बन्दाबन्दीकाे समयमा शिक्षकलाई अनलाइन तालिम
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १७:१९:१९
८ जेठ काठमाडौं । बन्दाबन्दीकाे समयमा अनलाइन प्रविधिबाट शिक्षण सिकाइका लागि शिक्षकहरु विभिन्न तालिम र प्रशिक्षणमा जुटेका छन् । सूचना, सञ्चार र प्रविधिसँग अभ्यस्त हुँदै विद्यार्थीलाई सिकाइमा निरन्तर जोड्न शिक्षकका राष्ट्रिय संस्थाले प्रशिक्षण र सहजीकरण गरिरहेका छन् ।
सहजीकरणका क्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ललितपुर जिल्ला समितिले २० दिने ‘टिचिङ विथ आइसिटी कम्पेटेन्सी बेस्ड अनलाइन वर्कसप’ सञ्चालन गरेको छ । कूल १६७ शिक्षक नियमित सहभागी उक्त अनलाइन प्रशिक्षणमा यही जेठ ९ गतेसम्म चल्नेछ । प्रशिक्षण गत वैशाख ३१ मा शुरु भएको सो सङ्गठनका जिल्ला अध्यक्ष सुरेन्द्रकुमार घिमिरेले जानकारी दिए ।
कार्यशालाको संयोजनविज्ञ शिक्षक दिनेशकुमार थापा तथा प्राविधिक सहयोग शिक्षक रामचन्द्र सुवेदी र हरि खड्काले गरिरहेका छन् ।प्रशिक्षणकै सन्दर्भमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्मा, महासचिव हंश शाही, केन्द्रीय सदस्य कमला थापालगायतले शुभकामना र प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा विभिन्न विषयका विज्ञ र शिक्षाका केन्द्रीय निकायका अधिकारीले पनि सहजीकरण गरिरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार