स्याङ्जाका कृषकलाई घर–घरमा हाते ट्याक्टर
नेपालबहस संवाददाता
जेठ ३, २०७७ शनिबार २३:३१:१९
३ जेठ, स्याङ्जा । कोरोना रोकथामका लागि देशभर लकडाउन लागिरहेको समयमा आफ्नै घरमा हाते ट्याक्टर आएपछि स्याङ्जाको भीरकोट नगरपालिका ८ का कृषक मनबहादुर सार्की दंग परेका छन् । आफ्नै घरमा सहुलियत दरको हाते ट्याक्टर आएपछि सार्कीले भने, “मैले त सोचेकै थिईन, यस्तो बेला घरमै ट्याक्टर आउला भनेर ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्न्तगतको सुन्तला सुपरजोन कार्यान्वयन कार्यक्रमले आफ्नै घरमा ट्याक्टर ल्याएपछि वालिङ नगरपालिका ४ का कृषक ख्यामराज गुरुङ पनि निक्कै उत्साहित छन् । कोरोनाले यो पटक सुन्तला उत्पादनमा नराम्रो असर पार्ने गुरुङ्लाई चिन्ता थियो तर जग्गा खनजोतका लागि समयमै ट्याक्टर घरमै आएपछि उनी उत्साहित भएका हुन् ।
सुन्तला सुपरजोनले ५० प्रतिशत सहुलियतमा हाते ट्याक्टर कृषकलाई उपलव्ध गराएको हो । सुपरजोनको साझेदार संस्था पोखराको शिवशिखर एग्रो तथा शिव शिखर कृषि सहकारीले समयमै हाते ट्याक्टर उपलव्ध गराएपछि स्याङजाका कृषक उत्साहित भएका हुन् ।
कृषकलाई समूहको सिफारिसका आधारमा शिव शिखरमार्फत कृषकलाई घर–घरमै ट्याक्टर पु¥याइएको सुपरजोन स्याङजाका अध्यक्ष बोधराज अर्यालले बताए । उनले भने, “प्रतिकुल परिस्थितिका कारण प्रयाप्त हाते ट्याक्टर जिल्लामा नआउने भयो भन्ने चिन्ताले सताएको थियो, तर समयमै ट्याक्रट दिन पाउँदा उत्साहित कृषक देखेर खुशी लागेको छ ।”
सुपरजोनले चालु आर्थिक वर्षमा जिल्लामा १ सय १५ थान हाते ट्याक्टर वितरण गरिने अध्यक्ष अर्यालले जानकारी दिए । हालसम्म ९५ थान वितरण गरिएको अर्यालले बताए । अघिल्लो आर्थिक बर्षमा पनि सहुलियत दरमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको बताउदै भने, “साझेदार शिव शिखरले ढुवानी निशुल्क गरिदिदा यो पटक भने सस्तो मुल्यमा ट्याक्टर दिन सकियो ।”
कृषकलाई चलाउन र सामान्य मर्मत गर्ने तरिका सिकाई दिएपछि कृषक निक्कै उत्साहित भएको अनुभव सुनाए शिव शिखर एग्रोका सेल्स म्यानेजर शंकर आचार्यले । उनले भने, “कृषकको उत्साह देखेपछि हामीले कृषकलाई निरन्तर मर्मत र आवश्यक सहयोग गर्ने बचन समेत दिएका छौं ।”
गण्डकी प्रदेशमा व्यवसायिक रुपमा कृषि व्यवसायमा गर्दै आएका कृषकलार्ई सहयोग गर्दै आएको शिव शिखरका क्षेत्रीय प्रबन्धक शुशिल बानियाँले बताए । उनका अनुसार साना कृषकलाई सहुलियत दरमा हाते ट्याक्टर उपलव्ध गराएको जानकारी दिए । कृषकले तत्काल पुरा रकम बुझाउन नसके ५० प्रतिशतको सहुलियत फाइनान्स गर्ने व्यवस्था गरेको पनि बानियाँले सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार