास्थ्य सुरक्षाको चासोको बिषय उठाएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली सबैभन्दा जोखिम मानिएको गण्डकी प्रदेश र ५ नम्बर प्रदेशको सीमा नाका राम्दी पुगेको छ ।
टोलीमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र संचारकर्मीहरुको सहभागिता रहेको थियो । टोलीले त्यहाँ कार्यरत कर्मचारीको समस्या र उनीहरुको पीसीआर टेष्टका लागि स्वाव समेत लिएको छ । नेपाली सेनाका २, सशस्त्र प्रहरीका २, नेपाल प्रहरीका २, स्वास्थ्यकर्मीका २ र कपिलवस्तुबाट भागेर आएका २ जना गरी १० जनाको स्वाव लिइएको छ । कोरोना संक्रमित क्षेत्रबाट आउने व्यक्तिको स्वास्थ्य अवस्था बुझ्ने गरी नाकामा बसेका कर्मचारीले असुरक्षा महशुस गरेकोे समाचार आएपछि टोलीले चासो देखाएको हो । लकडाउनको समयमा सबैभन्दा बढी कर्मचारी नै खटिनुपर्ने अवस्था रहेका बेला जिल्ला सुरक्षा समितिले कर्मचारीको सुरक्षाप्रति चासो देखाउनुले कर्मचारीको मनोवल उच्च हुने विश्वास लिइएको छ ।
समाचार आएपछि आफुहरुको आँखा खुलेको र यो विपत्तिमा सबैको दायित्व बराबर हुने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । कोरोना नियन्त्रणका लागि कामै नगरेको भने होइन, प्रजिअ कुरुम्बाङ्ले भने,“कर्मचारीहरु मात्रै भन्दा पनि सबै जनप्रतिनिधि र स्याङ्जाबासीको सहयोग आवश्यक छ ।” जिल्लाका विभिन्न क्षेत्रमा खटिएका सबै कर्मचारीको क्रमश पीसीआर लिईने कुरुम्बाङ्ले भने ।
यो माहामारीमा को ठुलो भन्दा पनि सबै एकजुट भएर कोरोना भाइरस सामाना गर्नुपर्ने धारणा प्रजिअको छ । लकडाउनका बेला फिल्डमा सबैभन्दा बढी कर्मचारी नै खटिने भएकाले कर्मचारीको मनोबल उच्च बनाउन जिल्ला सुरक्षा समितिले कुनै कसुर बाँकी नराख्ने दावी पनि उनले गरेका छन् । छिमेकी जिल्लामा कोरोना भाईरसको संक्रमण बढ्दो रुपमा देखिन थालेपछि जिल्ला सुरक्षा समितिले समेत सीमा नाकामा अनुगमन गरेको छ ।
सडक यात्रा भन्दा भित्री सडकको बाटो हुदै संक्रमण फैलिएको जिल्लाबाट पैदल यात्रामा स्याङ्जा आउने सम्भावनाको खोजी गर्दै जिल्लाका नाकाहरुमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिमलराज कणेलले बताए । प्रवेश नाकामा खटिने सुरक्षा निकायको पहिलो लाईनमा नेपाल प्रहरी हुनेहुदाँ जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको प्रहरी प्रमुख कणेलको भनाई रहेको छ । आफ्ना मातहतमा रहेका प्रहरी कर्मचारीहरुलाई आफु सुरक्षित रहेर सेवामा खट्न निर्देशन दिएको छु, कणेलले भने,“कोरोनाको जोखिममा खटिएका प्रहरीहरुलाई उच्च सर्तकता अपनाएर सेवा दिनु हाम्रो दायीत्व हो ।” सबै प्रहरी साथीहरु उच्च मनोबलका साथ जनताको सेवामा खटिएका छन् उनले भने ।
कोरोनाको संक्रमणलाई रोक्न सरकारले गरेको लकडाउनलाई पुर्णपालना गर्न जिल्लाका सामाजिक अगुवाहरुले समेत आग्रह गरेका छन् । करिब दुई महिना लकडाउनमा घरमा बस्दा समस्या आएपनि विश्वभरलाई समस्या पारेको कोरोना भाईरससगँ लड्न लकडाउन अवधि बढाएपनि अब समस्या नहुने सामाजिक अगुवा गुरुप्रसाद भट्टराईले बताए ।
कोरोना संक्रमणसँग सामाना गर्दै सेवा प्रवाहमा खटिएका कर्मचारीको सुरक्षाका लागि सुरक्षा समितिले देखाएको चासो, बाहिरी जिल्लाबाट नागरिक प्रवेशमा सुरक्षा दिन कुनै कसुर बाँकी नराख्ने प्रहरीको सेवा र लकडाउनले पारेको समस्या समाधानमा स्याङ्जाबासीले देखाएको धैर्यता अत्यन्तै स्वागतयोग्य रहेको भट्टराईले बताए । नागरिकको स्वास्थ्यको चासो प्रति अझ अन्य विधि अपनाएर भएपनि राज्यका निकाय अझै लाग्नु पर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार