बारामा ४ सुरक्षाकर्मीमा कोरोनाको पुष्टि, कलैया अस्पताल लैजाने तयारी
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार २३:१५:५९
११ जेठ, बारा । नागरिकको सुरक्षाका लागी खटिएका ४ जना सुरक्षाकर्मीका कोरोना संक्रमणको पुष्टि भएको छ ।संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेको खुल्न आएको हाे ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी संक्रमित भएका हुन् ।
यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।
बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै बारामा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये दुई जना शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि निको भएर डिस्चार्ज भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार